निर्वाचन आचारसंहिता

सम्पादक
कार्तिक ७, २०७०

१. निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ। आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा एक-एक जना शाखा अधिकृतसरहको पद स्थापना गरी आचारसंहिता अनुगमन गर्ने भएको छ। आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि आयोगले त्यो व्यवस्था गरेको जनाएको छ।

२. आयोगको यो व्यवस्थाले जिल्लास्तरमा आचारसंहिता कार्यान्वयनको स्थितिको अनुगमन गर्न र उल्लङ्घन भएको अवस्थामा कारबाहीलाई सहज बनाएको छ। जिल्लामा त्यस्तो उल्लङ्घनको घटना बारे कारबाही गर्न मुस्किल परेको अवस्थामा केन्द्रले त्यस्तो कारबाही गर्ने छ।

३.     निर्वाचनलाई स्वच्छ, निस्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्न आचारसंहिता महत्त्वपूर्ण कडीको रूपमा रहन्छ। त्यसैले आयोगले त्यसको पालनामा जोड दिएको हो। तैपनि कहिँकतै आचारसंहिताको उल्लङ्घन भएको घटना समाचारमा आएको छ। तर गम्भीर किसिमको उल्लङ्घन भने भएको छैन।

४. चुनावको सरगर्मिता बढ्दै गएको छ। कहिँकतै उम्मेदवारहरूको टोलीका बीच जम्का भेट हुने गरेका छन्। त्यसरी भेट्दा कतिपय ठाउँमा सौहार्दता व्यक्त गरी आ-आफ्नो लक्ष्य स्थानमा जाने गर्दछन् भने कतै त्यहीँ विवाद पनि गर्ने गर्दछन्। प्रचार-प्रसारमा तानेको बेलामा त्यस्तो विवादले नराम्रो परिणाम दिन सक्दछ।

५. निर्वाचन आयोगले आचारसंहिताको पालना गर्न गरेको आग्रह सामयिक र महत्त्वपूर्ण छ। उम्मेदवारहरूदेखि सरकार र अन्य संस्थाहरूले पनि आचारसंहिताको पालना गर्नुपर्दछ। कतिपय पत्रपत्रिका एक पक्षीय प्रचारमा संलग्न रहेमा त्यसमा पनि निर्वाचन आयोगको दृष्टि जाने गर्दछ।

६.     आचारसंहिताको पालनाले अनावश्यक प्रतिस्पर्धा हुँदैन। आपसमा बैमनस्यता भाव बढ्दैन। अनावश्यक खर्च हुँदैन। वातावरण प्रदुषित हुँदैन। ती सबैको ख्याल राखेर आचारसंहिताको व्यवस्था गरिएको हो। फेरि निर्धारित आचारसंहिता पालनामा पार्टीहरू सबैको सहमति छ। त्यो पालना गर्न तिनीहरू बचनबद्ध पनि छन्।

७. आचारसंहिता उल्लङ्घनका सा-साना घटना बाहिर आएका छन्। खास गरेर तराई-मधेस क्षेत्रमा त्यस्तो घटना बढी भएका छन्। कतै दुर्इ पक्षबीच भिडन्त भएका छन्। प्रचार सामग्री खोस्ने काम भएका छन्। त्यस्ता घटनालाई तुरुन्त रोक्नुपर्दछ। संहिताको उल्लङ्घन गर्नेलाई समयमै नसिहत दिई कारबाही गर्नुपर्दछ ताकि त्यस्तो घटना फेरि दोहोरिने र फैलने नहोस्।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width