अमेरिका र क्युवाको सम्बन्ध

सम्पादक
चैत्र ३०, २०७१

१. पूँजीवादी देश अमेरिका र साम्यवादी देश क्यूवाका बीच सम्बन्ध स्थापति हुन लागेको समाचार विश्वभर महत्त्वका साथ प्रचार-प्रसार भइरहेका छन्। अमेरिकाका राष्ट्र्रपति बाराम ओबामा र क्युवाली राष्ट्र्रपति राडल क्याष्ट्रोले शुक्रबार एक कार्यक्रममा हात मिलाए पनि त्यो समाचार बाहिर आएको छ। उनीहरूले त्यसरी हात मिलाउँदा संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मून पनि उपस्थित थिए।

२. पचास वर्ष पहिले विश्वको परिस्थिति यस्तो थियो कि प्रजातान्त्रिक देशहरू एकातिर लाग्दथे भने साम्यवादी देशहरू अकोर्तिर लाग्दथे। तिनीहरूको सम्बन्ध एकदम कटुतापूर्ण हुन्थ्यो। जसले गर्दा तेस्रो विश्वयुद्ध हुने हो कि भनी आशड्ढा पनि गर्ने गर्दथ्यो। अमेरिकाको नेतृत्वमा प्रजातान्त्रिक देशहरू एकाताबद्ध हुन्थे भने सोभियत सङ्घ र चीनको नेतृत्वमा साम्यवादी देशहरू एक हुन्थे।

३. त्यही परिस्थितिको परिणाम नजिकै रहेका अमेरिका र क्युवामा पनि मतभेद रह्यो। त्यसमा पनि पानामा नहरको समस्याले पनि तिनीहरूबीच शत्रुता उत्पन्न गरेको थियो। त्यो शत्रुता यत्ति चर्को रह्यो कि अमेरिकाले क्युवामाथि आर्थिक नाकाबन्दी लगायो। साम्यवादी मुलुक क्युवाले पनि अमेरिकासँग कुनै सम्बन्ध नराखिकन पनि बाँच्न सकिन्छ भनी अडान लियो।

४. त्यसरी ब्रि्रेको तिनीहरूको सम्बन्ध पचास वर्षभन्दा पुरानो भयो। यसबीच अमेरिका र चीनको सम्बन्ध स्थापित भयो। तिनीहरूबीच ठूलो परिमाणमा व्यापारिक सम्बन्ध पनि स्थापित भयो। दुवै देशले फाइदा पनि उठाए। तर अमेरिका र क्युवाको सम्बन्ध सुधार्नेतिर कसैले ध्यान दिएन।

५. क्युवाको राष्ट्र्रपति फिडेल क्याष्ट्रोले आफ्नो भाइलाई सत्ता हस्ताक्षर गरेपछि केही राजनीतिक व्यक्तिहरूले तिनीहरूको सम्बन्ध सुधार्ने अवसर आएको बताएका थिए। तर त्यसको लागि सक्रियतापूर्वक निरन्तर लाग्ने कोही भएनन्। राष्ट्रसङ्घले भने त्यसमा बराबार प्रयास गर्ने गरेको थियो। त्यसैको परिणाम उनीहरूले राष्ट्र्रपति मण्डेलाको शवयात्रामा भेट्दा पहिलो पटक हात मिलाएका थिए।

६. अमेरिकी राष्ट्र्रहरूको स·ठनको शिखर बैठकमा अहिले उनीहरूले जे जसरी हात मिलाए, त्यो सम्बन्ध सुधार्ने दिशातिरको सकारात्मक कदमको रूपमा लिइएको छ। अब दुवै देश पछि र्फकने स्थितिमा छैनन्। फेरि पचास वर्षअघिको स्थिति पनि अहिले रहेन। सोभियत सङ्घबाट कम्युनिजम हटेर गएको छ भने चीनसँग अमेरिकाको सम्बन्ध राम्ररी गइरहेको छ।

७. अब विश्वमा पचास वर्ष पहिलेको स्थिति रहेन। राजनीतिक सिद्धान्तको आधारमा मिल्ने वा शत्रुता राख्ने भन्ने पनि भएन। अहिले सबैले आपसी शत्रुता हटाएर मिलेर जाने नीति अख्तियार गरेका छन्। व्यापार व्यवसायको वृद्धि गरेर विकास गर्ने सबैको लक्ष्य भएको छ। यस्तो अवस्थामा नजिकको छिमेकी अमेरिका र क्युवा सम्बन्ध सुधार्नेतिर जानु समयसापेक्ष छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width