१. कास्कीमा निषेधाज्ञा थप भएको छ । यसअघि पाँच दिन लगाईएको निषेधाज्ञा फेरी ५ दिन थप गरी भदौ १२ गते स्म्म हुने भएको हो । ५ दिनको बन्दले पनि कोरोना संक्रमित संख्या नघटेपछि निषेधाज्ञा थप गरिएको हुन सक्छ । निषेधाज्ञाले स्वास्थ्य सुरक्षा भएपनि मानव जीवन कष्टकर बनाएको छ ।
२. अध्यावश्यक काममा बाहेक घरबाहिर निस्किन र हिडडुल गर्न रोक छ । यस अघि बैंकिङ सेवा पनि बन्द गरिएको थियो । यस पटक भने आंशिक रुपमा खोल्ने भएको छ । नेपाल राष्ट्र बैंकको समन्वयमा सेवाग्राहीको मागको आधारमा बैंक तथा वित्तीय संस्थाहरुले कम कर्मचारीको उपस्थितिमा केही शाखाबाट सेवा प्रवाह गर्न सक्नेछन् । सहकारी भने बन्द रहनेछन् । यसैगरी निर्माण कार्य तथा उद्योगहरु सञ्चालनमा अवरोध नहुने भएको छ । निर्माण सामग्री विक्री गर्ने पसलहरु साँझ ५ देखि ७ बजेसम्म खोल्न पाइने छ ।
३. खाद्यन्न, फलफूल, तरकाी, माछा, मासु, दूध आदिका पसलहरु विहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ७ सम्म खोल्न सकिने यथावत कायम छ । स्वास्थ्य सुरक्षालाई ध्यान राखि सावधानीको पालना गरी सरकारी कार्यालय वा अत्यावश्यक सेवा दिने कार्यालय तथा संस्थानबाट न्यूनतम कर्मचारी उपस्थित हुने गरी सेवा प्रवाहको व्यवस्था मिलाउन बाधा नपुग्ने उल्लेख छ । यस अर्थमा निषेधाज्ञा पहिले भन्दा थोरै खुकुलो भएको छ ।
४. निषेधाज्ञा कास्की बाहेक अरु जिल्लाहरुमा छ र थप्दै लगिएको छ । कोरोना संक्रमण देखिएपछि चैत्र ११ गतेदेखि देशमा भएको लकडाउन साउन ६ गते हटाइएको थियो । साउन ६ गतेसम्म कुल संक्रमित संख्या १७ हजार ९ सय ९४ रहेकोमा भदौ ६ सम्म आइपुग्दा ३१ हजार एकसय १७ पुग्यो । यसैगरी मृत्यू हुनेको संख्या ४२ थियो भने यो संख्या बढेर अहिले १४६ पुगेको छ । लकडाउन हुँदा र नहुँदाका अवस्थाको जोखिमको उक्त आँकडाले देखाएको छ ।
५. महामारी नियन्त्रण गर्न निषेधाज्ञा एउटा उपाय हो । तर, यो मात्र समाधान होइन । निषेधाज्ञाले धेरै कठिनाई भोग्नु परेको अवस्था छ । मानिस रोगले भन्दा भोकले पर्नु परेको छ । यस अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन गरी कडाईसाथ पालना गर्नु गराउनु महत्वपूर्ण कुरा हो । दैनिक जनजीवनलाई पनि सूचारु गर्न मिल्ने गरी त्इस अनुसारको नीति नियम लगाउनु पर्छ । तपाइँहरुकै सुरक्षाको लागि हो भन्दै बढी कडाई गर्दा अरु ठूला दुर्घटना हुन सक्दछन् ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१