ऐतिहासिक बाङडुङ सम्मेलन सम्झ“दा

सम्पादक
वैशाख ११, २०७२

१.प्रधानमन्त्री सुशील कोइराला अफ्नो-एशियाली राष्ट्रहरूको सम्मेलनमा भाग लिने क्रममा इण्डोनेशिया पुगेका छन्। प्रधानमन्त्री कोइरालाले त्यहाँ अफ्नो-एशियाली सम्मेलनको ६० औँ वाषिर्क कार्यक्रम र तिनीहरूकै रणनीतिक सहकार्यको १० औँ वाषिर्क समारोहमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका छन्।

२. कुनै पनि राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मेलनको आफ्नै महत्त्व हुन्छ। इण्डोनेशियामा आयोजित यो सम्मेलनको पनि आफ्नै महत्त्व छ। यो सम्मेलन ६० वर्ष पहिले इण्डोनेशियामा भएको सम्मेलनको क्रममा आयोजना गरिएकोले यसको छुट्टै महत्त्व छ। त्यसबेला भएको सम्मेलन बाङडुङ सम्मेलनको नाममा चर्चित छ।

३. त्यसबेला भएको बाङ्डुङ सम्मेलन यसकारण पनि चर्चित रहेको छ कि भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू र चीनका प्रधानमन्त्री चाइएन लाईले भगवान बुद्धको शिक्षाबाट प्रभावित भई पारित गरेको पञ्चशीलको सिद्धान्तलाई सम्मेलनले अनुमोदन गरेको थियो। त्यो पञ्चशीलको सिद्धान्तले राष्ट्रकाबीच युद्ध रोक्न धेरै कामयाव भएको छ।

४. पञ्चशीलमा निहित अनाक्रमण र अहस्तक्षेपको सिद्धान्तले नेताहरूलाई छिमेकीहरूप्रति उत्तेजित हुनबाट रोकेको धेरैले अनुभव गरेका छन्। नेपालको सर्न्दर्भमा त्यो प्रस्ताव यसकारण पनि महत्त्व छ कि सम्मेलनमा नेपालले प्रस्तुत गरेको तीनमध्ये त्यो एक थियो। नेपालले त्यसको अतिरिक्त सम्मेलनको आदर्श संयुक्त राष्ट्र सङ्घको सिद्धान्तसित मेल खानुपर्दछ र संयुक्त राष्ट्रसङ्घका सदस्यहरू यसको सदस्य हुन पाउनुपर्दछ भनी प्रस्ताव गरेको थियो।

५. त्यो सम्मेलनमा भाग लिने नेपालबाट पाँच सदस्यीय प्रतिनिधिमण्डल गएको थियो। मे.ज. शोभागजंग थापाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा रामप्रसाद मानन्धर, प्रो.यदुनाय खनाल, प्रो. नरेशमान सिंह र क. पदमबहादुर खत्री थिए। २०१२ साल वैशाख ५ देखि ११ गतेसम्म चलेको सम्मेलनमा २९ देश सहभागी थिए।

६. त्यसबेलातिर यस्तो अन्तर्राष्ट्रिय सम्मेलनहरू त्यत्ति आयोजना गरिँदैनथ्यो। त्यस हिसाबले त्यो ठूलो र महत्त्वपूर्ण सम्मेलन हो। तर यसको विकास जे जसरी हुनुपर्दथ्यो, त्यो भएन। यसभन्दा पछि स्थापित युरोप अमेरिकातिर सम्मेलनले थोरै समयमै धेरै प्रगति गरेको देखिन्छ भने अफ्रिका-एशियाका देशहरूले त्यक्ति राम्रो र प्रभावकारी काम गरेको पाइँदैन।

७. यस्तो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी सहयात्री भएर नेपालले ठोस सहयोग आदि नपाए पनि नेपाल एक स्वतन्त्र राष्ट्रको भनी चिनारी गराउने अवसर पाएको छ। त्यस्तै चिनारीले र बुद्धको जन्मभूमि भएको नाताले नेपाल शान्तिप्रेमी देश हो भन्ने पनि परेको छ। जसको कारणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कदर भएको छ। नेपालमा संविधान निर्माण गरी स्थिर सरकार भएमा यसको प्रभावकारिता अरु बढ्ने छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width