१. देशमा मनसुन भित्रिएसँगै बाढी पहिरो आदि प्राकृतिक प्रकोपको बृद्धि भएको छ । केही अघि पर्वतको दुर्लुङमा पहिरो जाँदा दुई घर पुरिए, नौ जना वेपत्ता भए । पछिल्लो समय बझाङको केदारस्यूँ गाउँपालिका–८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिए । वेपत्ता ७ मध्ये ४ जनाको शव फेला परेको छ । यसैगरी विभिन्न स्थानमा नदी कटानले क्षति पुर्याएको छ ।
२. पहाडी मुलुक भएकोले हरेक वर्ष वर्षमा कहि न कहि बाढि पहिरोबाट क्षति त भै रहेकै छ । तर यस वर्ष बढी वर्षा हुने अनुमान भएका कारण प्राकृतिक प्रकोपबाट पुग्न सक्ने क्षतिबारे समयमै ख्याल गरी बचाउँको लागि सतर्कता अपनाउनु जरुरी छ । यस वर्ष बंगालको खाडीमा भएको चक्रवातको कारण जेठमै ठूलो वर्षा भएको हुँदा जमिन गलिरहेको छ ।
३. बढी भिरालो जमिन तथा नदी किनारमा रहेका बस्तीहरुमा बढी होसियारी अपनाउनु पर्दछ । यसैगरी नदीले कटान गर्ने सक्ने स्थान र डुबान हुन सक्ने स्थानका बासिन्दाले सचेत हुन जरुरी छ । बढी जोखिम रहेका स्थानहरुको पहिचान गरी सरकारले त्यस क्षेत्रका बासिन्दालाई जानकारी गराईराख्ने तथा विपद् व्यवस्थापनका लागि आवश्यक तयारी पनि गर्नु आवश्यक छ ।
४. प्राकृतिक प्रकोपबाट ठूलो जनधनको क्षति हुन नदिन तथा क्षति न्यूनीकरणमा सरकारले कदम चालिहाल्नु पर्छ । जल तथा मौसम विज्ञान विभागले वर्षा वा बाढीको पूर्व अनुमान तथा पूर्व सूचना छिटो दिने, जोखिम स्थितिमा समय समयमा जानकारी गराईराख्ने आदि गराई राख्नु जरुरी छ । यसैगरी सरकारले उद्धार कार्यका लागि पनि आवश्यक श्रोत साधन र जनशक्ति तयारी गर्नु पर्दछ ।
५. विपद्का वेला उद्धार कार्यमा नेपाल रेडक्रसले विशेष भूमिका खेल्दै आएको छ । त्यस बाहेक पनि विभिन्न संघ, संस्था, युवा क्लब आदिलाई विशेष प्रशिक्षण प्रदान गरी परिचालन गर्न सकिन्छ । साथै आमजनतालाई पनि बाढी पहिरोको वेला ध्यान दिनु पर्ने कुराबारे जानकारी दिई जनधनको सुरक्षाको लागि सचेत गराउन आवश्यक छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१