अधिकारी दम्पतीको जीवनरक्षा गर

सम्पादक
माघ २१, २०७०

१. देशमा अहिले अन्तरिम काल छ। लामो समयदेखि यो अन्तरिम काल रहिरहेको छ। अन्तरिम काल लामो समय रहिरह्यो भने त्यसको परिणाम के हुन्छ भन्ने कुराको राम्रो उदाहरण अहिले हाम्रो देश भएको छ। राजनीति सिद्धान्त, मूल्य र मान्यताबाट टाढा गएको छ। शासन व्यवस्था लथालिङ भएको छ। जताततै अस्तव्यस्त छ।

२.     समाजका कमजोर र दीनहीन पेलिएको पेलिएकै छन्। बलियाहरुले आÇनो शान र पहुँच देखाएर मिचेको मिचेकै छन्। नेताहरु मुखले खुब सिद्धान्तका कुरा गर्दछन्। सरकारमा बस्नेहरुले सुशासनको कुरा गर्दछन्। तर व्यवहार हेरियो भने न यहाँ कुनै सिद्धान्त अनुसार काम भएको पाइन्छ, न कि शासन व्यवस्था नै देखिन्छ।

३.     कहिलेकाँही बजारमा गुणस्तरको जाँच गरिएको समाचार आउँछ। कहिले अख्तियारको दण्ड कसैमाथि तेसाउन खोजेको पनि सुनिन्छ। तैपनि व्यवहारमा ब्वाँसाहरुले अर्काको आर्जन लुटेर खाइरहेकै छन्। जंगली राज चलिरहेकै छ। यतिसम्म कि मान्छे मारिएको केशमा पनि यहाँ न्याय निसाफ नपाएर मानिस तड्पिरहेका छन्।

४.     गोर्खाका नन्दप्रसाद अधिकारी र उनकी धर्मपत्नी गंगामायाले आÇना १७ वर्षीय छोरा कृष्णप्रसादको हत्या गरिएको केशको न्यायको भीख मागेको एक दशक भयो । तर उनीहरुले न्याय पाएका छ्रैनन्। उनीहरुले यो दश वर्षमा गोर्खाका प्रशासनिक अंगहरु चाहारे, काठमाडौं पुगेर प्रधानमन्त्री निवासमा धर्ना दिए।

५.     त्यसैबीच, उनीहरुलाई मानसिक रोगी भनेर मानसिक हस्पिटलमा राखियो। यातना दिइयो। उनीहरुले आमरण अनसन प्रारम्भ गरे। प्रहरी प्रशासनले एक जनालाई फक्रेर कारबाही चलाएझैं गर्‍यो। तर उनलाई छाडिदियो। उनीहरुले फेरि अनसन बसे । फेरि एक जनालाई पक्रियो र उनलाई पनि छोडिदियो।

६.            उनीहरुको आमरण अनसनले एक सय दिन नाघेको छ। प्रशासनले न उनीहरुको छोरा मारिएको हैन भन्न सक्छ, न कि मार्नेलाई पक्रन सक्छ। त्यस प्रकरणमा जाँचबुझ गर्न समिति पनि एकपछि अर्काे गठन गरिए, तैपनि अधिकारी दम्पतीले न्याय पाएका छैनन्।

७.     अधिकारी दम्पतीको अवस्था चिन्ताजनक भएको छ। सलाइन पानीले उनीहरुको प्राण धानेको छ। अन्नपानी नखाइ सय दिन बस्नु साधारण कुरा होइन। तैपनि सम्बन्धित पक्षको ध्यान यस प्रकरणमा गएको छैन। यसलाई कोही अन्तरिम कालको परिणाम भन्छन् भने कोही मेलमिलाप तथा सत्यनिरुपण आयोग आउनुपर्ने औंल्याउँछन्। त्यो जे भए पनि एक जना निर्दोष मानिसको ज्यान गएको छ। यो सत्य हो। त्यसको साथै अपराधीहरुलाई कठघरामा उभ्याउनु पर्दछ भन्नेमा पनि विवाद छैन। तर त्यो हुन सकेको छैन। यसैबाट देशको राजनीतिको अवस्था र प्रशासनको प·ुपन र्छल·याउँछ। अनसनकारी अधिकारी दम्पतीको ज्यान बचाउनुपर्दछ। अपराधीले सजाय पाउनुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width