गल्ती नदोहोरियोस्

सम्पादक
जेठ ९, २०७४

१. अहिले २० वर्षपछि स्थानीय तह निर्वाचनको पहिलो चरणको मतगणना सम्पन्न हुन गइरहेको छ। स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यभार सम्हालेको समाचार पनि आइरहेको छ। गाउँ सहरमा जताततै उत्साहको माहोल व्याप्त छ।

२. चुनाव समग्रमा शान्तिपूर्वक भएको छ। शान्तिपूर्वक चुनाव सम्पन्न भएकाले पनि अहिले उत्साहको वातावरण पर्याप्त भएको हो। त्यसको लागि सरकार र निर्वाचन आयोग धन्यवादका पात्र भएका छन्। पहिलो चरणको मतदान जसरी सम्पन्न भएको छ, त्यस्तै गरी दोस्रो चरणको मतदान पनि सम्पन्न हुनुपर्दछ।

३. निर्वाचन आयोगले यो चरणको मतदान शान्तिपूर्वक सम्पन्न गरे तापनि यसमा धेरै कमी कमजोरी देखिएका छन्। आयोगको कमी कमजोरीले धेरै मत बदर भएका छन्। मतदातालाई मत हाल्न कठिनाई भएको थियो। मतपत्र अनावश्यक ठूलो भएको व्यापक सिकायत थियो।

४. त्यसको साथै मतदाता शिक्षाको सर्वथा अभाव भएको सबैले महसुस गरेका थिए। निर्वाचन आयोग आफैले पनि त्यो कुरा स्वीकारेको खबर पनि आएको छ। मतदाता शिक्षाको अभावमा मतदाता मत दिन अल्मलिएको र कतै धेरै चुनाव चिन्ह्मा छाप हानेको कुरा पनि मतदाताले बताएका छन्।

५. मतदाता शिक्षा सामान्यता निर्वाचन आयोगले सिकाउने हो। तर यसमा राजनीतिक पार्टीरूले पनि भूमिका खेल्नुपर्दछ। आफ्नो पार्टीको मत नबिग्रियोस् भनी तथा सुरक्षित पार्नका लागि आफ्ना मतदातालाई सिकाउनुपर्दछ। पहिले-पहिले त्यस्तो गर्ने चलन थियो।

६. पहिलो चरणको चुनाव जे जस्तो भए तापनि अब दोस्रो चरणको मतदानमा देश गइरहेको छ। पहिलो चरणको मतदानमा भएको कमी कमजोरी दोस्रो चरणकोमा दोहोर्‍याउन दिनु भएन। भूल गर्नु मानवीय स्वभाव हो। तर त्यो दोहोर्‍याउनु भने उचित होइन।

७. दोस्रो चरणको मतदान तीन सातापछि हुन गइरहेको छ। यो दुर्इ तीन सातामा चाहेमा धेरै सुधार गर्न सकिन्छ। कमी कमजोरी हटाउन सकिन्छ। तर त्यो कमी कमजोरी हटाउने र सुधार गर्ने काम भने तुरुन्त थालनी गर्नुपर्दछ। निर्वाचन आयोग र राजनीतिक पार्टीरूले यसलाई महत्वका रूपमा लिनुपर्दछ। ताकि पहिलो चरणको निर्वाचनको बेला भएको गल्ती र कमी कमजोरी दोस्रो चरणको मतदानको बेला नदोहोरियोस्।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width