रमाइलो मौसमको आगमन

सम्पादक
माघ ७, २०७०

१. केही दिन पहिले उत्तरी भेगमा परेको हिमपात र अन्य क्षेत्रमा भएको झरी बादलले जनजीवन केही कष्टकर बनाएको थियो भने अहिले मौसममा परिवर्तन आएको छ। हिमपात र झरी बादल रोकिएको छ। मौसम सफा र स्वच्छ देखिएको छ। हिमालय खुलेको छ, वातावरण न्यानो र रमाइलो भएको छ। मानौं रमाइलो मौसमको आगमन भएको छ।

२. एकातिर यो रमाइलो मौसमले पर्यटकहरूलाई लोभ्याएको छ भने अकोर्तिर यसले कृषि बालीमा राम्रो प्रभाव पारेको छ। कृषकहरू कृषि बाली फष्टाउने छ भनी खुसी भएका छन्। नेपालको अर्थतन्त्र कृषिमा निर्भर छ। कृषि उत्पादन राम्रो भएमा अर्थतन्त्र राम्रो हुन्छ। यस पटकको हिमपातले कृषि बाली राम्रो हुने संकेत दिएको छ।

३. त्यसो त माघ, फागुन र चैत महिना त्यसै पनि राम्रो महिना मानिन्छन्। यी महिनामा न धेरै जाडो हुन्छ न कि गर्मीको सकस नै हुन्छ। मौसम न्यानो, वातावरण राम्रो र उत्साहप्रद रहन्छ। जे खाए पनि पच्ने र जहाँ गए पनि हुने अनुकूलको वातावरण हुने भएकाले यो मौसममा पर्यटकको संख्या पनि बढेर जान्छ।

४. प्राकृतिक वातावरणको साथ नेपालको राजनीतिक वातावरण पनि स्वच्छ र सफा हुँदै गएको छ। संविधानसभाको चुनाव बिनाबिध्न-बाधा सम्पन्न भएको छ। निर्वाचित जनप्रनिनिधि एउटा उत्साहपूर्ण वातावरणमा संविधानसभामा जाँदैछन्। उनीहरूले नयाँ पदभारको शपथ ग्रहण गर्दैछन्।

५. त्यसको साथै नयाँ सरकारको आगमन हुने भएको छ। नयाँ उत्साह साथ आउने सरकार निश्चय नै देश र जनताप्रति उत्तरदायी हुनेछ र एक वर्षभित्र संविधान निर्माण गर्ने कामका लागि अनुकूल वातावरण निर्माण गर्ने छ। नेपाली जनताको एक वर्षभित्र संविधान निर्माण गर्ने चाहना पूरा हुनेछ भनी अपेक्षा गरिएको छ।

६. राजनीतिक पार्टीरूभित्र भने हिजो-अस्ति प्राकृतिक वातावरणमा भएजस्तै हिमपात भएको छ। झरी बादल भएजस्तै भएको छ, नेताहरूबीच पार्टीभत्र नै चिसो वातावरण भित्रिएको छ। उनीहरूबीच कतै प्रधानमन्त्रीका लागि छिनाझपटी चलिरहेछ भने कतै एक नेताले अकोर्लाई दोष दिएर आफू हिलोमाथिको ओभानो बन्ने प्रयास गर्दैछन्।

७. त्यो जे भए पनि एक दुर्इ दिनमा त्यो वातावरण पनि सङ्लो र स्वच्छ भएर जानेछ, जसरी प्राकृतिक वातावरण भएको छ। प्रकृतिमा हिमपात र झरी बादल केही दिनका लागि हुन्छ। त्यसपछि त्यसले राम्रो वातावरण दिन्छ। त्यस्तै राजनीतिमा आएको कालोबादल पनि केही समयपछि हटेर जानेछ र देशलाई एउटा स्निग्ध दिशानिर्देश गर्नेछ। जसबाट नेपाल र नेपालीको भाग्य सुनिश्चित र उज्ज्वल हुनेछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width