वैकल्पिक सरकार गठन गरी प्रधानमन्त्री केपी ओलीको सरकारलाई विस्थापित गर्नुपर्दछ भनी लामो समयदेखि कराए तापनि त्यसबारे औपचारिक वार्ता भएको थिएन । संसदमा प्रमुख प्रतिपक्षी पार्टीका रुपमा रहेको नेपाली कांग्रेसले शुक्रबार माओवादी केन्द्र र जनता समाजवादी पार्टीसमेतको औपचारिक बैठक बोलाएर वैकल्पिक सरकारको नेतृत्व लिन तयार भएको जनाएर त्यसको लागि सहयोग गर्न आग्रह ग¥यो । कांग्रेस सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्न तयार भएको उल्लेख गरेपछि स्थितिमा केही परिवर्तनको आभाष भएको छ । माओवादी केन्द्र त्यसबाट खुसी भएको छ भने कांग्रेसभित्रै देउवाको आलोचना गर्नेहरुले देउवा ठीक ठाउँमा आएको मूल्यांकन गरेका छन् ।
वैकल्पिक सरकारको लागि त्यसरी औपचारिक बैठक बस्नु निश्चय नै महत्वपूर्ण कुरा हो तर संसदको अंक गणितअनुसारै जनता समाजवादी पार्टीको सहयोग बिना वैकल्पिक सरकार गठन हुन सक्दैन । त्यो पार्टीले यही ओली सरकारबाट नै आफ्ना मागहरु पूरा गर्न लागि परेको छ र यो सरकारले नै माग पूरा गरे यसैलाई समर्थन गर्ने जनाएको छ । उनीहरुले आफ्नो मागलाई महत्वपूर्ण सम्झेका छन् । जनताका अर्काे नेताहरु डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले सरकारको विरोधमा जति सुकै चिच्याए तापनि उनीहरुले आफ्नै सहकर्मी नेताहरुलाई सम्झाउन सकेका रहेनछन् भन्ने प्रष्ट भएको छ । त्यो पार्टीले वैकल्पिक सरकारको प्रस्तावबारे विचार गर्न केही समय मागेका छन् ।
उता ओली सरकार सकेसम्म जसपाका मागहरु पूरा गर्न प्रयास गरिरहेको छ । जसपाले बिहीबार आफ्ना नेता र कार्यकर्ताहरु २ सय ८ जनाको मुद्दा फिर्ताका लागि सरकारलाई विवरण पठाइएको छ । उनीहरुले आफ्नो माग पूरा गराउने यो उपयुक्त बेला सम्झेका छन् । त्यसैमा लागिरहेका छन् । उनीहरुले यसअघिका सरकारलाई आफ्नो माग राखेका थिए । उनीहरुले वैकल्पिक सरकारले माग पूरा गर्ला कि नगर्ला भनेर पनि सोच्दै छन् । उनीहरुले प्रष्ट जवाफ नदिएसम्म वैकल्पिक सरकारको कुरा अघि बढ्ने अवस्था छैन । आमागी केही दिन सबै नेताहरु पर्ख र हेरको स्थितिमा रहनेछन् ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१