नेताहरूको अपरिपक्वताको परिणाम

सम्पादक
माघ १७, २०७०

१. अघिल्लो संविधानसभामा भएको सहमतिको स्वामित्वलाई संविधानसभामा लैजान खोजेको प्रस्ताव अवरुद्ध भएपछि त्यो चर्चाको विषय भएको छ।नेपाली काङ्ग्रेस, एमाले र एकीकृत माओवादी पार्टीले त्यो प्रस्ताव लैजान खोजेका थिए भने राम्रपा नेपाल र राष्ट्रिय जनमोर्चालगायतका पार्टीले त्यसको विरोध गरेका थिए।

२. नेपाली काङ्ग्रेस, एमाले र एकीकृत माओवादीले संविधान छिटो बनाउने भनी अघिल्लो संविधानसभाले निर्ण गरेको प्रस्तावको स्वामित्व यस सभाले लिनुपर्ने विचार व्यक्त गर्दै आएका छन्। अघिल्लो संविधानसभाले संविधान ग्रहण गर्ने/नगर्ने यस सभाको कुरा हो। तर पार्टीगत हिसाबले ती ठूला पार्टीहरूले हिजोको त्यो कुराको स्वामित्व लिनु उनीहरूको नैतिकता हो।

३.     अघिल्लो संविधानसभा पनि अधिकार सम्पन्न संस्था थियो भने अहिलेको संविधानसभा पनि अधिकारसम्पन्न छ। अघिल्लोको सबै काम कुारको स्वामित्त्व यस सभाले ग्रहण गर्ने/नगर्ने यस सभाको कुरा हो तर पार्टीगत हिसाबले तीन ठूला पार्टीहरूले हिजोको त्यो कुराको स्वामित्त्व लिनु उनीहरूको नैतिकता हो।

४. संविधानसभाको संरचनामा केही फरक आएको छ। हिजोको सानो पार्टीआज ठूलो भएको छ भने केही नयाँ पार्टीथप भएको अवस्था पनि छ। नयाँ पार्टीले पुराना कुराको सोधखोज गर्न पाउनुपर्दछ। र साथै नयाँ सदस्यहरूले पनि पुरानो कुराको अध्ययन मनन गर्न पाउनुपर्ने देखिन्छ।

५. तीन ठूला पार्टीका नेताहरूले आत्तिएर संविधानसभामा त्यो प्रस्ताव लैजान खोजेको देखियो। त्यत्ति आत्तिनुपर्ने अवस्था थिएन। परिपक्व नेताहरूले अपरिपक्व काम गरेको जस्तो देखियो। सबैलाई विश्वासमा नलिइकन, वातावरण तैयार नगरिकन उनीहरूले त्यो प्रस्ताव लैजानु राम्रो होइन।

६. पार्टीका नेताहरूले त्यस्तो काम गरेपछि ती पार्टीका नयाँ सभासद्लाई पनि अप्ठ्यारो लागेको हुनुपर्दछ। आफूले एकपटक अध्ययन नै नगरी नेताहरूको भरमा समर्थन जनाउनु अन्धानुकरण गर्नु हो। आजको युगमा अन्धानुकरण गरिनु कदापि उचित होइन।

७. तीन ठूला पार्टीका लागि यो एक धक्का हो। यो धक्काबाट तिनीहरूले शिक्षा सिक्नुपर्दछ। आयन्दा कसैलाई मिनिमाइज गरी सोच्नुहुँदैन र व्यवहार गरिनुहुँदैन। सबैको साथ र सहयोग लिएर तथा सबैलाई विश्वासमा लिएर काम गर्नुपर्दछ। त्यो गरिएमा अनावश्यक असमझदारी र वैमनस्यता उत्पन्न हुँदैन। विवाद उत्पन्न हुँदैन। नेताहरूले आफू परिपक्व भएको मुखले भन्छन् तर व्यवहारले त्यो परिपक्वता भएको पाइँदैन। एकपटक काम गर्दा तीनपटक सोच्नुपर्ने यस्तै बेलामा हो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width