ओलीको १०२ वर्ष नेतृत्व गर्ने विचार

सम्पादक
श्रावण ८, २०८०

अहिले जताततै युवाहरूको चर्चा छ । युवाहरूलाई समेट्नु पर्दछ, युवाहरूलाई अघि सार्नु पर्दछ र युवाहरूलाई नेतृत्वमा पुर्‍याउनु पर्दछ भन्ने आवाज चर्को हुँदै छ । त्यो आवाज हिजोभन्दा आज अरु चर्को भएको छ । खास गरेर राजनीतिमा यी आवाजहरू बुलन्द भएको छ । काठमाडौं उपत्यकामा नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक भइरहेको छ । त्यो बैठकमा युवा नेताहरूले आफूहरूलाई नेतृत्व दिनुपर्ने कुरा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा व्यक्त गरिरहेका छन् । तर वृद्ध नेताहरू भने कानमा तेल हालेर बसिरहेका छन् । उनीहरू नेतृत्व छाड्न तयार छैनन् । ती दुई पक्षबीच विवाद बढ्दै गएको छ । नेपाली कांग्रेसमा मात्र होइन, नेकपा एमाले र माओवादी लगायत पार्टीहरूमा पनि त्यो विवाद चर्को रुपमा रहेको छ तर ती अन्य पार्टीहरूमा कांग्रेसमा जस्तो गरी प्रष्ट र खुला रुपमा भनेको सुनिँदैन ।

राजनीतिक पार्टीका युवा नेताहरूले आफूहरू छिटो नेतृत्वमा पुग्न वृद्ध नेताहरूलाई अनेक किसिमको छेकबारहरू तेस्र्याउँदै छन् । कतै २ पटकभन्दा बढी लगातार शीर्ष नेतृत्वमा रहन नपाउने गरी वैधानिक अड्चन तेस्र्याएका छन् भने कतै ७० वर्षभन्दा माथिका केन्द्रीय पदमा उम्मेदवार हुनै नपाउने प्रावधान राखिएको छ । त्यो प्रावधान राख्नुलाई युवाहरूको जीतको रुपमा लिने गरिएको छ । तर पुराना नेताहरू भने कसरी ती प्रावधान हटाउने भनेर त्यसविरुद्धमा तल्लीन भएका छन् । एमालेले ७० वर्षको प्रावधानलाई निलम्बन गरिसकेको छ । तर त्यहाँ त्यसविरुद्धमा आवाज घन्केको सुनिएको छैन । अहिले त झन् एमाले अध्यक्ष ओलीले एक अन्तर्वार्तामा यस्तैगरी चिढ्याउने बढ्दै गए भने आफूले १०२ वर्षसम्म नेतृत्व गर्ने विचार व्यक्त गरेका छन् । उनको त्यो अभिव्यक्ति आएपछि कार्यकर्ताहरूमा उकुसमुकुसपन बढेको छ । तर तिनीहरूले त्यो कुरा प्रकट गर्ने सकिरहेका छैनन् । सबैभन्दा लामो अवधि नेतृत्वमा रहँदै आएका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल हुन् । तर त्यो पार्टीमा उनीविरुद्धमा बोल्न साहस कसैले गर्न सक्दैनन् । त्यहाँको वातावरण नै त्यस्तै छ ।

वास्तवमा युवा भनेको एउटा नवीनता हो, एउटा शक्ति हो र परिवर्तन हो । युवाहरूमा साहस हुन्छ । केही नयाँ काम गर्ने भावना हुन्छ, आफ्नो भविष्यप्रतिको चिन्तन हुन्छ र दूरगामी सोच हुन्छ । दूरदृष्टि लगाउन सक्दछ । ती सबैको अतिरिक्त उनीहरू निरन्तर अथक परिश्रम गर्न सक्छन् । शारिरीक र मानसिक रुपमा पनि उनीहरू तन्दुरुस्त हुने भएकाले उनीहरूको माग बढेको छ । क्रमशः उनीहरूलाई दायित्व र नेतृत्व सुम्पनु आजको आवश्यकता हो ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width