जनताको लागि ठूलो कुरा संविधान

सम्पादक
कार्तिक २९, २०७०

१. संविधानसभाको चुनाव जति नजिकिँदैछ, उति चुनावसम्बन्धी सरगर्मी बढेको छ। उम्मेदवारहरू भोट माग्न व्यस्त छन् भने मतदाताहरू कसलाई भोट दिने भनेर चिन्तन-मनन गरी अन्तिम निर्णयमा पुग्न तैयारी गरिरहेका छन्। यस क्रममा उनीहरूले पार्टी र उम्मेदवारका सम्बन्धमा विभिन्न कोणबाट मूल्याड्ढन गरिरहेका छन्।

२. धेरैले तीन ठूला पार्टीको कुरा गरिरहेका छन् र प्रतिस्पर्धा पनि तिनै ठूला पार्टीला बीच हुने भविष्यवाणी गरिरहेका छन्। त्यसरी अनुमान गर्नेहरूले तराईमा केही मधेसवादी पार्टीको नाम लिने गरेका छन्। प्रतिस्पर्धा कोसँग कसरी हुन्छ, त्यो अझै भन्न सकिने अवस्था छैन। प्रतिस्पर्धी पार्टीहरूलाई प्रभाव पार्ने कुरा धेरै छन्।

३.     पार्टी त हिसाबले भन्ने हो भने धेरै निर्वाचन क्षेत्रमा अखण्ड नेपाल पार्टी र सङ्घीय समाजवादी पार्टीले ठूला दलको समीकरणमा प्रभाव पार्ने देखिन्छ। उता राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पनि आफ्नो प्रभुत्व जमाउँदै लगेको छ। यी पार्टीहरूले सड्ढलन गर्ने मत भनेको ठूला पार्टीलाई जाने मत हुन्।

४. हिजोको चुनावले एकीकृत माओवादीलाई सबभन्दा ठूला पार्टी बनाएको थियो भने त्यसपछिको स्थान काङ्ग्रेस र एमालेले प्राप्त गरेका थिए तर आजको जनमतमा धेरै परिवर्तन आएको छ। जनताले हिजो ती पार्टीहरू पालैपालो सत्तामा छँदा के कति काम गरे र संविधान निर्माणमा तिनीहरूको नेतृत्वले के कस्तो भूमिका खेल्यो त्यसको मूल्याड्ढन गर्दैछन्।

५. निर्वाचनमा पार्टीहरूका प्रतिबद्ध भोट आ-आफ्नो ठाउँमा हुन्छन्। निर्वाचनमा निर्णायक भोट भनेर स्वतन्त्र व्यक्तिहरूको भोट हो। स्वतन्त्र व्यक्तिहरूले नै ती सबै कुराको मूल्याड्ढन गर्ने गर्दछन् र तिनीहरूले आफ्नो विचार सबैको घोषणा पत्र हेरेर, बोली र व्यवहार नियालेर तथा विगतमा मौका पाउँदा के कस्तो गरे त्यसको समीक्षा गरेर गर्ने गर्दछन्।

६.     यो पटक मतदाताको विचार र पार्टीको विचारमा निकै अन्तर आएको छ। जनता चाहन्छन् संविधान बनाउन। तर पार्टीहरू यो गर्छाा र त्यो गर्छाा भनेर जनताको आँखामा छारो हाल्न चाहन्छन्। संविधान नबनेसम्म देशमा स्थिरता आउन सक्दैन। स्थिरता नआएसम्म जसले ले गर्छाा भने पनि गर्न सक्ने देखिँदैन।

७. घोषणा पत्रमा लेखिएकै कुरामा अडान यथावत् राखे भने यो चुनावले पनि संविधान दिन सक्दैन। केही लचकता पार्टीहरूले अपनाउनैपर्दछ। सहमतिमा पुग्नैपर्दछ। मेरो गोरुको बाह्रै टक्का भनेर बस्ने बेला यो होइन। समन्वय गरेर अघि बढ्ने र सहमतिमा पुर्‍याउन सक्ने पार्टी आजको आवश्यकता हो। जनताको लागि सबभन्दा ठूलो कुरा अहिले संविधान नै हो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width