मतगणना सुस्त

सम्पादक
जेठ ३, २०७४

१. बहुप्रतिक्षित स्थानीय तह निर्वाचनको पहिलो चरणको निर्वाचन आइतबार सम्पन्न भएको छ। निर्वाचन सम्पन्न भएर त्यसको मतगणना शुरु भएको छ र मत परिणाम आउन पनि थालेको छ। तर मतगणना ज्यादै ढिलो गतिले भएकोमा जताततैबाट गुनासो आइरहेको छ। मतगणनाको यो गतिलाई ‘कछुवा गति’ भन्ने गरिएको छ।

२. मतगणना ढिलो हुनुको मुख्य कारण मतपत्र अत्यन्त ठूलो हुनु हो। एक जना मतदातालाई मतपत्र हेर्न नै धेरै समय लाग्दछ। त्यो मतपत्रमा कहाँकहाँ र कुन छापमा स्वस्तिक चिन्ह लगाइएको छ भनी हेर्न र त्यो हेरेर गणना गर्न समय लाग्नु स्वभाविक छ।

३. मतपत्रलाई सानो बनाउन सकिन्थ्यो। जहाँ जति उम्मेदवार छन्, त्यहाँ त्यहीअनुसारको मतपत्र भएको भए मतपत्रको आकार यति भद्दा हुने थिएन। एकजना मतदातालाई उसको क्षेत्रका उम्मेदवारहरु र उम्मेदवारका छापहरुभन्दा धेरैको नाम र छाप देखाउनु आवश्यक पर्दैन। मतपत्रमा असम्बन्धित चिन्हहरु धेरै भए जसको कारण मतपत्र अनावश्यक रुपमा ठूलो हुन गयो।

४. यसपटक मतदाता शिक्षाको अभाव भएको चर्चा पनि बढी भयो। निर्वाचन आयोगले मतदाता शिक्षा दिएको चर्चा त गर्‍यो, तर त्यो पर्याप्त भएन। त्यो शिक्षाको अभाव भएको बुझेर हामीले पनि यस्तै स्तम्भमार्फत त्यसको आवश्यकता औल्याएका थियौँ। तर त्यसलाई के-कति सुनियो, थाहा भएन।

५. ती सबैको प्रभाव आज मतगणनामा परेको छ। एक त मतगणना जताततै ढिलो भएको छ। मतगणना ढिलो भएकोमा सबै आत्तिन थालेका छन्। एक वडाको मत गन्न छ घण्टा बढी समय लागेको छ। यही गतिले गणना गर्दै गएमा मतगणना गर्न पनि हप्ता दिनभन्दा बढी लाग्न सक्छ।

६. त्यसमा पनि कतिपय अवस्थामा विवाद उत्पन्न हुन सक्छ। विवादले पनि समय नष्ट गर्दछ। यी सबै कुरालाई दृष्टिगत गरेर छिटो गणना गर्ने उपाय गर्नु नितान्त आवश्यक छ। अहिले सामान्यतया एक-एक वडाको गन्ने गरिएको छ। यसले पनि धेरै समय नष्ट गर्ने देखिन्छ।

७. त्यसकारण निर्वाचन आयोगले आÇना कर्मचारी बढाएर गणनाको गति बढाउनु अति आवश्यक छ। अरु काम अहिले गर्न नसके पनि विभिन्न समूहमा विभिन्न वडाहरुको एकसाथ गणना गर्न लगाउन सकिन्छ। कतिपय ठाउँमा त्यसो गरिएको समाचार पनि आएको छ। सबैले त्यसो गरेमा गणनाले गति लिन सक्छ र परिणाम छिटो आउन सक्छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width