१. देशमा कोरोना संक्रमण नियन्त्रणका लागि सरकारी तहबाट तयार गरिएका क्वारेन्टिनहरु अप्रर्याप्त र अव्यवस्थित समेत भएपछि त्यसको विकल्प खोजिएको छ । विकल्पमा होटलमा पनि बस्न सकिने भएको छ । तर ती होटलहरु क्वारेन्टिनको लागि अनुमति प्राप्त सूचिमा रहेका हुनुपर्नेछ ।
२. सरकारले विदेशबाट आउन चाहने नेपालीहरुको उद्धार गर्ने र होटल क्वारेन्टिनमा राख्ने निर्णय गरेको हो । होटल बसाईको खर्च स्वयम् व्यक्तिहरुले नै तिर्नु पर्नेछ । सरकारले क्वारेन्टिनको लागि काठमाडौं, रुपन्देही र पोखराको गरी ४७ वटा होटलहरुको नाम समेत सार्वजनिक गरेको छ । सूचीमा चारतारे३, तीनतारे ९, दुईतारे २, एकतारे ५ तथा पर्यटन स्तरका होटलहरु रहेका छन् ।
३. यसैगरी वागलुङ नगरपालिकाले पनि विदेशबाट आउनेहरुलाई क्वारेन्टिनको विकल्प दिएको छ । सुविधासहित क्वारिन्टनमा बस्न चाहनेले रकम तिरेर होटलमा बस्न सक्ने छन् । अन्यलाई सरकारी क्वारेन्टिनमा निःशुल्क राख्न सकिने व्यवस्था छ । वागलुङमा १० स्थानीय तहले एक सय बढी क्वारेन्टिनको व्यवस्था गरी भारतबाट आएका एक हजार चार सय बढीलाई राख्दै आएको जनाइएको छ ।
४. पहिलो चरणमा वागलुङका ६ वटा होटलमा एक सय ५० शैयाका क्वारेन्टिन बनाइने र ती होटलका कोठामा सेनिटाइज गर्ने, खाना प्याकेजिङ गरेर कोठामै पुर्याइने, स्वास्थ्य सचेतना लगायतका सुविधा प्रदान गरिने भएको छ । साथै होटल क्वारेन्टिनमा बस्नेहरुका लागि कोठाको शुल्क समेत उल्लेख गरिएको छ । कोठाहरु सबै शौचालय र स्नान कक्ष रहेको जनाइएको छ ।
५. विकल्पमा होटल क्वारेन्टिनको व्यवस्थाले केही भए पनि राहत महशुस भएको छ । होटलमा बस्न चाहनेहरुले उपभोग गर्न पाउने छन् भने अन्य क्वारेन्टिनमा पनि चाप घट्ने छ । तर स्वास्थ्य सुरक्षाको आवश्यक व्यवस्थाको लागि सरकारी निकायको निगरानी तथा व्यवस्थापनमा कमी रहनु हुँदैन । होटल क्वारेन्टिन वा सार्वजनिक क्वारेन्टिन दुवैमा उत्तिकै दृष्टि दिनु जरुरी हुन्छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१