भिक्षु श्रद्धानन्दप्रति श्रद्धाञ्जली

सम्पादक
फागुन १५, २०७३

१. धर्मशीला बुद्ध विहारका विहार प्रमुख तथा विपश्यना ध्यानका आचार्य भिक्षु श्रद्धानन्द महास्थवीरको बिहीबार राति उपचारकै क्रममा स्थानीय फिस्टेल अस्पतालमा ७९ वर्षको उमेरमा निधन भयो। स्वासप्रश्वासमा समस्या देखिएपछि उनी बुधबार बेलुकी अस्पताल भर्ना भएका थिए। बिहीबार बेलुकी अकस्मात् उनको स्वास्थ्य गम्भीर भएको थियो।

२. भिक्षु श्रद्धानन्द महास्थवीरको गृहस्थीनाम रत्नकुमार कायस्थ थियो। गृहस्थीमा छँदा उनले शिक्षण पेशा अपनाएका थिए। राष्ट्रिय व्यावसायिक माध्यमिक विद्यालयमा उनी कृषि विषय पढाउँथे। कृषिमा पनि उनले पोल्ट्रीमा विशेष योग्यता प्राप्त गरेका थिए। २०१६ सालमा विदेशमा गएर पोल्टी विषयमा प्रशिक्षित हुने थोरै व्यक्तिमा उनी पर्दथे। उनले बेरुतमा गएर प्रशिक्षण प्राप्त गरेका थिए।

३. उनी किशोरावस्थादेखि धर्मशीला बुद्ध विहारका संस्थापिका धर्मशीला गुरुमाको सर्ंसगमा आएका थिए। धर्मशीला बुद्ध विहारमा २०१८ सालमा गठित ज्ञानमाला भजन संघका उनी संस्थापक सचिव थिए। २०२९ र २०४४ सालमा पोखरामा आयोजित पहिलो र दोस्रो महापरित्राण र बौद्ध सम्मेलनमा उनको सक्रिय सहभागिता रहेको थियो।

४. त्यसपछि बौद्ध गतिविधिमा उनको रुचि बढ्दै गयो। काठमाडौंलगायतका जिल्लाहरूमा आयोजित प्रत्येक महापरित्राण र बौद्ध अनुष्ठानहरूमा पोखराबाट जाने प्रतिनिधि मण्डलमा उनी सहभागी हुन्थे। उनले धेरै पटक बौद्ध चारधामका यात्रा गरेका छन्। बौद्ध यात्राकै क्रममा उनले थाइल्याण्ड, बर्मा, श्रीलंका, जापानलगायतका देको भ्रमण गरेका थिए। उनले अमेरिका र बेलायतको निरीक्षण भ्रमण पनि गरेका थिए।

५. २०४५ सालमा उनले आनन्द कुटी विहारमा प्रव्रज्मा ग्रहण गरेका थिए। त्यस बेलादेखि उनी बुर्द्धधर्मको प्रवक्ता र आधिकारिक व्याख्याताका रुपमा रहे। उनले पत्रपत्रिकामा लेख लेखेका छन्। धर्म चक्षु मासिकका उनी प्रकाशक र प्रधान सम्पादक पनि हुन्। उनले त्रिएन, वन्दना, भगवान बुद्ध र भावनालगायतका किताब पनि लेखेका छन्।

६. उनी ध्यान साधना पनि गर्दथे। उनी भारतको युगतपुरमा आयोजित ४५ दिने शिविरहरूमा गएर पनि सहभागी भएका थिए। दश वर्षदेखि उनी विपश्यना ध्यानका भिक्षु आचार्य पदमा आसीन थिए र १० वटा ध्यान शिविर उनले सञ्चालन गरेका थिए। उनले सञ्चालन गरेका शिविरमा विशेषतः भिक्षु र गुरुमाहरू सहभागी रहन्थे। ध्यान भावनाप्रति उनको गहिरो रुचि थियो।

७. भिक्षु श्रद्धानन्दले २०५८ मा स्थापित धर्मशीला विद्वत् वृत्तिका अध्यक्ष भएर जीवनपर्यन्त काम गरेर बुर्द्धधर्मको विकास र विस्तारमा योगदान पुर्‍याए भने परियत्रि शिक्षा कास्कीका अध्यक्ष, विश्व शान्ति स्तुप समितिका कार्यवाहक अध्यक्ष भएर पनि उनले काम गरेका थिए। त्यसका अतिरिक्त बुद्ध जयन्ती समारोह समितिका संस्थापक अध्यक्ष र पछि अध्यक्ष भएर पनि उनले बुद्ध जयन्ती सामूहिक रुपले मनाउने भावनाको विकास गर्ने काममा उत्तिकै योगदान पुर्‍याएका थिए। यत्तिका महत्वपूर्ण काम गरेको भए पनि उनले कहिल्यै अहंकार देखाएनन्। आफ्नो दुःख अरुलाई सुनाएर कसैलाई द्रविभूत पार्ने काम पनि गरेनन्। उनी अन्तर्मुखी भएर आफ्नो काम गर्दथे र बौद्ध आचार-नियमको खूब ख्याल गर्दथे। उनी सच्चा बौद्ध थिए। यस्ता व्यक्तिको निधन हुनु अपुरणीय क्षति हो। हामी उनको निधनमा गहिरो दुःख व्यक्त गरी श्रद्धाञ्जली अर्पण गर्दछौं। निर्वाण लाभको कामना गर्दछौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width