डा. भट्टराईको स्वीकारोक्ति

सम्पादक
मंसिर ३०, २०७०

१. एकीकृत माओवादी नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पहिलो संविधानसभा विघटन गर्नु जीवनको ठूलो गल्ती भएको स्वीकारेका छन्। उनले त्यो स्वीकारोक्ति आफ्नो फेसबुकबाट सार्वजनिक गरेका छन्। त्यसको साथै उनले अन्य दल र नेताभन्दा फरक हुन नसक्नुले निर्वाचनमा आफ्नो पार्टीको नराम्रो पराजय भएको पनि स्वीकारेका छन्।

२. फेसबुकमा उनका ती स्वीकारोक्ति देखिएपछि फेसबुकमा पाठकहरूले आ-आफ्नै किसिमले टिप्पणी गर्न थालेका छन्। एमाओवादी नेताहरू निर्णय गर्ने बेलामा दायाँ बायाँ हेर्दैनन्। उनीहरूले आफूले जे गरे पनि हुन्छ जस्तो सम्झन्छन् र आवेश र आक्रोसित भएर निर्णय गर्दछन्। तर जब त्यसको परिमाण जब उल्टो आउँछ, अनि उनीहरू गल्ती भएको महसुस गर्दछन्।

३. समय वितेपछि त्यसरी गल्ती स्वीकारेर के हुन्छ र ? त्यसमा पनि एकपटक भए जनताले त्यसलाई विनम्रता सम्झन सक्छन्। तर पटक-पटक भूल सुधार गर्नु राष्ट्र चलाउने मान्छेको लागि सुहाउँदैन। एकजना डाक्टरले गल्ती गरे भने विरामीको मृत्यु हुन सक्छ। त्यस्तै एकजना वकिलले वहस राम्रोसँग गरेन भने निदोर्ष मान्छेको फाँसी हुन सक्छ।

४. देश हाँक्नेले प्रत्येक पटक गल्ती गर्दा त्यो देशको अवस्था कस्तो होला, त्यो एक मूल्याड्ढनको विषय हो। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले त्यस्तो गल्ती आफूले धेरै पटक गरेको बताएका छन्। उनले कुनै बेला गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनु आफ्नो भूल हो भनेका थिए भने कटवाललाई हटाउन खोज्नुलाई पनि गल्ती स्वीकारेका छन्। यस्ता कुरा धेरै छन्।

५. डा. भट्टराईले संविधानसभा विघटन गर्नुको दुर्इटा उद्देश्य थिए। एक त चुनावमा दुर्इ तिहाई बहुमत ल्याउने र चुनाव भएन भने २०/२५ वर्षसम्म अविछिन्न प्रधानमन्त्री भइरहने। त्यो कुरा अध्यक्ष प्रचण्डले पटक-पटक भनेका थिए। ती दुवै कुरा प्राप्त भएन। त्यो प्राप्त नभएको कारणले संविधानसभा विघटन गर्नु गल्ती भएको मान्नु उनको बाध्यता हो।

६. डा. भट्टराईमा एउटा भ्रम के छ भने उनले कम्युनिष्टलाई अर्कै धातुबाट बनेको मान्छन्। पार्टीफुट्ने बेलामा पनि उनले त्यो कुरा भनेका थिए-‘एमाओवादी अर्कै धातुबाट बनेको पार्टीहो यो फुट्दैन।’ तर पार्टीफुट्यो। अहिले पनि उनले अन्य दल र नेताभन्दा फरक हुन नसक्नु आफ्नो पार्टीको नराम्रो पराजय भएको बताएका छन्।

७. निर्णय गर्ने बेलामा आत्तिने र अरु बेला पछुताउनु उचित होइन। निर्वाचन परिणामकै कुरा गर्ने हो भने रातारात मतगणना बहिस्कार गर्नु के आवश्यक थियो र – धाँधली भन्ने आरोप जहिले र जतिखेर लगाए पनि हुने थियो। तर एमाओवादीले मध्यरातमा त्यो निर्णय गर्‍यो। फेरि त्यसलाई अरु नेता र कार्यकर्ताले सच्याउने प्रयास पनि गरेनन्। अहिले आएर बल्ल डा. भट्टराईले फेसबुकमा धाँधलीबाट हराइएको भनेनन्। पार्टीले धाँधलीको आरोप लगाएको कुरा पनि केही महिनापछि गल्ती भएको भन्नेछ। तर त्यसो भन्दैमा राष्ट्रको समय, श्रम लगानीलगायतको कुरा जे जति खेर जान्छ, त्यो कसरी पूर्र्ति हुन्छ, त्यो सोचनीय कुरा छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width