आई लिग फुटबललाई समापन गर्ने निर्णय, ४ खेल अगावै मोहन बगान लिग च्याम्पियन

एजेन्सी
वैशाख ७, २०७७
Indian Super League

कोरोनाको महामारी फैलिएपछि भारतको आई लिग फुटबल समापन गरिने भएको छ ।

लिग कमिटीले भारतीय फुटबलल महासंघलाई पत्र लेख्दै लिग समापन गर्ने निर्णय गरेको हो । लिग कमिटीको शनिबार बसेको बैठकले शीर्षस्थानमा रहेको मोहन बगान क्लबलाई च्याम्पियन घोषणाको लागि सिफारिस समेत गरेको छ । यस निर्णयले मोहन बगान ४ खेल अगावै आई लिग फुटबलको च्याम्पियन्स बनेको छ ।

लिगमा १६ खेल सकिँदा ३९ अंक सहित मोहन बगान शीर्ष स्थानमा थियो । दोस्रो स्थानमा रहेको इस्ट बंगाल र मिनरवा पन्जावको समान २३/२३ अंक थियो । लिग कमिटीले यसपटक कुनै टिमलाई रेलिगेसनमा नझार्ने सिफारिस समेत गरेको छ ।

यसअघि, मार्च १४ तारिखसम्म लिग स्थगित गरिएको थियो । भारतमा लकडाउन मे ३ तारिखसम्म लम्ब्याइएको छ ।

Related News

सम्बन्धित समाचार

  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा…

hero news full width

Recent Posts

भर्खरै