साधुवाद समता शिक्षा निकेतनलाई

सम्पादक
असार ६, २०७१

१. एसएलसीको नतिजा प्रकाशित भएपछि कतिपय विद्यार्थीहरू हँसिला देखिएका छन् भने धेरैको अनुहार निन्याउरो भएको छ। आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण हुनुलाई राम्रो भन्न मिल्दैन। हाम्रा नीति निर्माताहरू र पथप्रदर्शक गुरुहरू कुरा धेरै गर्दछन्, काम थोरै गर्दछन् भन्ने कुरा यो नतिजाले प्रष्ट देखाएको छ।

२. यो नतिजा विगत वर्षहरूमा झैं यसपटक पनि निजी विद्यालयहरूको पक्षमा गएको छ। निजी विद्यालय र सरकारी लगानीका विद्यालयहरूको पठनपाठनको स्तर नै फरक भएकोले एसएलसी बोर्ड फरक गर्नुपर्दछ भन्ने हाम्रो भनाइलाई फेरि जोड दिइएको छ।

३. तीन सय ३१ विद्यालयबाट एक जना पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन् भन्ने समाचारले ती दुर्इ स्तरका विद्यार्थी साथसाथै जान सक्दैनन् भन्ने कुरा फेरि प्रष्ट गरेको छ। समानताको नाममा अझ कति विद्यार्थीको भविष्य अन्धकार हुने हो, त्यो भविष्यले देखाउने छ।

४. विद्यालयका शिक्षकहरू राजनीतिमा लाग्नु, विद्यार्थीहरूलाई अनुशासनमा राख्न नसक्नु, केही चित्त बुझेन भने शिक्षक र विद्यार्थीले आफ्नै विद्यालय बन्द गर्नु, तोडफोड गर्न समेत तैयार हुनु आदि कारणले विद्यालयको स्तर खस्केको हो। माथिबाट जे-जसरी सुपरीवेक्षण हुनुपर्ने हो, त्यो नहुनु पनि नतिजा राम्रो नआउनुको एक कारण हो।

५. शिक्षा मह·ो हुँदैमा राम्रो हुन्छ भन्ने पक्षमा हामी पनि छैनौं तर व्यवस्था र प्रशासन राम्रो हुनैपर्दछ। देशमा केही वर्षदेखि सञ्चालनमा आएको समता शिक्षा निकेतनले त्यो प्रष्ट देखाएको छ। एक सय रुपैयाँ शुल्कमा पढाउँदै आएको समता शिक्षा निकेतनका आठ स्कुलबाटपरीक्षामा सहभागी सबै पाँच सय ३३ जना उत्तीर्ण भएका छन्।

६. शिक्षा निकेतनले जनाए अनुसार ती उत्तीर्ण पाँच सय ३३ मध्ये दुर्इ सय जना विशिष्ट, तीन सय १४ जना प्रथम श्रेणीमा र १९ जना द्वितीय श्रेणीमा उत्तीर्ण भएका छन्। यो नतिजा कुनै पनि निजी विद्यालयलाई पनि लोभ्याउने किसिमको छ। त्यसले यस वर्ष मात्र राम्रो नतिजा ल्याएको होइन, गत वर्षको पनि त्यस्तै थियो। गत वर्ष ती सय १७ मध्ये दुर्इ सय एक विशिष्ट र एक सय १६ प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए।

७. समता शिक्षा निकेतनले शिक्षा क्षेत्रमा एउटा क्रान्ति ल्याएको छ। सस्तो शुल्कमा स्तरीय शिक्षा पाउन सक्नु ठूलो कुरा हो। अहिले यो थोरै जिल्लामा मात्र सीमित छ। यसलाई विस्तार र व्यापक पार्दै लग्नुपर्दछ। हामी शिक्षाका परिकल्पनाकार उत्तम संजेलको विचार र व्यहारको उच्च मूल्याड्ढन गरी उनी र उनका सहयोगीहरू तथा समता शिक्षा निकेतनलाई साधुवाद दिन चाहन्छौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

Recent Posts

भर्खरै