पोखरा, ३ जेठ । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा रगतको अभाव हुन नदिन पोखरामा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
अत्यावश्यक रगत अभावमा बिरामीलाई उपचारबाट वञ्चित हुन नदिने उद्देश्यले २७औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा मदन भण्डारी फाउण्डेशन पोखरा–५ ले आज आयोजना गरेको सो कार्यक्रममा ६६ युनिट सङ्कलन भएको छ । लकडाउनका कारण रक्तदानका कार्यक्रम नहुँदा रक्तसञ्चार केन्द्रमा रगत अभावको अवस्था आउन सक्ने र सुत्केरी महिला तथा डायलाइसिसका बिरामी प्रभावित हुन सक्ने अवस्थालाई ध्यान दिएर रक्तसञ्चार केन्द्रको प्राविधिक समन्वयमा सामाजिक दूरी कायम गरेर कार्यक्रम गरिएको फाउण्डेशनका सचिव वसन्तराज गौतमले बताए ।
त्यसैगरी शुक्रबार पोखरा महानगरपालिका–१३ आर्वामा अवस्थित आदर्श बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रमबाट ६९ युनिट रगत सङ्कलन भएको थियो । गण्डकी प्रदेशअन्तर्गतका ११ वटै जिल्लाबाट बिरामी उपचारका लागि आउने भएकाले यहाँ दैनिक ७० युनिट रगतको माग रहने जनाइएको छ । बन्दाबन्दी शुरुआतमा केही दिन रगत अभाव रहे पनि त्यसपछिका दिनमा प्रशासनसँगको अनुमतिमा आवश्यक सुरक्षाका उपाय अवलबम्न गरी कार्यक्रम आयोजना गरिएकाले रगत अभाव नभएको रक्तसञ्चार केन्द्रमा प्रमुख अर्जुन ज्ञवालीले जानकारी दिए ।
कोरोनाको त्रासले विभिन्न सङ्घसंस्थाको वार्षिक कार्यक्रम स्थगित गरे पनि हाल आवश्यकता हेरेर रक्तदान भइरहेकाले सहजरुपमा मागको पूर्ति हुने अवस्था रहेको उनले बताए ।
यहाँ रगत पर्याप्त रहेपछि अभाव भएका देशका अन्य ठाउँमा समेत पठाउने गरिएको बताइन्छ । यसअघि काठमाडौँमा अभाव भएपछि १३० युनिट पठाइएको थियो । आगामी जेठ १५ गतेसम्म रक्तदान कार्यक्रमको तालिका तयार भएकाले समेत अभाव नहुने केन्द्रले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
hero news full width
मुख्य समाचार
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१