१. नेपाल सरकारले देशको नयाँ नक्सा सार्वजनिक गरेको छ । मन्त्रीपरिषदको सोमबारको निर्णय अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले बुधबार नयाँ नक्सा सार्वजनिक गरेकी छन् । सरकारले लिम्पियाधुरा नेपालकै भएकै आधारमा काली नदी पूर्वका गुन्जी, नाभी, कुटी लगायतका भूभाग समेटिएको नक्सा जारी गरेको हो ।
२. लम्पियाधुरा सम्मको भूभाग समेटिए पछि अब नेपालको क्षेत्रफल करिब तीनसय ३५ वर्ग किलोमिटर बढेको छ । यसअघि नेपालको भूभाग एकलाख ४७ हजार एकसय ८१ वर्गकिलोमिटर थियो । २०३२ साल अघि सम्मका नेपालका नक्सामा लिम्पियाधुरासम्मका भूभाग रहेको र त्यसपछिका नक्सामा सो क्षेत्र छुटेको भएपनि विभिन्न प्रमाणहरुलाई आधार बनाएर हाल नयाँ नक्सा जारी गरिएको सरकारले जनाएको छ ।
३. सन १८१६ मा तत्कालीन इष्ट इण्डिया कम्पनी र नेपाल सरकारबीच भएको सुगौली सन्धीमा महाकाली नदी र त्यसपूर्वका भाग नेपालको भएको उल्लेख छ । सोही अनुरुप लिम्पियाधुरासम्मको भूभाव समेटेर नयाँ नक्सा बनेको हो । त्यस क्षेत्रमा रहेको गुन्जी, नाभी, कुटी लगायतका भूभाग नयाँ नक्सामा देख्न सकिन्छ ।
४. सुगौली सन्धी अन्तर्राष्ट्रिय कानून बमोजिम मान्यता प्राप्त प्रमाण हो । त्यस अनुरुप सीमा कामय गरी नयाँ नक्सा जारी भएको छ । त्यस बाहेक पनि नेपालका जनगणनामा पहिलेदेखि नै गुञ्जी, नाभी, कुटी क्षेत्रका जनता समेटिएको र त्यहाँका जनताले नेपाल सरकारलाई कर बुझाउँदै आएका लगायतका प्रमाणहरु नेपालसँग रहेका छन् ।
५. कालापानीमा २०१८ देखि भारतले सेना पोष्ट राखेको र एकतर्फी रुपमा सडक बनाएर उद्घाटन गरेर मात्रै त्यो क्षेत्र भारतको ठहर्दैन । नेपालले प्रारम्भ देखि नै उक्त क्षेत्रहरु आफ्नो भएको दावी गर्दै भारतीय अतिक्रमणको विरोध गर्दै आएको छ । ऐतिहासिक प्रमाणहरु मौजुदा रहेको अवस्थामा भारतीय मिचाहापनले सफलता पाउन सक्दैन । आखिर उसले सत्यलाई स्वीकार्नै पर्नेछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१