श्रीकृष्ण जन्माष्टमी

सम्पादक
भाद्र १२, २०७०

१. आज कृष्ण जन्माष्टमी। भगवान श्रीकृष्ण जन्मेको दिन। हिन्दूहरूको पवित्र दिन। त्यसैले हिन्दूहरूले ब्रत बसेर, कृष्णको उपासना गरेर, शोभा यात्रा गरेर तथा उनका योगदानको चर्चा गरेर जन्माष्टमी मनाउने गर्दछन्। काठमाडौं, पोखरालगायतका ठाउँमा भव्य रूपले शोभा यात्रा गर्ने गरिन्छन्।

२. हिन्दूहरू श्रीकृष्णलाईर्र् इश्वरको अवतार मान्छन्। उनका काम कुराको मुक्तकण्ठले वर्ण गर्दछन्। आजको दिनमा उनको महिमाको वर्ण गर्दछन्। उनले आफ्नो जीवनमा समाजको लागि ठूल्ठूला योगदान गरेका छन्। तिनै योगदानका कारण आजसम्म उनको प्रभाव समाजमा रहिरहेको छ।

३.     उनले मानिसहरूलाई देखाउन अनेक लीला गरेका थिए। उनका ती लीलाहरू यति प्रभावित छन् कि त्यसको झाँकी आज पनि देखाउने गरिन्छ। उनको लीलाको झाँकी हेर्न आज पनि मानिसहरू टाढा-टाढाबाट आउने गर्दछन्। उनका लीलामध्ये रासलीला सर्वाधिक महत्त्वको मानिन्छ।

४. महाभारत पर्वका उनी सर्वाधिक चर्चित थिए। पञ्च पाण्डवहरू उनकै नीति निर्देशनमा चल्दथे। उनी सारथीका रूपमा रहेकाले पञ्च पाण्डवले महाभारत युद्ध जित्न सफल भएका थिए। द्रौपदीको लाज बचाउन पनि उनले अद्भूत चमत्कार गरेका थिए। उनले त्यसरी धेरैको उद्धार गरेका छन्।

५. उनको पराक्रम, बुद्धि र चातुयता महाभारत कथामा सङ्ग्रहित छन् भने गीतामा उनका उपदेशहरू छन्। महाभारतको युद्धमा जान नचाहेका अर्जुनलाई उनले विश्वरूप देखाएर युद्धमा होमिन तैयार पारेका थिए। अन्यथा अर्जुनले आफन्तलाई मार्न जान चाहेका थिएनन्।

६. गीता अहिले हिन्दूहरूको सर्वथा पवित्र ग्रन्थ भएको छ। गीता श्रवण गर्नुलाई अत्यन्त पवित्र मानिन्छन्। हिन्दूहरू त्यो श्रवण गरेर कहिल्यै थाक्दैनन्। भागवत् वाचन गर्ने चलन बढ्दै गरेको छ। ठूल्ठूला समारोह आदि गरेर त्यो वाचनबाट आएको प्रतिफल सामाजिक काममा लगाउने पनि गरिएको छ।

७. यो पवित्र र महत्त्वपूर्ण दिन भएकोले सनातन धर्म सेवा समिति कास्कीले आजको दिन भव्य शोभायात्राको आयोजना गर्ने गरेको छ। विगत २६ वर्षदेखि शोभायात्राको क्रम निरन्तर चालु छ। यसमा सहयात्री हुनेहरूको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ। शोभा यात्रा पोखराको एक विशेषता नै भएको छ। हामी यसको सफलताको कामना गर्दछौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

Recent Posts

भर्खरै