चितवन, १६ वैशाख । राप्ती र नारायणी नदीबाट घडीयाल गोहीका नौवटा गुँडमा भएका अण्डा सङ्कलन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले करीब तीन सय अण्डा सङ्कलन गरी गोही प्रजनन केन्द्रमा बच्चा कोरल्नका लागि राखिएको जनाएको छ ।
निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार चैत महिनामा गोहीले अण्डा पार्ने गर्दछ । निकुञ्जले गत एक सातायता ती गुँडहरुबाट अण्डा सङ्कलन गर्न शुरु गरेको थियो । नदीहरुमा हालसम्म देखिएका नौवटा गँुड छाडिएको छ । खड्काले अन्य गुँडहरु पनि हुनसक्ने अनुमान गरिएको बताउनुभयो । हात्ती, गैँडा हिँड्ने क्षेत्र, पानी बग्ने ठाउँ जस्ता असुरक्षित ठाउँको अण्डा उठाइएको र अन्यन्त्र सुरक्षित स्थानको अण्डा छाडिएको उहाँको भनाइ छ ।
सङ्कलनका क्रममा एउटा गुँडमा २५ देखि ४७ वटासम्म अण्डा भेटिएको खड्काले जानकारी दिनुभयो । ती अण्डाबाट जेठको तेस्रो सातापछि बच्चा कोरलिन शुरु हुन्छ । प्रजनन केन्द्रमा हुर्काएका गोही नदीमा छाड्ने गरिएको छ । हालसम्म एक हजार ५१५ वटा गोही हुर्काएर विभिन्न नदीमा छाडी सकिएको छ ।
यस वर्ष राप्ती नदीमा ५० वटा गोही छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजीकै राप्ती नदीमा गोही छाडिएको हो । गत वर्ष सोही क्षेत्रबाट एक सयवटा गोही छाडिएको थियो ।
विश्वबाट नै लोप हुन लागेको घडियाल गोहीलाई निकुञ्जको कसरामा रहेको प्रजनन केन्द्रमा हुर्काएर हरेक वर्ष नदीहरुमा छाड्ने गरिएको छ । नदीमा छाडिएकामध्ये राप्तीमा मात्र ८३५ गोही छाडिएको सहायक संरक्षण अधिकृत खड्काले जानकारी दिनुभयो ।
निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० वटा गोही छोडिसकिएको छ । पछिल्ला वर्षमा राप्तीमा मात्रै गोही छाडिने गरिएको छ । नदीहरुमा गोही छोड्दै गए पनि सङ्ख्या बढ्दै जान भने सकेको छैन । पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् ।
सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो । नदी प्रदूषण बन्दै जाँदा सङ्कटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिँदै गएको छ । हरेक वर्ष राप्ती र नारायणी नदी किनारबाट गोहीको अण्डा सङ्कलन गरी प्रजनन केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ ।
तीनै गोहीलाई हुर्काएर नदीमा छोडिन्छ । पाँचदेखि छ वर्षसम्मका गोही नदीमा छाड्ने गरिन्छ । हाल प्रजनन केन्द्रमा माउ र बच्चाहरु गरेर पाँच सय हाराहारी रहेको खड्काको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ बाट कालोपत्रे गरिँदै
कांग्रेस गण्डकीको भवन असोज अगावै सम्पन्न गरिने
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१