औषधी विभागको साहसिक कार्य

सम्पादक
असार ९, २०७४

१. भारतीय योगगुरु रामदेवको भारत उत्तराखण्ड स्थित दिव्य फार्मेसीबाट उत्पादित तथा पतञ्जली आयुर्वेद केन्द्रबाट बिक्री वितरण भइरहेका ६ वटा आयुर्वेदिक औषधीहरुलाई गुणस्तरहीन ठहर गरेका छन्। नेपालको औषधी व्यवस्था विभागले नमूना परीक्षण गरी सो ठहर गरेको हो। लोकप्रियताको शिखरमा पुगेका व्यक्तिको कम्पनीबाट उत्पादित औषधी गुणस्तरहीन ठहर भएकोमा यहाँ आर्श्चर्य जनाइएको छ।

२. औषधी व्यवस्था विभागले नमूना परीक्षण गरी गुणस्तरहीन ठहर गरेका औषधी आवालाचूर्ण, दिव्य गैसहर चूर्ण, बकुची चूर्ण, त्रिफला चूर्ण, अश्वगन्धा चूर्ण र आदिव्य चूर्ण रहेका छन्। विभागले ती औषधी “माइक्रोवियन” परीक्षणमा सफल नभएको जनाउँदै फिर्ता गर्न आदेश दिएको छ।

३. विभागद्वारा यी औषधी सिफारिस, बिक्री वितरण र प्रयोग समेत नगर्न आग्रह गरिएको छ। यसअघि पनि विभागले दिव्य फार्मेसीका छ किसिमका औषधी गुणस्तरहीन भएको ठहर गरेको छ। यो मार्फत् लोकप्रियताको शिखरमा पुगेका रामदेवको फार्मेसीमा उत्पादित औषधीको त्यसरी परीक्षण गरी सत्यतथ्य कुरा बाहिर ल्याउनु ठूलो कुरा हो।

४. रामदेवको लोकप्रियता शिखरमा पुगेको छ। उनको प्रभाव सर्वसाधारण मात्र होइन ठूल्ठूला राजनीतिक नेताहरु सम्म पुगेको छ। भारतमा प्रधानमन्त्रीका रुपमा नरेन्द्र मोदी आएपछि रामदेवको उचाइ अरु बढेको छ। धार्मिक व्यक्तिका रुपमा आफ्नो पहिचान बनाएका रामदेव अहिले भारतीय जनता पार्टीका सशक्त व्यक्तिका रुपमा देखा पर्न थालेका छन्।

५. उनको पहुँच भारतमा मात्र होइन, नेपालमा पनि व्यापक रुपले बढ्दै छ। नेपालका मन्त्री र प्रधानमन्त्रीहरु पनि उनका चेला र अनुयायी भएका छन्। उनले सत्तारुढ पार्टीरु मात्र होइन, प्रमुख प्रतिपक्षी पार्टीकाई समेत आÇनो प्रभावमा पारेका छन्। यस्तो अवस्थामा रहेका रामदेवको दिव्य फार्मेसीमा उत्पादित औषधीको परीक्षण गर्नु पनि एउटा साहसको कुरा हो।

६. रामदेव जेजसरी लोकप्रिय बन्दैछन्, उसरी नै उनी विवादास्पद पनि भएका छन्। नेपालमा पनि उनले विवादास्पद काम गरेका छन्। उनले आफ्नो किताबमा लुम्बिनी भारतमा पर्दछ भनेका छन्। नेपालमा त्यसको विमोचन गर्ने बेलामा उनले मुखले भूल सुधार गरे, तर किताबमा सच्याएका छैनन्। एकताका उनले सयौँ गाई नेपाललाई उपहार दिने कुरा गरेका थिए। नेपालमा स्थापित उद्योगको लगानी सम्बन्धमा पनि उनले परस्पर फरक-फरक कुरा बोलेको धेरै भएको छैन।

७. यी सबै कुरा सरकारमा बस्नेहरुले सम्झनु पर्दछ। सरकार प्रमुख, राष्ट्रप्रमुख भएकाहरु कुनै व्यक्ति विशेषको पिछलग्गू भएर सार्वजनिक स्थलमा आएको सुहाउँदैन। उनीहरुको त्यस्तो प्रवृत्तिले ओहदाको गरिमा र प्रतिष्ठामा धक्का पुग्दछ। त्यत्ति मात्र होइन, उनीहरुको त्यस्तो प्रवृत्तिले गर्दा तल काम गर्ने कर्मचारीहरुलाई कतिपय कुरामा अप्ठ्यारो पर्दछ। अहिले औषधी विभागका अधिकारीहरुले रामदेवको औषधीलाई स्तरहीन भन्नुभन्दा पहिले यस्तो स्थितिमा औषधी विभागले गरेको त्यो कार्य साहसिक र समसामयिक मान्नु पर्दछ। नेताहरुको अनुहार भन्दा जनस्वास्थ्यको हितलाई ध्यान दिएको कार्य प्रशंसनीय छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

trending post

ट्रेन्डिङ्ग