पदलोलुप नेताहरू

सम्पादक
माघ १३, २०७०

१. हाम्रा नेताहरू के कति पदलोलुप छन् भन्ने कुरा अहिले प्रष्ट देखिएको छ। संविधानसभाको चुनावपश्चात् सबै पार्टीका केही पदहरू पूर्र्ति गर्नुपर्ने भएको छ। पद पनि सानोतिनो हो र – संसदीय दलको नेता नै छान्नुपर्ने भएको छ। यो पद पूर्र्तिको लागि अहिले सबै पार्टीका खैलाबैला मच्चिएको छ।

२. सामान्यतया संसदीय दलको नेता प्रधानमन्त्री पदको दाबेदार हुने चलन छ। संविधानसभामा सबभन्दा ठूलो दलका रूपमा स्थापित नेपाली काङ्ग्रेसको संसदीय दलका नेतामा तीन शीर्ष नेता देखा परेका थिए भने अन्तिम समयमा आएर उपसभापति रामचन्द्र पौडेलले आफूले कार्यबाहक सभापति पाउने भएपछि प्रतियोगिताबाट पछि हटेको सार्वजनिक भएको छ।

३.     चुनावको प्रतिस्पर्धामा सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाबीच हिजो चुनाव नै भयो। सभापतिको हैसियतले त्यो पद एक पटक एक वर्षको लागि पाउन कोइरालाले आग्रह गरेतापनि देउवाले त्यो दिन चाहेनन्। देउवाले उनलाई सरकारमा अनुभव नभएको भनी सर्वम्मतिमा छोड्न तैयार भएनन्।

४. देउवा दुर्इपटक प्रधानमन्त्री भएका थिए। तर दुर्इपटक प्रधानमन्त्रीको अवसर पाउँदा पनि उनले त्यस्तो राम्रो र उल्लेखनीय काम देखाउन नसकेको कोइराला पक्षको आरोप थियो। सर्वसम्मति गर्नुपर्दछ भन्दाभन्दै आखिरमा चुनाव नै भयो। चुनावमा ८९ का विरुद्ध १०५ मत ल्याई कोइरालाले जीत हासिल गरे।

५. यस्तै किसिमको झगडा नेकपा एमाले र एकीकृत माओवादीमा पनि छ। एमालेमा विवाद अरु चर्को छ र दाबेदार पनि धेरै छन्। त्यस पार्टीका महाधिवेशनको रन्को पनि परेको छ। पार्टीको अध्यक्ष को बन्ने र संसदीय दलको नेता को बन्ने भन्नेमा लबिङ नै भइरहेको छ।

६. एकीकृत माओवादीको विवाद छताछुल्ल भएर बाहिर आएको छ। त्यस पार्टीका नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्ने कुरा पनि आएको छ। पार्टीअध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमाथि धेरैले औंला ठड्याएका छन्। तर त्यस पार्टीका उनको विकल्प खोज्न त्यत्ति सजिलो छैन र जति आरोप लगाए पनि उनले छोड्ने अवस्था पनि छैन।

७. देशका नेताहरू धेरै पदलोलुप भएका छन्। उनीहरूलाई पटक-पटक अवसर नआएको होइन। अवसर पाएर पनि उनीहरूमध्ये कसैले पनि राम्रो काम गर्न सकेनन्। संविधानसभाको पहिलो चुनावपछि चारजना प्रधानमन्त्री फेरिए। संविधान बनाउने काममा ती सबै असफल भए। तैपनि उनीहरू त्यही पदमा रहिरहन चाहन्छन्।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width