पोखरा बहुमुखी क्याम्पसको सह्रानीय प्रयास

सम्पादक
कार्तिक ६, २०७०

१. स्कुल र क्याम्पसका विद्यार्थीले प्रत्येक वर्ष शैक्षिक भ्रमण गर्दछन्। शैक्षिक भ्रमणबाट विद्यार्थीले केही न केही ज्ञान हासिल गर्दछन्। त्यस्तै शैक्षिक भ्रमण पोखराको पोखरा बहुमुखी क्याम्पसका विद्यार्थीले पनि गरेका छन्। तर उनीहरूको शैक्षिक भ्रमण अरुको भन्दा केही फरक र बेग्लै छ र सामयिक एवं राष्ट्रिय महत्त्वको छ।

२.     पोखरा बहुमुखी क्याम्पसको तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूले बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देशका साथ सोमबारदेखि हाम्रा दक्षिणी सिमानाको अवलोकन भ्रमण गर्दैछन्। आफ्नो भ्रमणको क्रममा उनीहरूले बुद्ध अंकित टि-शर्ट, केही प्रचार सामग्री आदि सीमा क्षेत्रमा वितरण गर्ने उद्देश्य पनि राखेका छन्। उनीहरूले आफ्नो भ्रमण महेन्द्रनगरबाट प्रारम्भ गरेका छन्।

३.     नेपालको सीमा अतिक्रमण भएको छ। भारतले आफ्नो सीमामा तटबन्ध आदि निर्माण गरेर वर्षायाममा नेपाली भू-भाग जलमग्न गर्ने काम गरेको छ। तर त्यसको जेजसरी नेपालबाट विरोध गर्नुपर्दथ्यो, त्यो भएको छैन। सीमावर्ती क्षेत्रमा हाम्रो प्रशासनिक अ· छन्, राजनीतिक, पार्टीको शाखा र अन्य कार्यालय छन् तर उनीहरूले त्यो अतिक्रमण नदेखेझैं गरेर बसेका छन्।

४. यस्तो अवस्थामा क्याम्पसका विद्यार्थीहरूले आफैले चासो राखेर त्यो सत्य र तथ्य कुरा आफैले हर्र्न जानु ठूलो कुरा हो। विद्यार्थीहरूले सीमावर्ती क्षेत्रका बासिन्दासँग छलफल र विचार-विमर्श गर्ने भएका छन्। त्यसले पनि यथार्थ कुरा जानकारी लिन सजिलो हुनेछ। भनेको सुन्नु, लेखेको पढ्नुभन्दा आफ्नै आँखाले प्रत्यक्ष देख्नुको महत्त्व अर्कै हुन्छ।

५. त्यसमा पनि विद्यार्थीहरूले त्यहाँ स्थानीयवासीसँग भेटघाट, कुरा गरी छलफल गर्ने उद्देश्य पनि राखेका छन्। उनीहरूको त्यो प्रयासले अरु यथार्थ जानकारी प्राप्त हुनेछ। त्यहाँबाट फकर्र उनीहरूले यहाँ छलफल गरी यथार्थ कुरा राख्ने जुन लक्ष्य राखेका छन्, त्यो पनि सह्रानीय छ। त्यस्तो प्रयासले राष्ट्र र राष्ट्रियताको सम्बन्धमा सचेतना जगाउन सघाउ पुग्ने अपेक्षा गरिएको छ।

६.     बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सम्बन्धमा धेरै नेपालीले आ-आफ्नो ठाउँबाट प्रयास गर्दैछन्। सरकारले हालै निकालेको नोटमा बुद्ध लुम्बिनीमा जन्मेको कुरा अंकित गरेको छ। तर सरकारको त्यो प्रयास पर्याप्त भएन। बुद्ध लुम्बिनीमा जन्मेकोमा विवाद छैन। विवाद लुम्बिनी कहाँ पर्दछ भन्नेमा गरेका छन्। सरकारले बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भनेको भए प्रष्ट हुने थियो।

७.     पोखरा बहुमुखी क्याम्पसका विद्यार्थीले जुन दुर्इवटा उद्देश्य राखी भ्रमण गरेका छन्, ती दुवै समसामयिक महत्त्वका छन्। विद्यार्थीले यस भ्रमणबाट नेपाली के कसरी ठगिएका छन्, मिचिएका छन् र शोषित भएका छन् भन्ने प्रष्ट बुझ्नेछन् र राष्ट्र र राष्ट्रियताका लागि के कसरी काम गर्नुपर्दछ भन्ने भावना उनीहरूमा आउने छ। उनीहरूमा त्यस्तो भावना आयो भने त्यो देश र समाजको लागि ठूलो कुरा हुनेछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width