काठमाडौंको कमलपोखरीमा केही वर्षदेखि विवाद बढ्दै गएको छ । वरिपरि ठूल्ठूला भवन बनाएर कमलपोखरीमा पानी कम हुँदै गएको बेला २०७२ सालको भूकम्पले पोखरीलाई ठूलो क्षति बनाएको छ । पोखरी बनाउन काठमाडौं महानगरपालिकाले आफ्नै किसिमको नापनक्सा तयार गरी बनाउन सुरु गरेको थियो । तर स्थानीयवासीले त्यसरी बनाउँदा पोखरीमा पानी नरहने भनेर विरोध गरिरहेका छन् । स्थानीयको विरोध भए पनि महानगरले सौन्दर्यकरण गर्ने नाममा त्यहाँ कंक्रिटको संरचना बनाउन सुरु गरेको छ । महानगरले कंक्रिटको संरचना बनाउन साथ विवादले उग्ररुप लिएको छ । सरोकारवालाले त्यो कंक्रिटको संरचना तोडफोड गरेका छन् ।
कमलपोखरी ऐतिहासिक र सांस्कृतिक महत्वको स्थल हो । यस्तो स्थल निर्माणका लागि पुरातत्व विभागको भूमिका महत्वपूर्ण हुन्छ । तर महानगरपालिकाले पुरातत्व विभागसँग सल्लाह परामर्श गरेको देखिँदैन । त्यसले सुरुमा रानीपोखरा बनाउने क्रममा पनि पुरातत्व विभाग र स्थानीयको चर्काे विवादको कारण त्यो क्रंक्रिटको मन्दिर भत्काएर पुरातत्व विभागको मापदण्ड अनुसार निर्माण गरिएको हो । रानीपोखरी अहिले पुरानै शैलीमा निर्माण गरिएकाले त्यसले सबैको मन प्रफुल्ल बनाएको छ । स्थानीय तथा विषयविज्ञ कमलपोखरी पनि त्यस्तै किसिमले बनाउन जोड दिँदैछन् ।
काठमाडौं महानगरपालिका कमलपोखरीको सौन्दर्यकरणको नाममा नक्कली कमलको फूल बनाएर सजाउने पक्षमा देखिन्छ भने स्थानीय सरोकारवाला कमलपोखरीमा कमलको फूल फुल्न दिनुपर्छ भन्दैछन् । कमलपोखरीमा अझ पनि केही पानी छ । महानगरपालिका त्यो पानी फालेर त्यहाँ सुख्खा गरेर भौतिक संरचना निर्माण गर्न खोज्दैछ भने स्थानीय त्यसरी पानी सुकाएमा पछि पानी भर्न गा¥हो हुने तर्क अघि सार्दैछन् । रानीपोखरीमा पानी सुख्खा गरिएको कारण धेरै माटो भर्नु परेको र खर्च बढी लागेको विज्ञहरु बताउँछन् । कमलपोखरीको विवाद अब स्थानीयको मात्र सरोकारको कुरा रहेन । त्यसमा पुरातत्व विभागको ध्यान पनि आकर्षित भएको छ । निजी क्षेत्रका विज्ञहरुले पनि आफ्नो अनुभव आधारमा सुझाव दिन थालेका छन् । सबै राम्रो गर्ने पक्षमा नै रहेका देखिन्छन् । तर आवश्यक सल्लाह र समन्वयको अभावमा विवाद बढ्दै गएको छ । विवाद थाति राखेर समझदारी र समन्वय गरी सरोकारवाला अघि बढेमा कमलपोखरीको भविष्य सुनिश्चित देखिन्छ । कमलपोखरीमा कमलको फूल नै फुल्न दिनुपर्दछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१