परराष्ट्रमन्त्रीले बिर्सेका कुरा

सम्पादक
असार २२, २०७४

१. उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा तीन दिन भारत भ्रमण गरी फकेका छन्। उनले आफ्नो भ्रमणमा १९ औँ सार्क सम्मेलनको लागि भारतलाई मनाउनु, संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्य पदमा नेपाललाई सर्मर्थन गर्न लबि· गर्नु र प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण निश्चित रहेको बताएका छन्।

२. उनले भारतका आफ्ना समकक्षी सुषमा स्वराजसँग सौर्हर्दपूर्वक वार्ता भएको र आफ्नो भ्रमण सफल भएको बताएका छन्। भ्रमण गर्ने ठूला वडाहरु सबैले आफ्नो भ्रमण सफल बताउने गर्दछन्। यो साधारण औपचारिक कुरा मात्र हो। भ्रमण सफल हुन के कति अंग पुग्नु पथ्यो, त्यो अंग पुग्यो कि पुगेन त्यो उल्लेख गर्नु हाम्रो उद्देश्य होइन।

३. हाम्रा परराष्ट्रमन्त्री महरा आषाढको शुद्ध वर्षाको बेला भारत भ्रमणमा गएका र उनी गएको बेला नेपालको सीमावर्ती क्षेत्रमा जलमग्न हुन थालेको र सप्तरी जिल्लाको तिलाढी गाउँ लगायतका कतिपय गाउँ डुबानमा परेकोले त्यो कुरा त्यहाँ हाम्रा मन्त्रीले उठाउने छन् भनेर अपेक्षा गरिएको थियो।

४. तिलाढीमा भारतले आफ्नो सीमावर्ती क्षेत्रमा बाँध तटबन्ध निर्माण गरेको कारण डुबानमा परेको हो। भारतले नेपालको स्वीकृति नलिइकन आफ्नै किसिमले अर्थात् अन्तर्राष्ट्रिय कानून विपरीत बाँध तटबन्ध निर्माण गरेको र त्यसको कारण नेपाली भूभाग डुबान परेको छ। त्यो डुबानमा परेर नेपालका सशस्त्र प्रहरी हवल्दार सहित दुर्इ जनाको ज्यानसमेत गएको छ।

५. सप्तरी जिल्लाको आधा दर्जन भन्दा बढी गाउँ डुबानमा परेको छ। कतिपय घरहरु बगाएर लगेको छ भने धेरै घरहरु भित्र पानी पसेर त्यहाँका मानिसहरुले भात पकाएर खान सक्ने अवस्था पनि छैन। परराष्ट्रमन्त्री भारत जाँदा आफनो उडानमा आकाशबाट तिलाढीको त्यो दुर्दशा देखेको हुनुपर्ने हो। हामीले पनि त्यो कुरा यसै स्तम्भमा उठाएका थियौँ।

६. तर भ्रमणमा यस्तो कुरा उठाएको कतै उल्लेख थिएन। हाम्रा नेताहरुको यो विशेषता रहेको छ कि उनीहरु मीठा-मीठा कुरा गर्दछन् । के भनेर भारतका नेताहरु खुशी हुन्छन्, त्यो कुरा गर्दछन्, तर आफ्ना पीडा वेदना निवारण गर्ने कुरा केही सुनाउँदैनन्। जसको कारणले भारतीयहरुले जे गरेपनिहुन्छ भनेर सीमा अतिक्रमण गर्ने, नेपाली भूभाग जलमग्न पार्ने कार्य गर्दैछन्।

७. के यो अन्याय अत्याचार होइन ? के यस विषयमा माथिल्लो स्तरमा कुरा उठाउँनु हुँदैन ? हाम्रा परराष्ट्रमन्त्री मूकदर्शक भएर भारत गए र आफ्नो भ्रमणलाई सफल भनेर नेपाल फर्किए। तर उनले जनताको त्यो विपत्तिको  कुरा बिर्से। अब देशमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु पुगेका छन्। जनप्रतिनिधिहरुले सीमा अतिक्रमण तथा सीमामा भएको जलमग्न घटनालाई प्राथमिकता दिएर उठाउनु पर्दछ र आफ्नो स्तरबाट भएन भने माथिल्लो स्तरका नेताहरुको ध्यान आकषिर्त गर्ने र घच्घच्याउने गर्नु पर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

trending post

ट्रेन्डिङ्ग