बजेटको कार्यान्वयनमा जोड

सम्पादक
जेठ १७, २०७४

१. सरकारले आर्थिक वर्ष २०७४/७५ का लागि १२ खर्ब, ७८ अर्ब, ९९ करोड, ४८ लाख ५५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार व्यवस्थापिका संसदमा उक्त बजेट प्रस्तुत गरी सार्वजनिक गरेका हुन्। बजेटमा नयाँ कार्यक्रम केही नभए तापनि बजेट ठूलो बनाइएको छ।

२. बजेटमा सडक पूर्वाधारमा ८९ अर्ब, ५० करोड शिक्षामा ६६ अर्ब १२ करोड, ऊर्जामा ६२ अर्ब ४७ करोड तथा कृषि र पशुपंक्षीमा ३० अर्ब ४० करोड विनियोजन गरिएको छ। त्यस्तै सामाजिक सुरक्षा भत्तामा ३६ अर्ब सिँचाईमा २७ अर्ब ४१ करोड तथा स्वास्थ्यमा ३१ अर्ब ७८ करोड रुपैयाँ छुट्याइएको छ।

३. भरखरै स्थानीय तहको निर्वाचनको पहिलो चरण सम्पन्न भएको परिप्रेक्षमा जनताहरुले स्थानीय तहलाई के कति बजेट विनियोजन गरिएको छ, त्यतातिर हेर्न थालिसकेका छन्। अर्थमन्त्री महराले गाउँपालिकालाई १० देखि ३९ करोड, नगरपालिकालाई १५ देखि ४३ करोड, उप-महानगरपालिकालाई ४० देखि ६३ करोड र महानगरपालिकालाई ५६ करोडदेखि एक अर्ब २४ करोड रकम छुट्याएका छन्।

४. विगतका बजेटहरुमा झैं यस बजेटमा पनि राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिएको जनाइएको छ। तीनवटा विमानस्थल निर्माणका लागि १३ अर्ब ७२ करोड विनियोजन गरिएको छ। सम्झौता भएर पनि काम शुरु हुन नसकेको पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षदेखि काम शुरु गरिने उल्लेख छ।

५. नेपालका प्रत्येक अर्थमन्त्रीको यो विशेषता रहेको छ कि उसले पेश गरेको बजेट विगतको भन्दा ठूलो हुनै पर्दछ। विगतमा विनियोजित बजेट शीर्षकको रकम खर्च भयो कि भएन त्यसलाई वास्ता राखिँदैन। तर आफ्नो बजेटको आकार ठूलो हुनैपर्ने उनीहरुको उद्देश्य रहेको छ। त्यसै अनुसार प्रस्तुत बजेटको शीर्षक पनि अनावश्यक रुपमा ठूलो भएको देखिन्छ।

६. यो वर्ष नेपालीहरुका लागि खुशीको कुरा हो कि मनसुन राम्रो भइदिनाले तथा निजी क्षेत्रमा उल्लेख्य काम भएकोले यो वर्ष आर्थिक वृद्धि दर उल्लेख्य रुपमा भएको छ। आर्थिक क्षेत्रमा काम गर्नेहरुलाई यो वृद्धिले उत्साह बढाएको छ। त्यसै भएर बजेटमा अर्थमन्त्रीले आगामी वर्ष आर्थिक वृद्धिदर ७.२ प्रतिशतले बढ्ने अनुमान गरेका छन्।

७. बजेट महत्वकांक्षी छ। सरकार काम चलाउ छ। आर्थिक वर्षको अधिकांश समय चुनावमा बित्ने छ, यो वर्ष। अको सरकार कस्तो आउँछ, निश्चय छैन। बजेटको कार्यान्वयन के कसरी होला, त्यो पनि निश्चय छैन। यस्तो बेलामा महत्वाकांक्षी बजेट पेश गर्नु बौद्धिक विलासिता जस्तो हुन जान्छ। त्यो जे भए पनि बजेट भनेको बजेट हो, बजेटको कार्यान्वयनमा सम्बन्धित सबै लाग्नु पर्दछ र अरु पक्षले सहयोग गर्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width