अर्को सिजनमा पनि रियल मड्रिडमै रहन फर्नान्ड मेन्डी र सर्जिओ रेगुलिओनसँग मार्सेलोको संघर्ष

एजेन्सी
वैशाख ८, २०७७
Marcelo, Real Madrid

अर्को सिजनका लागि रियल मड्रिडमै स्थान बनाउन ब्राजिलियन मार्सेलोले टिमभित्रका फर्नान्ड मेन्डी र सर्जिओ रेगुलिओनसँग कडा प्रतिस्पर्धा गर्नुपर्नेछ ।

पछिल्लो दुई सिजन रियल म्याड्रिडमा निकै संघर्ष गरिरहेका मार्सेलो पछिल्लो केही महिनायता लगातार चोटको सिकार बन्दै आएका छन् । उनी चोटका कारण मैदान बाहिर रहेको बेलामा कोरोना महामारी फैलिएपछि फुटबल स्थगित भएको छ ।
मार्सेलोले कोरोना भाइरस (कोभिड–१९) का कारण फुटबल स्थगित भएसँगै स्पेनिस क्लब रियलमा आफ्नो भविष्य लम्ब्याउने अवसर समेत पाएका छन् ।

जिदानले क्लब छोडेपछि टोलीमा स्थान बनाउन संघर्षरत मार्सेलो जिदान फर्किएपनि टोलीमा नियमित स्थान बनाउन असफल छन् । फ्रान्सेली डिफेन्डर फर्लान्ड मेन्डी उनको स्थानमा रहेका छन् ।

सन् २०२२ सम्म रियल म्याड्रिडमा सम्झौता रहेको भएपनि कोरोनाका कारण उनलाई यो मौका प्राप्त भएको हो । मार्सेलोलाई अनुबन्ध गर्न इटालियन क्लब युभेन्ट्सले पनि प्रयास गरेको छ । तर, मार्सेलो रियलको पहिलो टोलीमा स्थान बनाउन सके स्पेनमै रहन चाहन्छन् ।

अर्को सिजनका लागि मार्सेलोले मेन्डीसँगै अर्का खेलाडी सर्जियो रेगुलिओनसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । सर्जियो हाल लोनमा सेभिल्ला पुगेका छन् । सर्जिओले त्यहाँ राम्रो प्रदर्शन गरिरहेका छन् । लोनमै डर्टमुन्ड पुगेका अक्रफ हाकिमी पनि लेट ब्याक भूमिका निर्वाह गर्न सक्छन् ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width