पोखरा रंगशालाका मजदुरहरुलाई राहत वितरण

एजेन्सी
वैशाख २०, २०७७
Rahat Bitaran

पोखरा । पोखरा रंगशालामा कार्यरत मजदुहरुलाई खाद्य सामाग्री चामल सहयोग हस्तान्तरण गरिएको छ ।

पोखराकी लक्ष्मी गुरुङ, मनकुमारी गुरुङ र कमला गुरुङले १५ बोरा चामल राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य राजेश गुरुङमार्फत उक्त चामल सहयोग हस्तान्तरण गरेका हुन् ।

स्वदेश तथा विदेशमा रहेका दाताहरुको सहयोगबाट उक्त सहयोग गरेको लक्ष्मी गुरुङले बताइन् । राखेप सदस्य गुरुङले मे १ तारिक अर्थात मजदुर दिवसको अवसरमा खाद्य सामाग्री सहयोग गरेकोमा धन्यवाद दिदैँ सामाजिक दुरी कायम गरी हाल मजदुरहरुलाई खाजा तथा खानाको व्यवस्था रंगशालामै गरी मजदुरहरुलाई काममा लगाएको बताए ।

उनका अनुसार पोखरा रंगशालमा हाल करिब ६० जना मजदुरहरु विभिन्न खेलकुदका भौतिक निर्माणको योजनामा कार्यरत छन् । ठेकेदारले भनेको समयमा रकम दिन नसकेको अबस्थामा हाल उनीहरुलाई राहत उपलब्ध गराउनु परेको उनले जनाए ।

विभिन्न जिल्लाबाट आएका मजुदरुहरुलाई पोखराको फुटवल प्रशिक्षण मैदान, नाला, स्ल्याव, रंगशालाको झाडी फाँड्नेदेखि रंगशाला सजावटमा मजदुरहरुलाई हाल परिचालन भएको राखेप सदस्य गुरुङले जनाए । सहारा हङकङका अध्यक्ष दीपक गुरुङले मजदुरहरुको लागि खाद्य सामाग्री सहयोग गर्ने भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width