पेरिस सेन्ट जर्मन (पीएसजी) लाई लिग कमिटीले फ्रेन्च लिग वानको च्याम्पियन घोषणा गरिको छ ।
फ्रान्स सरकारले सेप्टेम्बरसम्म कुनैपनि खेलकुद गतिविधि नगर्न आग्रह गरेपछि लिग वान स्थगित गरिएको थियो । प्रतियोगिता स्थगित भएको २ दिनपछि लिग कमिटीले पीएसजीलाई च्याम्पियन घोषित गरेको हो ।
लिग वानका २८ औं चरणका खेल जारी रहँदा लिग स्थगित भएको थियो । लिगमा पीएसजी अंक तालिकाको शीर्ष स्थानमा भएकाले च्याम्पियन घोषणा गरेको जनाइएको छ । यससँगै पीएसजीले ८ वर्षको अवधिमा सातौंपटक उपाधिमाथि कब्जा जमाएको छ ।
एक खेल कम खेलेको पहिलो स्थानको पीएसजीले भने अझै ११ खेल खेल्न बाँकी थियो । पीएसजी दोस्रो स्थानको मार्सेलभन्दा १२ अंकले अघि छ ।
मार्सेलको ५६ अंक रहँदा तेस्रो स्थानमा रेनेस र चौथोमा लिले थिए । यस्तै, लिग कमिटीले लिगको तल्लो दुई क्लब टुलुज र एमिएन्सलाई लिग टुमा घटुवा गरेको छ । लेनस् र लोरिएन्ट भने लिग वानमा उक्लिएको छ ।
Related News
सम्बन्धित समाचार
जिभिपी युके लण्डनले जित्यो क्लबस्तरीय भलिबल उपाधि
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
क्लबस्तरीय पुरुष भलिबल, जनकल्याण पोखरा–११ फाइनलमा
पोखरामा शनिबार राष्ट्रिय साइकल दौड प्रतियोगिता
फिस्टेल एसइई कप २०८१ को तयारी
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१