आर्वाको रक्तदानमा ६९ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
जेठ २, २०७७
97817963_3046370238783095_6434780836783980544_o

पोखरा, २ जेठ । पोखरा–१३ आर्वा स्थित आदर्श टोलमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ६९ युनिट रगत संकलन भएको छ ।

आदर्श बचत तथा ऋण सहकारी संस्थाद्वारा शुक्रवार आयोजित रक्तदान कार्यक्रमको पहिलो रक्तदाता कैलाश विकास बैंक न्यूरोड शाखाका व्यवस्थापक बुद्धिराज बराल रहेका थिए ।
स्थानीय युवा यज्ञ बराल, मोहन सिग्देल, प्रकाश सिग्देल, सुमन अधिकारी, सुवास बराल, सन्दिप सिग्देल लगायतको सक्रियतामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

रक्तसंचार केन्द्र गण्डकी प्रदेश पोखराको प्राविधिक सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता सहकारीका अध्यक्ष राजेन्द्रप्रसाद बरालले गरेका थिए । विश्वभर कोरोना संक्रमण फैलिरहेको अवस्थामा उक्त रक्तदान कार्यक्रम सामाजिक दुरी कायम गरी सम्पन्न गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width