परराष्ट्रमन्त्री घिमिरेको भारत भ्रमण

सम्पादक
माघ २, २०७०

१. परराष्ट्र तथा गृह मन्त्री माधव घिमिरे तीन दिने भारत भ्रमणको क्रममा म·लबार भारत प्रस्थान गरेका छन्। उनलाई भारत भ्रमणको लागि त्यहाँका विदेश मन्त्री सलमान खुर्शीदले निम्तो दिएका थिए। उनले भारतमा त्यहाँका प्रधानमन्त्री डा. मनमोहन सिंह र गृह र परराष्ट्र मन्त्रालय सम्हालेका आÇना समकक्षीहरूसँग आपसी हितका कुरा गर्नेछन्।

२. गृह र परराष्ट्रमन्त्री घिमिरेले आÇनो भारत भ्रमणको कुनै एजेण्डा नभएको र कुनै विषयमा पनि सन्धि सम्झौता नगर्ने बताएका छन्। भ्रमणको एजेण्डा तैयार नगरिनु एउटा कुरा हो भने परराष्ट्र र गृहमन्त्रीजस्तो माथिल्लो स्तरका पदाधिकारीले दुर्इ पक्षीय कुराकानी गर्नु अर्को कुरा हो। फेरि भारत र नेपाल यति नजिकका मित्र देश हुन् कि यी दुर्इबीच सहयोगका क्षेत्र पनि धेरै छन् र विवादका विषय पनि छन्।

३. भारतले नेपाललाई धेरै पहिलेदेखि र धेरै क्षेत्रमा सहयोग गरेको छ। दुर्इ पक्षबीच समस्या पनि छ। नेपालको दृष्टिमा सीमा समस्या चर्को छ। नेपालको सीमा अतिक्रमण भइरहेको छ। भारतले सिमानामा एकतर्फी बाँध र तटबन्ध निर्माण गरिरहेकाले नेपालले वर्षायाममा त्यसको असर भोग्नुपरिरहेछ। त्यो बाँध र तटबन्धका कारण वर्षामा नेपाली भूभाग जलमग्न हुने गरेको छ।

४. व्यापार घाटा चर्को छ। नेपाली उत्पादन भारतीय बजारमा छिर्न गाह्रो छ। भारतीय भन्सारको परिवर्तन हुने नियमले नेपालीले धेरै समस्या झेल्नुपरिरहेको छ। अर्को, तेस्रो देशबाट नेपालमा आयात गर्दा भारतीय बन्दरगाहमा नेपालीले उत्तिकै समस्या सहनुपर्दछ। भारतीय मालसामान जति सजिलै नेपाल आउँछन् उत्तिकै सजिलो गरी नेपाली सामान भारत लग्न पाउनुपर्दछ।

५. नेपाल बिजुलीको लोडसेडिङबाट पीडित छ। नेपालका नीति निर्माता तत्कालको लागि भारतबाट बिजुली आपूर्ति गरी लोडसेडिङ हटाउने कुरा गर्दछन्। त्यस सम्बन्धमा केही काम भइरहेको पनि बताउँछन्। तर त्यो काम कहिल्यै पूरा हुँदैन। न त भारतीय कम्पनीहरूले नेपालमा विद्युत निर्माण गर्न लिएको जिम्मेवारी नै पूरा गरेका छन्।

६. यी सबै काम कुराले र नेपाली राजनीतिमा भारतीय हस्तक्षेपले नेपाली जनमानसमा भारतको प्रभाव राम्रो छैन। तर हाम्रा माथिल्लो स्तरका पदाधिकारीले सायद भारतसमक्ष त्यो कुरा भन्न सक्दैनन्। पराष्ट्र र गृहमन्त्री घिमिरेले आÇनो भ्रमणमा नेपाली सर्वसाधारणको भावनाको यथार्थ चित्रण भारतसमक्ष राखेमा त्यसको परिणाम राम्रो हुनेछ।

७. परराष्ट्र र गृहमन्त्री घिमिरेको भारत भ्रमणको प्रचार धेरै गरिए। निर्वाचनपश्चात् भएको उनको भ्रमणको एजेण्डा बाहिर नभनिए पनि भ्रमणको उद्देश्य अवश्य रहेको छ। उनले भ्रमणका क्रममा माथिका समस्यामा भारतको ध्यान आकृष्ट गरेमा तथा विगतमा भारतले नेपाललाई दिन्छु भनेको कुराहरू छिटो उपलब्ध गराउन सके भ्रमण सफल भएको मानिनेछ। शीर्ष तहको भ्रमणमा भारतले नेपाललाई दिने भनिएको धेरै सहयोग र सुविधा नेपालले अझै पाउन सकेको छैन।  हामी त्यतातिर पनि दुवै पक्षको ध्यान आकृष्ट गर्दछौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width