१. यो वर्ष देशमा भएको भारी वर्षाको कारणबाट आएबो बाढी पहिरो र चट्याङ्गले ठूलो जनधनको क्षति भएको छ । यो क्षति विगत १० वर्ष यताकै ठूलो हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार यो वर्ष प्राकृतिक विपद्बाट नेपालका ४५ जिल्ला प्रभावित बने ।
२. बाढीपहिरोबाट मात्रै कुल ५ सय ८० घटना भएकोमा ५ सय १४ घरमा क्षति पुगेको प्रारम्भिक विवरण रहेको छ । मनसुनजन्य विपष्द्बाट यसवर्ष अहिलेसम्म ४ सय २ जनाले ज्यान गुमाएका छन् । १ सय १ जना वेपत्ता रहेका र २ सय ४६ जना घाइते भएका छन् । प्रारम्भिक प्रतिवेदन अनुसार ५ सय १४ घर क्षति भएको छ ।
३. यसवर्ष सबैभन्दा बढी क्षति गण्डकी प्रदेशमा भएको छ । यो प्रदेशमा बाढीपहिरोले मात्र १ सय २२ जनाले अकालमा ज्यान गुमाए । प्रदेशका पर्वत, कास्की, गोरखा, लमजुङ, स्याङ्जा, तनहुँ, म्याग्दी, नवलपुर, बागलुङ र मुस्ताङमा क्षति पुगेको र सवैभन्दा बागलुङमा भएको छ । बागलुङमा ३४ जनाले ज्यान गुमाए भने १७ जना अझै हराईरहेका छन् ।
४. जिल्लगत हिसावमा बाढीपहिरोबाट सबैभन्दा बढी सिन्धुपाल्चोक जिल्लामा क्षति भएको छ भने ३९ जना वेपत्ता छन् । प्रदेश नं. १ मा ६ जनाको मृत्यु, १२ जना वेपत्ता र ४ जना घाइते, वागमती प्रदेशमा ७१ जनाको मृत्यू र ३८ वेपत्ता, लुम्बनी प्रदेशमा ३२ जना घाइते, २ वेपत्ता र १९ जना घाइते भएका छन् । यसैगरी कर्णाली प्रदेशमा ५९ जनाको मृत्यू, १२ वेपत्ता र ३२ जना घाइते छन् । सुदुरपश्चिम प्रदेशमा ३३ को मृत्यू, १२ वेपत्ता र ३२ घाईते रहेका छन् ।
५. उक्त क्षति सरकारी तहबाट संकलित प्रारम्भिक विवरण हो । १५ दिनभित्र क्षतिको पूर्ण विवरण प्रसतु गर्न गृहमन्त्रालयले अरु मन्त्रालयलाई समय दिएको छ । प्राकृतिक प्रकोपबाट प्रभावितहरुलाई सरकारले अहिले सम्म झण्डै ७ करोड राहत वितरण गरेको जनाएको छ । तर पहिरोबाट विस्थापित भएकाहरुलाई कतिपय स्थानमा अझै पनि व्यवस्थिति गर्न सकिएको छैन भने राहत सामग्री नपाउँदा माग्दै हिड्न परेको अवस्था छ । खासगरी सुत्केरी महिराल तथा बालबालिका बढी पीडित छन् । कोरोना महामारीका कारण पनि सहयोगी दाताहरुले बाढीपहिरो पीडितले जति सहयोग पाउनु पर्ने हो त्यो पाउन मुस्किल भएको छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१