पुँजीगत खर्च सम्बन्धमा

सम्पादक
फागुन ६, २०७३

१. आजभोलि जताततै विकाससम्बन्धी गोष्ठी सेमिनार आदिमा सरकारको पुँजीगत शीष्ाकको बजेट ठूलो परिणाममा रहन गएकोमा चिन्ता व्यक्त गर्ने गरेका छन्। केही वर्षदेखि प्रत्येक वर्ष पुँजीगत खर्च हुन सकेको छैन। पुँजीगत खर्च नभएपछि अपेक्षाकृत विकास हुने कुरै भएन। यस वर्षपछि पुँजीगत खर्च धेरै उब्रिने भएको छ।

२. राजनीतिक नेताहरुले र आर्थिक विशेषज्ञहरुले यस सम्बन्धमा धेरै वुद्धि खियाएको देखाएका छन्। उनीहरुले त्यसको कारण सरकारको बजेट असार महिन अन्त्यमा पेस हुने भएकोले हो भन्ने ठम्याएर बजेट जेठमा पेस गरिने परम्परा बसाउनु पर्दछ भन्ने निचोड निकालेका छन्। उनीहरुले जेठ १५ मा बजेट पेस भएमा पुँजीगत खर्च अपेक्षितरुपले हुने अनुमान गरेका छन्।

३. जेठ १५ मा बजेट पेस भए। तर पुँजीगत खर्च त्यसरी अपेक्षितरुपले भएन। उनीहरुले फेरि पुँजीगत खर्च नभएको अको कारण खोज्दै छन्। उनीहरुले अन्धाले हात्ती छामेर हात्तीको आकार प्रकार बताएझैं बताउँदै छन्। राजतीतिक नेता र आर्थिक विशेषज्ञहरुले पनि हचुवाको भरमा निक्यौर्ल निकालेर सिफारिस गर्ने गरेको बुझिएको छ।

४. देशमा अस्थिरता छ। सरकार छिटछिटो बदलिरहन्छ। सरकार बदलेअनुसार कर्मचारीहरु पनि बदलिन्छन्। सरकारले योग्य कर्मचारीलाई योग्य ठाउँमा राख्नुभन्दा आफ्ना कर्मचारीहरुलाई राम्रो ठाउँमा राख्ने गर्दछन्। त्यसले गर्दा राम्रो काम गर्ने वातावरणको अभाव छ। त्यसमा पनि पहिलो सरकारले गरेको काम पछि आउनेले सरकारले गर्ने गर्दैन। त्यसले गर्दा पनि धेरै श्रम, शक्ति र पुँजी अनावश्यक खर्च हुने गरेको छ।

५. सरकारले खर्च गर्ने प्रक्रिया लामो छ। विधि पुर्‍याएन भने अख्तियारले समात्ने डर छ। स्थायी सरकारको रुपमा रहेका राष्ट्रसेवक कर्मचारीहरुमाथि मन्त्रीहरुको अनावश्यक दबाब र हस्तक्षेप बढ्दो छ। दबाबअनुसार गरिएन भने अन्तै मिल्काइदेला भन्ने डर छ। राम्रो गर्दा-गर्दै मिल्किएर बसेका कर्मचारीहरु धेरै छन्।

६. कर्मचारीहरु पनि राजनीतिबाट ग्रस्त छन्। उनीहरु सरकार फेरिएअनुसार आफ्नो आयो र अरुको आयो भन्ने भावना राख्छन्। उनीहरुको त्यस्तो भावनाले पनि स्थायी सरकार मजबुद हुन सकेको छैन। कर्मचारीतन्त्रमा पनि वातावरण दुषित छ। विकास बजेट जे-जति छिटो वितरण गर्नुपर्ने हो, त्यो भएको छैन।

७. प्रधानमन्त्री दाहालले सचिवहरुलाई यसपटक धेरै निर्देशनहरु दिए। उनले कामको लक्ष्य र प्रगति पनि मागे। अर्थमन्त्री महराले पूरक बजेटको कुरा पनि निकाले। बाहिरबाट गर्नुपर्ने काम सबैले गरेको देखियो। तर विकास भएको देखिएन। पुँजीगत खर्च भएन। राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा तालिम प्रशिक्षण प्राप्त योजनाविद्, विकासविद्, अर्थविद्हरु छन् र मै हुँ भन्ने राजनीति नेताहरु पनि छन्। ती सबै भएर पनि पुँजीगत खर्च हुन नसक्नु दुर्भाग्यको कुरा हो। यहाँ कतिपय कुरा त स्वार्थले बिगारेको छ, हस्तक्षेपले बिगारेको छ। राजनीतिक पूर्वाग्रहले बिगारेको छ। भागवण्डाले बिगारेको छ। यी सबै कुरालाई ठण्डा दिमागले सोचेर सुधार्न सकियो भने पुँजीगत खर्च बढ्ने छ। विकासले गति लिनेछ। किनभने विकास आजको आवश्यकता हो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width