धनकुटा । जनगुनासो बढ्दै गएपछि धनकुटा उद्योग वाणिज्य संघले धनकुटा बजारमा व्यापक रुपमा आन्तरिक अनुमगन आजदेखि शुरु गरेको छ।
कृत्रिम अभाव लगायत हुन सक्ने मुल्य बृद्धिलाई मध्यनजर राख्दै धनकुटा उद्योग वाणिज्य संघले धनकुटा बजारमा अनुगमन गर्न शुरु गरेको हो।
संघले धनकुटा बजारका सवै पसलहरुमा प्रभावाकारी आन्तरिक बजार अनुगमन गर्दै सामग्री विक्री वितरण गर्दा दुरी अनिवार्य कायम गर्न अनुरोधका साथ सुरक्षित सामग्रीहरु वितरण गरेको छ ।
लक डाउनको समयमा दैनिक उपभोग्य तथा अत्यावाश्यक समाग्रीहरुको उपलब्धता र विक्री वितरणको अवस्था, मुल्यको अवस्था, दुरी निर्धारणको पालना गरे नरेनगरेको लगायतका विविध विषयमा बजार अनुगमन गदै सुरक्षित समाग्रीहरु प्रदान गरेको हो ।
धनकुटा बजारका पसलहरुमा धनकुटा उद्योग वाणिज्य संघले आन्तरिक अनुगमन गर्दै व्यापारीहरुलाई मुल्य सूची राख्न, सामान विक्री वितरण गर्दा कम्तीमा एक मिटर दुरी निर्धारणको पालना गर्न र समयावधि समाप्त भएका खाद्य वस्तुहरु विक्री वितरण नर्गन र सुरक्षित ढंगले सामान विक्री वितरण गर्न र पैसा लेन देन गर्दा थुक नलगाई सेनिटाईजरले हात धुएर पैसा गनी लेन देन गर्न अनुरोध गरिएको धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताए ।
धनकुटा बजारका किराना पसल, मासु पसल, तरकारी पसलहरुमा धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राई, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरु रिदम श्रेष्ठ, लिजा श्रेष्ठ, अम्विकादेवी धमला, कार्यालय प्रमुख सिचन प्रधान, कर्मचारी नवराज श्रेष्ठ लगायतको टोलिले अनुगमन गर्दै प्रत्येक पसल अगाडी दुरी निर्धाण गर्नका लागि कम्तीमा एक मिटरको फरकमा चिन्ह लगाई सामान विक्री गर्दा उपभाोक्ता र व्यापारीहरुले दुरी निर्धारणको अनिवार्य पालना गर्न आग्रह गरेका थिए ।
धनकुटा बजारमा उपभोक्ताहरु र व्यापारी स्वयमको गुनासो आएकोले आन्तरिक बजार अनुगम गरी देखिएको समस्याहरु समाधान गरिएको र व्यापारीहरुलाई माश्क, सेनिटाईजर र पञ्जा वितरण गरिएको धनकुटा उद्योग वाणिज्य संघका कोषाध्यक्ष रुपेश श्रेष्ठले वताउनु भयो ।
लक डाउनको समयमा उपभोक्ताहरुलाई सर्वसुलभ मुल्यमा दैनिक उपभोग्य र अत्यावाश्यक समाग्रीहरु सहज रुपमा उपब्ध गराउन र व्यापारी व्यावसायीहरुले सुरक्षित ढंगले सामान विक्री वितरण गर्ने वातारण निर्माण गर्नका लागि धनकुटा उद्योग वाणिज्य संघले आन्तरिक बजार अनुगमन गर्न शुरु गरेको जनाएको छ । धनकुटा उद्योग वाणिज्य संघले धनकुटा बजार लगायत धनकुटाको हिले बजार, सिधुवा बजार, पाख्रिवास बजार, जितपुर बजार,मुलघाट बजार, लेगुवा बजार लगायत सवै बजार क्षेत्रहरुमा आन्तरिक अनुगमन गर्ने जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१