हेमजा साक्षर गाविस

सम्पादक
भाद्र १६, २०७०

१. पोखराको छिमेकी गाउँ हेमजा गाविस बराबर चर्चामा आउने गर्दछ। हेमजाले कहिले आलु उत्पादनमा रिर्कर्ड राख्ने गर्दछ भनेर त्यो विषयमा चर्चामा आउने गरेको छ। अहिले पूर्ण साक्षर गाउँका रूपमा त्यसको चर्चा भएको छ। हेमजा गाविसलाई एक कार्यक्रमबीच शिक्षा सचिव नारायणगोपाल मलेगोले पूर्ण साक्षर गाविस घोषणा गरेका छन्।

२. गरेपछि हुन्छ भन्ने कुरा हेमजा गाविसले देखाएको छ। कास्की जिल्लामा नै पहिलो पूर्ण साक्षर गाविस हुनु ठूलो कुरा हो। त्यो ठूलो कुरा हेमजाले प्राप्त गरेको छ। त्यस गाविसले गाउँलाई पूर्ण साक्षर बनाउन २०६९ साल चैत महिनादेखि २०७० असारसम्म साक्षरता अभियान सञ्चालन गरेको थियो। जसको प्रतिफल त्यसले पूर्ण साक्षर हुने सौभाग्य प्राप्त गर्‍यो।

३. गाविसले जनाएअनुसार नेपाल सरकारले सन् २०१५ सम्ममा देशका १५ वर्षदेखि ६० वर्ष उमेर समूहका निरक्षर युवा, महिला तथा पुरुषलाई साक्षर बनाउन राष्ट्रिय साक्षरता अभियान कार्यक्रम ल्याएको छ। राष्ट्रको त्यही कार्यक्रमलाई सघाउ पुर्‍याउन हेमजा गाविसले पूर्ण साक्षरता अभियान सञ्चालन गरेको छ।

४. त्यस अभियानअन्तर्गत गाविसले ४० वटा केन्द्र बनाएर ४० जना साक्षरता स्वयंसेवक छानेर साक्षरता कक्षा सञ्चालन गरेको थियो। अभियानले गाउँका आठसय १० जना निरक्षरलाई साक्षर बनाएको उल्लेख छ। तीमध्ये पुरुष दुर्इ जना र आठ सय जना महिला परेका छन्। हेमजा गाविसमा १२ हजार पाँच सय जनसङ्ख्या रहेको छ।

५. हेमजाको अनुभव अरुका लागि एक शिक्षा हो। त्यो शिक्षा सबैले सिकेर तदानुसार काम गर्नु आवश्यक छ। सरकारले राष्ट्रिय अभियानकै रूपमा त्यो कार्यक्रम ल्याएकोले ढिलो या चाँडो सबैले गर्नु पनि पर्दछ। सरकारले साक्षर हुनका लागि अक्षर पढ्न सक्ने, आफ्नो हस्ताक्षर गर्न सक्ने र मोबाइल फोन चलाउन सक्ने सीमा रेखा निर्धारण गरेको छ।

६. एक डेढ वर्षको प्रयासबाट गाउँका सबैलाई साक्षर बनाउन सकिने रहेछ भन्ने कुरा हेमजाले देखाएको छ। फेरि अहिले प्रत्येक गाउँमा विद्यालय पनि भएकाले शिक्षक कहाँ खोज्ने भन्ने सवाल पनि नहुन सक्छ। बरु यो कार्यक्रमले गाउँमा त्यसै निक्रिय रहेको जनशक्तिलाई सक्रिय पारेर आंशिक भए पनि रोजगारी दिने गर्दछ। यो पनि एक उपलब्धि हो।

७. निरक्षरलाई साक्षर बनाउने कुरा सानो भए पनि यसको उपलब्धि ठूलो र धेरै छ। निरक्षरलाई साक्षर पार्न आँखा नदेखिएकालाई आँखा देखाउनु जस्तै हो। हेमजाले यस्तो महत्त्वपूर्ण काममा अरु धेरै गाविसलाई पछि पारेर आफू अघि पुगेको छ। कास्की जिल्लाको त पहिलो साक्षर गाविस घोषित पनि भएको छ। गाविसले ठूलो काम गरेको छ। त्यसको लागि हामी हेमजा गाविसलाई र त्यसमा संलग्न भएका सबैलाई धन्यवाद ज्ञापन गर्दछौं र आगामी दिनमा अन्य क्षेत्रमा पनि यस्तै गरी अगाडि बढ्न सकोस् त्यसको लागि शुभकामना दिन्छौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

Recent Posts

भर्खरै