विपन्नलाई खाना बाड्दै लेखनाथ उद्योग बाणिज्य संघ

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७७
Rice Paking pic

पोखरा, ११ वैशाख । कोरोनाको जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई लेखनाथ उद्योग बाणिज्य संघले खाना पकाएर खुवाउने व्यवस्था मिलाएको छ ।

लेखनाथ क्षेत्रमा मजदुरी गरी बस्दै आएका र सडकमा हिडेका बटुवालाई संघले सुन्दरी बजार स्थित एक पार्टी प्यालेसबाट खाना खुवाउने व्यवस्था मिलाएको हो । महानगरका २६ देखी ३३ नम्बरका वडा कार्यालयसँग समन्वय गरेर विपन्नहरुको बिबरण संकलन गरी उनीहरुलाई घरमै खाना पुर्याउने व्यवस्था मिलाइएको संघका अध्यक्ष बलराम ढकालले जानकारी दिए ।

उनले बुधबार मात्रै १ हजार ३ सय ७० जनालाई खाना बितरण बताए । भात र तरकारी मिलाएर तयार पारिएका प्याकेट संघका कार्यसमितिका सदस्यहरुको गाडीमा सम्वन्धित वडा तथा टोलहरुमा पुर्याउने व्यवस्था मिलाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width