हाम्रो दिनचर्या र आहारा

आदर्श समाज सम्वाददाता
श्रावण २६, २०७३

दिनचर्या र आहारा मनुष्य जीवनको महत्वपूर्ण पाटो हो। हामी बिहानै उठ्छौं र बेलुकी सुत्छौं। यस अवधिमा हाम्रा धेरै कार्य नियमित रुपमा चलेकै हुन्छन्, जस्तो कि उठ्ने, हातमुख धुने, दाँत माझ्ने, पानी पिउने, दिसापिसाब गर्ने, काममा जाने आदि। तर यस्ता गतिविधि नितान्त व्यक्तिगत हुँदा त्यति चर्चा हुँदैनन्। सबैको आ-आफ्नै तौरतरिकाबाट यस्ता दिनचर्या हुन्छन्। तर आरोग्य विज्ञान अनुसार बिहान उठेदेखि लिएर बेलुकी नसुतेसम्म गरिने यस्ता दैनिक क्रियाकलाप नियमित तथा क्रमबद्ध हुनुपर्छ। आनन्द र आरोग्य प्राप्तिका लागि गरिने यस्ता कार्यले निरोगी बनाउँछन्। यहाँ यस्तै दैनिक नियमित दिनचर्याबारे जानकारी प्रस्तुत छ।

बेलुकी ९-१० बजे सुत्नु, बिहान ४ बजे उठेर दिसापिसाब, स्नान, योगाभ्यास, ध्यान गर्ने वा प्रातः हिंडडुल गर्दा शरीर स्वस्थ्य, मन शान्त र शरीर फुर्तिलो बन्दछ। बिहान ४ बजे उठेर गरिने ध्यान साधनालाई ब्रहृम साधना भनिन्छ। उसले ओज, तेज, बल र उत्साह जगाउँछ। उठ्नेबित्तिकै चिसो पानीले मुख धुँदा आँखा, नाक, गालाजस्ता अंगलाई शितलता प्रदान गर्छ, अनुहार सफा हुन्छ, पुनर्ताजगी हुन्छ तर जाडो याममा केही मनतातो पानीले मुख धुन सकिन्छ। आँखामा हल्का रुपमा चिसो पानी छ्याप्नाले ज्योति बढ्दछ। हल्का ढंगले आँखाको डल्लोलाई मिच्ने गर्दा निकै फाइदा हुन्छ। अनुहारलाई पानीको साथमा रगड्दा रक्त सञ्चार राम्ररी हुन गई अनुहार रातोपिरो हुन्छ। छाला असमयै खुम्चन पनि पाउँदैन र चाउरिनबाट  जोगाउँछ।

मुख धोइसकेपछि एक गिलास पानी सधैं पिउनु श्रेयस्कर छ। यसले दिसापिसाब राम्ररी गराउन मद्दत गर्दछ। तर रुघाखोकी लागेको बेला र घाँटी दुखेको अवस्थामा भने मनतातो पानी पिउनु पर्दछ। पानी पिउँदा एकै सासमा नपिइकन चियाको चुस्की लिदैं पिएकोझैं गर्नुपर्छ। पानीको कमीमा मुखबाट दुर्गन्ध निस्कन्छ। त्यसैले पिएको पानीले दुर्गन्ध हटाउन पनि सहयोग गर्दछ। लामो समयसम्म पानी नपिउँदा मन, मस्तिष्कले काम गर्न छोड्छ। पानी पिउँदा खाना खानुभन्दा आधा घन्टाअघि वा खाइरहँदा र खाना खाएको आधा घन्टासम्मको अवस्थामा कदापि पिउनु हुँदैन किनकि खाना खाँदा पेटको आमाशयमा हुने हाइडोक्लोरिक एसिड सक्रिय हुन जान्छ र यस अवस्थामा पानी घुल्न गयो भने पाचन शक्तिलाई कमजोर बनाइदिन्छ। पानीको सट्टामा चिया, कफी वा चिसो पेय पदार्थ पनि पिउन सकिन्छ। यी पनि पानीका स्रोत हुन् तर यसमा गुलियोको मात्रा क्याफिन, अप्राकृतिक रंग मिसाइएको हुन्छ। त्यसैले यी पेय पदार्थ बिहानै उठेर पिउनु त्यति फाइदाजनक मानिँदैन किनभने यस अवस्थामा शरीरले प्राप्त गरेकोभन्दा बढी पानी बाहिर फाल्छ र लामो समयपछि रोग बल्झाउने सम्भावना रहन्छ। कफी या चिया पिउने आदत बसेको छ भने दिनको एक वा दुर्इ कपसम्म पिउन सकिन्छ। पानीले हाडका जोर्नीका घर्षण हुनबाट जोगाउँछ। बरु उमेर ढल्कदै गएपछि तीखा कम लाग्दछ। यस अवस्थामा हरेक घन्टा थोरैथोरै पानी पिउनु राम्रो हुन्छ।

