१. बारा र पर्सा जिल्लामा आइतवार साँझ आएको अत्यन्त तीव्र वेगको हावाहुरीले ती जिल्लाका धेरै ठाउँको विनाश गरेको छ। बेलुकी भुमरीको रुपमा आएको त्यस हुरीले २९ जनाको ज्यान लिएको छ भने सयौंलाई घाइते बनाएको छ। करीब तीन मिनेट चलेको त्यस हुरीले त्यहाँका कच्ची घरहरुलाई पूर्णरुपले भत्काएको छ भने कतिपय पक्की घरलाई पनि क्षति पुर्याएको छ।
२. बारा जिल्लाको फेटा गाउँपालिकाको वडा नं. १, ३, ६ र ७ मा सबभन्दा बढी क्षति गरेको छ भने त्यसको इर्द गिर्दका गाउँहरुमा हुरीले उत्तिकै क्षति गरेको छ। हुरीले घरका छाना उडाएर लगेको छ भने कतिपय घरको गाह्रो समेत भत्काएको छ। ठाउँ ठाउँमा रुखहरु ढलेका छन्। बिजुलीका पोलहरु ढलेका छन्। गाउँहरु विभत्सका देखिन्छन्।
३. मानिसहरु विजुलीको पोल ढलेर तथा रुखहरु ढलेर तथा ढलेका रुखले किचेर पनि दिवंगत भएका छन्। हावाहुरीले बितण्डा मच्चाउनुभन्दा पहिले त्यहा चर्को असिना पानी आएको थियो। असिना पानी भएकोले मानिसहरु बाहिर निस्कने अवस्था थिएन भने घरभित्र पनि उनीहरु सुरक्षित रहने अवस्था थिएन। स्थिति कहालीलाग्दो थियो।
४. त्यहाँ बितण्डा मच्चाउने हावा हुरीलाई मौसमका विशेषज्ञहरुले पोखराको वायुमण्डलमा देखिएको मौसमी प्रणाली विकसित हुँदै गएको र हुरी भएको जनाएका छन्। पोखराबाट विकसित हुरीको एक भाग काठमाडौं गएको र अर्को बारा पर्सा पुगेको थियो। जति पर भयो उति त्यसको गति तीव्र भएको थियो। त्यसको गति बारामा प्रतिघण्टा ९० किलोमिटर थियो। त्यस्तो हुण्डरी आउला र त्यस्तो विनाश गर्ला भनी मौसम विद्हरुले पनि अनुमान गरेका थिएनन्।
५. प्रकृतिको लीला हो। कहिले त्यसले विनाश गर्दछ। बारा र पर्सामा विनाश भएको छ। अब त्यस विनाशलाई हेरेर बस्ने होइन, घाइतेहरुको राम्रो औषधोपचार गर्नु पहिलो आवश्यकता हो भने घरवार विहीन भएका खाने लाउने केही नभएकाहरुलाई खाद्यान्न पुर्याउने र अस्थायी पाल राखेर भएपनि उनीहरुको बसोबासको निर्वाह गर्नु अर्को आवश्यकता छ।
६. प्रदेश सरकारले जनाए अनुसार उद्धारका काम त्यहाँ तत्काल शुरु गरिएको छ। सामाजिक संघ संस्थाहरुले पनि आफ्नो सहयोगी हात बढाएका छन्। राजनीतिक पार्टीहरुले पनि सहयोगको प्रतिबद्धता जनाएका छन्। “तराईमा आँधी आए पहाडले छेक्नुपर्छ” भनी जुन भनिथ्यो, त्यो बेला अहिले हो।
७. विनाश भएको ठाउँको निरीक्षण प्रधानमन्त्री के.पी. ओलीले गरेका छन्। राजनीतिक पार्टीहरुले उद्धारका लागि आफ्ना कार्यकर्ताहरुलाई परिचालन गर्ने तत्परता देखाएका छन्। उद्धार कार्यमा सबै एक हुनु र उदारतापूर्वक सहयोग गर्नु हामी सबैको कर्तव्य हो। घाइतेहरुको राम्ररी उपचार होस् र उद्धार कार्यमा कुनै कमी नआओस् भन्ने कुरामा हामी जोड दिन चाहन्छौं।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१