हाम्रो क्षितिज अझै प्रष्ट भएन

सम्पादक
मंसिर २४, २०७०

१. संविधानसभाको चुनाव भएको तीन हप्ता बितेको छ। निर्वाचन आयोगले पार्टीरूको समानुपातिकतर्फको सिट सङ्ख्या पनि तोकिसकेको छ। तैपनि राजनीतिले निर्दिष्ट दिशा लिन सकेको छैन। जित्ने उम्मेदवारहरू स्वागतमा अल्झिइरहेका छन् भने हार्नेहरू अदृश्य धाँधली भएको आरोप लगाएर मोर्चाबन्दी गर्दैछन्।

२. देश के कसरी अघि बढ्ला, त्यसको अनुमान गर्न मुस्किल छ। जित्ने पार्टीरू नेपाली काङ्ग्रेस र एमाले के कसरी बढी पद प्राप्त गर्ने भनेर आ-आफ्नै सुरमा लागिरहेका छन्। एमाले राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुनुपर्दछ भनेर कराइरहेको छ भने नेपाली काङ्ग्रेस उनीहरूको चुनाव हाल नगरेर संविधान जारी छिटो गर्ने भनेर पन्छाउने प्रयासमा छ।

३. सबभन्दा नजिकका भनिएका काङ्ग्रेस र एमालेमा आएको यो फरक मतले चुनावमा उत्पन्न भएको उत्साह क्रमशः सेलाउने हो कि भन्ने आशड्ढा उत्पन्न भएको छ। अस्ति मात्र ती दुर्इ पार्टीबीच भएको तीन बुँदे सहमतिले केही आशा भने देखाएको छ।

४. दलहरूबीच धेरै पटक सहमति हुन्छ। सैद्धान्तिक रूपमा उनीहरू सहमति जनाउँछन्। तर जब व्यवहारमा त्यो सहमति लागू गर्ने बेला आउँछ, त्यसबेला उनीहरूबीच फासला बढ्दै जान्छ। यो सहमतिको परिणति के हुने हो, त्यो २/३ हप्तामा देखा पर्ने छ। त्यतिबेलासम्म सबैले यसलाई आशाको दृष्टिले हेरिरहनेछन्।

५. उता हिजोको तुलनामा हारेका अधिकांश पार्टीले मोर्चाबन्दी गरी अघि बढ्ने निर्णय गरेका छन्। तिनीहरूले धाँधली भयो भनेका छन् तर धाँधलीको प्रमाण देखाउन सकेका छैनन्। त्यसैले तिनीहरूले त्यो धाँधलीलाई अदृश्य धाँधली भनेका छन्। अदृश्य धाँधलीलाई के कसरी हटाउने हो, त्यो समस्या छ।

६. तिनीहरूले धाँधलीको छानबिन नगरेसम्म संविधानसभामा नजाने प्रतिबद्धता व्यक्त गरेका छन्। निर्वाचन आयोगले तिनीहरूलाई ऐनअनुसार निर्वाचन अदालत जाने बाटो देखाएको छ। तर तिनीहरू अदालत जानुभन्दा राजनीतिक रूपले त्यसको निराकरण गर्नुपर्नेमा दबाब दिँदैछन्। निवारणको बाटो के कस्तो हुने हो, त्यो निश्चय छैन।

७. राजनीतिको आकाशमा फेरि कालो बादल मडारिन थालेको छ। नेताहरू अझै चेतेका देखिँदैनन्। उनीहरू आ-आफ्नै डम्फु बजाएर पहिलेझैं नाच्न थालेका छन्। जुन नाच ताण्डव नाचमा परिणत भयो र संविधान बन्न सकेन। दुर्भाग्यको सिर्जना भयो र संसारमा नै नभएको संविधानसभाको दोस्रो चुनाव गर्नुपर्‍यो। एक युगमा एकपटक आउने भनिएको संविधानसभाको चुनाव हामीकहाँ दोस्रो पटक भएको छ। तैपनि हाम्रो क्षितिज प्रष्ट देखिएको छैन।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width