पोखरा, २१ वैशाख । पोखरा–२० भलाममा शनिवार राति एक मजदुरको बिभत्स हत्या भएको छ ।
ओखलढुंगा जिल्ला सुनकोशी गाउँपालिका–५ मुलखर्क निवासी ५५ वर्षीय टंकबहादुर तामाङ्गको हत्या भएको हो । पोखरा–२० का अध्यक्ष सीम गुरुङका अनुसार टाउकोमा गहिरो चोट र आखाँ खुटेको अवस्थामा आइतबार विहान उनी मृत भेटिएका थिए ।
एक महिनादेखि स्थानीय सडकमा काम गर्दै आएका उनलाई उनकै भतिज इन्द्र तामाङ्ग लामाले हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । उनीसँगै बस्दै आएका इन्द्र तामाङ्ग लामा बेपत्ता छन्। मादक पदार्थ सेवन गरेका दुवैजना आपसमा विबाद गर्न थालेपछि अर्का एक जना मजदुर त्यहाँबाट भागेको र बिहान आइहेर्दा टंकबहादुर मृत अवस्थामा भेटिएको बताइएको छ।
कास्की प्रहरीले टोली आइतबार विहान घटनास्थलमा पुगेर अनुसन्धान कार्य अगाडि वढाउनुको साथै तामाङको शव शल्यपरीक्षणको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेको छ । हत्यामा सम्लग्न व्यक्तिको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले बताए ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
hero news full width
मुख्य समाचार
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१