नेपाली कांग्रेस पार्टीको चुनावलाई त्यसै पनि महत्वका साथ हेर्ने गरिएको थियो । अहिले झन् सत्ताको नेतृत्व गर्न पुगेको पार्टी भएकोले त्यसको चुनाव धेरैको चासो र जिज्ञासाको विषय भएको छ । चुनाव निर्धारित मितिमा भएन । चुनावको म्याद थपिदै गयो । थपिदा–थपिदै विधानले दिएको म्याद पनि समाप्त भयो । प्रजातान्त्रिक मूल्य र मान्यतामा आधारित पार्टीले विधानले दिएको म्याद गुजार्नु आफैमा असहज कुरा हो । पार्टीले त्यो म्याद गुजारेको मात्र होइन, महाअधिवेशन गर्ने भनेर निर्धारित म्याद पनि गुजार्दै छ । महाअधिवेशनको मिति पटक–पटक सार्दै छ । अहिले निर्धारण गरेको मिति पनि अन्तिम हो र त्यही मितिमा महाधिवेशन हुन्छ भन्ने स्थिति छैन । यसैले पनि चुनावको चर्चा बढ्दो छ ।
चुनावको चर्चा हुनु पनि स्वाभाविक छ । एकातिर जिल्ला अधिवेशन हुँदैछ भने हर्कोतिर क्रियाशील सदस्यताको विवाद टुंगाउन सकेको छैन । क्रियाशील सदस्यताको विवाद किस्ताबन्दीमा टुंगाउँदै छ । त्यो विवादका कारण जिल्लाका केही नेताहरु पार्टीको केन्द्रीय कार्यालयमा हप्तौं पहिलादेखि अनसनमा बसिरहेका छन् । त्यसले पनि एउटा तमासा थपेको देखिएको छ । स्थिति गम्भीर छ । पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पूर्व र पश्चिम फर्केर बसेका छन् । उनीहरुबीचको विवादले कार्यकर्तालाई अन्यौल र अप्ठ्यारोमा पारेको छ । उनीहरु एउटै पार्टीका भएर पनि गठबन्धनका नेताहरु जस्ता भएका छन् र जे कुरामा पनि भागबन्डा गर्ने गरेका छन् । बाहिर मानिसहरु भागबन्डाले देश बिग्रेको अनुभव गर्दैछन् भने कांग्रेस पार्टीभित्रै भागबन्डा गर्ने गरिएको छ । त्यसले नराम्रो सन्देश सम्प्रेषण गरेको छ ।
यो पटक महाधिवेशन पनि विगतको भन्दा केही फरक किसिमले हुन गइरहेको छ । यस पटक नेताहरुको ‘लेगेसी’ को कुरा पनि चर्कोरुपले उठेको छ । कोइराला परिवारबाट डा. शशांक कोइराला र डा. शेखर कोइराला, गणेशमान सिंहको परिवारबाट उनका छोरा प्रकाशमान सिंह तथा महेन्द्रनारायण निधिको छोरा विमलेन्द्र निधिले सभापतिको दावा गर्दैछन् भने वर्तमान सभापति शेरबहादुर देउवा आखिरमा आफ्नो प्रतिद्वन्द्वी को हुन्छन् ? भनी नियालिरहेका छन् । वरिष्ठ नेता पौडेल देउवालाई टक्कर दिन सक्ने एकमात्र बलिया नेता आफै भएको बताउँदैछन् । अरु पनि ३÷४ जनाले आफूलाई प्रत्याशीका रुपमा प्रस्तुत गर्ने प्रयास गरिरहेका छन् । तर, उनीहरुको प्रयास कहाँसम्म पुग्ने हो यकिन छैन । कांग्रेसका युवानेताहरु सभापतिको दौडमा प्रस्तुत भएका छैनन् ।उनीहरु आपूmलाई महामन्त्रीमा सीमित गर्दैछन । महामन्त्रीको उम्मेदवारी पनि कुन समूहबाट दिने भन्ने प्रष्ट घोषणा गरिएको छैन । क्रियाशील सदस्यताको विवाद नटुंगिएको र जिल्ला अधिवेशनहरु सम्पन्न हुन बाँकी नै रहेकाले अरुहरु मात्र होइनन्, स्वयं कांग्रेसका नेताहरु पनि अन्यौलमा छन् । नेताहरुले कुन पदमा कसरी उम्मेदवारी दिने भनेर प्रष्ट भएका छैनन् ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१