अनेसास गण्डकीको कोरोना अनुभूतिपरक संस्मरण लेखन प्रतियोगिता

असफल गौतम
वैशाख १७, २०७७
writing

पोखरा, १७ वैशाख । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल, गण्डकी प्रदेश समितिले कोरोना अनुभूतिपरक संस्मरण लेखन प्रतियोगिता–२०७७ सञ्चालन गरेको छ । समितिको मङ्गल बसेको अनलाइन बैठकले उक्त प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

कोरोनाका कारणले देश लकडाउन भएको अवस्थामा गण्डकी प्रदेश अन्तरगतका स्रष्टा साधकलाई थप सिर्जनशील बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको अनेसास नेपाल उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक सरिता अर्यालले जानकारी दिइन्।

प्रतियोगिताका लागि कोरोना र लकडाउन विषय केन्द्रित बढीमा दुई हजार शब्दसीमा भित्रको संस्मरण टाइप गरेर अनेसास गण्डकीको इमेल ठेगाना [email protected] मा २०७७ जेठ ३० गते ४ बजेभित्र पठाई प्रतियोगितामा सहभागी हुन सकिने समितिका अध्यक्ष दुर्गाबहादुर शाह बाबाले जनाएका छन्।

यसैबीच अनेसास केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली र नेपाल अध्यक्ष सन्ध्या पहाडीले घरभित्रै रहेका स्रष्टालाई थप सिर्जनशील बनाउनका अनेसास गण्डकी समितिले स्तुत्य कार्य गर्न लागेको बताएका छन्।

प्रतियोगितामा सहभागीमध्येबाट उत्कृष्ट १५ छनौट गरिने जनाइएको छ । प्रतियोगिताबाट प्रथम, द्वितिय र तृतीय छनौट गरिने र विजेतालाई प्रमाणपत्रसहित क्रमशः एघार हजार एक सय एघार, पाँच हजार पाँचसय पचपन्न र तीन हजार तीन सय तेत्तिस रुपैयाँसहित पुरस्कृृत गरिने गण्डकी महासचिव असफल गौतमले जानकारी छन्।

प्रतियोगितामा सहभागी हुन चाहनेले कुनै पनि साहित्यिक सञ्जाल तथा पत्रपत्रिकामा सम्प्रेषण नभएको एकमात्र मौलिक रचना पठाउनुपर्ने र रचनामा कुनै राजनीतिक पूर्वाग्रह, गालीगलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचार वा अश्लील शब्दको प्रयोग भएको पाइएमा ती रचना प्रारम्भिक चरणबाटै अस्वीकृत हुने समितिद्वारा प्रकाशित सूचनामा जनाइएको छ।

साथै समितिले स्रष्टा गण्डकी प्रदेशकै रहेको खुल्ने व्यहोरा खुल्ने प्रमाण, आफ्नो व्यक्ति विवरण र पासपोर्ट साइजको फोटोसहित पठाउनुपर्ने प्रावधान समितिले राखेको छ ।

Related News

सम्बन्धित समाचार

  • बेलायतमा ‘प्रकट’ र ‘पारिजात’को स्मरण

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास बेलायत शाखाले साउथ ह्यारोमा विविध कार्यक्रमका साथ साहित्यकार प्रकट पगेनी शिवको श्रद्धान्जली सभा…
  • ७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रकृति र संस्कृतिको माध्यमबाट पोखरामा पर्यटकको आगमन बढाउन सकिने बताउनुभएको छ । शनिबार गण्डकी…
  • नरहरिको उपन्यास ‘शान्ति’ लोकार्पण

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । शिक्षासेवी तथा साहित्यकार नरहरि भट्टराईको शान्ति नायक उपन्यास शनिबार लोकार्पण गरिएको छ । शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गरेको…
  • ‘क्यानभास’ मा धार्चेको कलासंस्कृति र भूगोल

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    काठमाडौं । मनास्लु र गणेश हिमाल आरोहण पदमार्गको प्रवेशद्वारका रूपमा रहेको गोरखाको धार्चे गाउँपालिकाका कलासंस्कृति र भूगोललाई ‘क्यानभास’ मा उतारिएको…
  • गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवको…

hero news full width