जलविद्युत् योजनाको छिटो कार्यान्वयन गर

सम्पादक
माघ २७, २०७९

देशमा फेरि एक पटक अघोषित किसिमको लोडसेडिङ छ । १७/१८ घण्टासम्म लोडसेडिङमा रहन अभ्यस्त देशवासीलाई २÷४ घण्टाको लोडसेडिङ असह्य हुने कुरा भएन । तैपनि सरकारले सकेसम्म धेरै बिजुली प्रयोग गर भनेर दिएको सन्देशको सन्दर्भमा सोच्दा यो विडम्बनाको कुरा मान्नुपर्ने हुन्छ । विद्युत््को इतिहास हेर्दा देशमा १ सय वर्षभन्दा पहिले नै बिजुली बलेको देखिन्छ । ८३ हजार मेगावाट विद्युत् क्षमता भएको देशमा १ सय वर्ष लगाएर पनि अहिले हामीलाई चाहिने २ हजार मेगावाट विद्युत् पनि निकाल्न सकेका छैनौं । तैपनि यस वर्ष हामीले केही विद्युत् भारतमा पठाएर केही अरब रुपैयाँ कमायौं । यो एक रेकर्ड हो । तर अहिले खडेरी परेको र भारतको सव–स्टेसनमा पनि खराबी आएकोले त्यहाँबाट बिजुली आयातमा कमी आएकोले लोडसेडिङ भएको जनाइएको छ ।

विद्युत््को महत्व मनन् गरेर धेरै किसिमबाट विद्युत्को उत्पादनमा सरकारले हात बढाएको छ । बैंक वैकल्पिक विद्युत्को नारा चर्को छ । देशमा हावाबाट पनि घामबाट पनि विद्युत् निकाल्ने काम भएको छ । त्यसरी विद्युत् उत्पादन गर्ने काममा निजी क्षेत्र पनि लागेको छ । ठूल्ठूला प्रोजेक्ट विदेशीले गर्दैछन् । सरकार आफैंले पनि केही गर्दैछ । तैपनि विद्युत्को उत्पादन आवश्यक मात्रामा भएको छैन । विद्युत्को अभावमा र त्यसको ब्यवस्थापनको अभावमा विद्युत्बाट चल्ने सवारी साधनहरु चल्न सकेका छैनन् । तिनीहरु लामो समयदेखि त्यसै प्रयोगहीन छन् । सोलारको उपकरणहरु त्यसै छन् भने त्यसबाट चल्ने बस आदि पनि त्यसै छन् । ती बसको एकताका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा तामझाम साथ उद्घाटन गरेका थिए । त्यसपछि तीमध्ये कुनै बस पनि चलेको देखिएन ।

हामीकहाँ जलस्रोतको अथाह सम्पदा छन् । पहिले एउटा नदीमा एक ठाउँमा मात्र बाँध बाँधेर विद्युत् निकाल्ने र कुलो लगेर सिंचाइ गरिन्थ्यो भने अहिले एउटै नदीमा धेरै ठाउँमा बाँध बाँधेर विद्युत् निकाल्ने गरिन्छ । जसबाट उत्पादन लागत धेरै कम हुन सक्छ । फेरि पहिले नदीबाट विद्युत् निकाल्ने गरिन्थ्यो भने अहिले नदीको पानी संकलन गरेर त्यसबाट विद्युत् निकाल्ने गरिन्छ । त्यस किसिमको जलाशययुक्त पानीबाट निकालिएको विद्युत् गुणस्तरीय मानिन्छ । जुन हिउँद र वर्षामा पनि धेरै उतारचढाउ हुँदैन । आरुघाटमा त्यस्तै योजना बनाउने सरकारको नीति छ । त्यसको लागि मुआब्जा वितरण गर्ने काम भइरहेको छ । सरकाले त्यो योजना आफैंले गरे भने त्यो एक नमुना योजना हुने र त्यसले यस क्षेत्रको काँचुली फेरिने अनुमान गरिएको छ । देशमा यस्ता धेरै प्रोजेक्ट छन्, जसको कार्यान्वयन भएको छैन । देशको समृद्धिको लागि तिनीहरुको छिटो कार्यान्वयन गरिनु आवश्यक छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width