१. आज विश्व सङ्गीत दिवस। ‘जीवनलाई सङ्गीतमय बनाऔं, विश्व सङ्गीत दिवस २०७० भव्य रूपले मनाऔं’ भन्ने मूल नाराका साथ आज विश्वभर सङ्गीत दिवस मनाउने कार्यक्रम छ। १३ वर्ष पहिले यो दिवस मनाउने चलन नेपालमा भित्रिएको हो भने १० वर्ष पहिलेदेखि पोखरामा यो दिवस मान्ने गरिएको छ।
२. नेपालमा पहिलोपटक फ्रेन्च कल्चर सेन्टरको सहयोगमा सांस्कृतिक संस्थानले यो दिवस मनाएको थियो। फ्रान्समा आजको दिन सबभन्दा लामो मानिन्छ। लामो दिन बिताउन अत्यास लाग्ने भएकोले त्यहाँका अग्रजहरूले सङ्गीत गाएर, नाचेर, हेरेर र सुनेर समय कटाउने अभ्रि्रायले स्थापना गरेको यो दिवस अहिले विश्वव्यापी भएको छ।
३. सङ्गीत दिवसले विश्वको सङ्गीत आदान-प्रदानमा ठूलो सघाउ पुर्याएको छ। सङ्गीतकार, गायक, नाटककारलगायत तत्सम्बन्धी कलाकारहरू एक देशबाट अर्को देशमा पुग्ने, त्यहाँ आफ्नो संस्कृतिको प्रदर्शन गर्ने र अर्काको के कस्तो छ, त्यसको अवलोकन गर्ने यो एक महत्त्वपूर्ण अवसर भएको छ। नेपाली सङ्गीतको प्रचार-प्रसार गर्नमा पनि यसले सघाएको छ।
४. पोखरामा विश्व सङ्गीत दिवस आफ्नै किसिमले मनाउने प्रचलन छ। यहाँ एउटा संस्था संयोजक र अरुहरू सह-संयोजक भएर साझा रूपले यो दिवस मान्ने गरिन्छ। पहिलो पटक यो दिवस पोखरेली युवा सांस्कृतिक परिवारको संयोजकत्वमा सम्पन्न भएको थियो। त्यसबेला ६ वटा संस्था सह-संयोजक थिए। तर अहिले संस्थाहरूको सङ्ख्या बढ्दै गएको छ।
५. पोखरामा सङ्गीत दिवसको अवसरमा यता केही वर्षदेखि स्रष्टाहरूलाई सम्मान गर्ने कार्यक्रम पनि राख्ने गरिएको छ। सङ्गीत दिवस-२०६६ मा एक पटक आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक एवं अग्रज पत्रकार कृष्णप्रसाद बास्तोलालाई पनि सम्मान गरिएको थियो। त्यसरी स्रष्टाहरूलाई सम्मान गर्ने काम जारी छ।
६. यस वर्ष गायक तथा सङ्गीतकार पद्मराज ढकाललाई विश्व सङ्गीत दिवस-२०७० द्वारा सम्मान गरिने भएको छ भने क्रियाशील युवा सङ्गीतकर्मी एवं गायक विनित जोजिजूलाई विश्व सङ्गीत दिवस-२०७० को प्रोत्साहन पुरस्कार प्रदान गरिने कार्यक्रम राखिएको छ। यस्तो कार्यक्रमले यो दिवसको महत्त्व बढाएको छ।
७. फ्रान्समा जे जस्तो उद्देश्य राखी यो दिवस मनाउन सुरु गरिएको भए तापनि यसले सङ्गीत क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ। सङ्गीतकर्मीहरूलाई एकताबद्ध भएर लाग्न पनि यसले अवसर र प्रोत्साहन प्रदान गरेको छ। तर यो दिवसको जे जति र जसरी प्रचार-प्रसार हुनुपर्दथ्यो, त्यो भएको छैन। सम्बद्ध संस्था र स्रष्टाहरूले त्यसमा अरु ध्यान पुर्याउनु अवश्यक छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१