दाँत सफा गर्नका लागि गाउँघर वा सहर बजारमै पो किन नहोस् दाँत माझ्न निमको डाँठलाई प्रयोग गर्नु राम्रो मानिन्छ। यसले दाँतसम्बन्धी कुनै पनि समस्या निराकरण गर्दछ। तर ज्रि्रो सफा गर्नका लागि भने आजभोलि बजारमा पाइने विभिन्न किसिमका धातु वा प्लास्टिकका ज्रि्री पाइन्छन्। ज्रि्रोको जरैदेखि हल्का तवरले कोरेर फोहोर निकाल्दा दुर्गन्ध हट्छ र सफाइ पनि हुन्छ।

आधुनिक चिकित्सा प्रणाली अनुसार नाक, कानमा कुनै किसिमको तेलको थोपा राख्न सिफारिस गरिएको पाइदैन। तर आयुर्वेद विज्ञानले बताए अनुसार वर्षा, ग्रीष्म र वसन्त ऋतुमा जसले अनु तेल नाकभित्र राख्दछ, उसको नाक टालिने सम्भावन रहँदैन, साथसाथै कपाल, दारी फुल्दैन र त्यसरी नै कपाल झर्ने समस्या पनि रहँदैन। वर्षा ऋतुमा पश्चिमबाट बहेको हावालाई स्वास्थ्यवर्द्धक मानिन्छ। ऋतु अनुसार कताबाट बहेको हावा राम्रो भन्ने पनि आयुर्वेद विज्ञानले किटान गरेको छ। शरद ऋतुमा भने वायव्य दिशाको हावा राम्रो मानिन्छ। टाउकोमा तिलको तेल नियमित रुपमा मालिस गर्ने हो भने टाउको दुख्ने, तालु खुइलने र कपाल फुल्ने समस्या आउँदैन। कपाल लामो, मुलायम र कालो रहन्छ। अनुहारको छालामा पनि चमक आउँछ भने गहिरो न्रि्रा पर्दछ। त्यसरी नै शरीरमा तेल मालिस गर्नाले छाला स्वस्थ्य, बलियो र नरम प्रकृतिको देखिन्छ। शारीरिक व्यायाम गर्नाले शरीर हलुका बन्दछ। शरीरको कार्यक्षमता बढ्दछ, थकान मेटिन्छ। यसको साथसाथै पाचन शक्ति पनि बढ्दछ। तर बढी थकानलाग्दो व्यायामले शरीर गलाउने, भोक र तीखा लगाउने पनि हुन्छ। तर एकैचोटि कडा खालको व्यायाम गर्न हुँदैन।

प्रातः स्नान सूयोर्दयअघि हुनुपर्दछ। यसले शरीरलाई शुद्ध, फूर्तिलो गराउने, थकावट हटाउने र ताजगी ल्याउने गर्दछ। हामीले लगाउने पोशाक सदा, सफा हुनु जरुरी छ। यसले व्यक्तित्व झल्काउनुका साथै व्यक्तित्व स्तरको पनि निर्धारण गर्दछ। अर्काको सोचाइ र धारणामा परिवर्तन ल्याउन पनि पोशाकले भूमिका खेल्दछ। लगाएको लुगामा अत्तर र्छकनु पनि राम्रो मानिन्छ किनकि यसले मनलाई प्रसन्न पार्दछ भने सुगन्धले दीघायु र चमक ल्याउँछ।

जुनसुकै खानेकुरा शरीरका उपयुक्त हुँदैनन्। यदि स्वस्थ्य रहने हो भने समय र खानाको प्रकृति हेरेर खाने गर्नुपर्दछ। केही खानेकुरा छोडेर धेरैजसो खानेकुरा बेला, अवस्था हेरेर खाने गर्नु पर्दछ। हाम्रो शरीर अन्नपानीबाटै निर्माण भएको हो। तर यसो भन्दैमा जुन बेला पायो, त्यही बेला र जस्तो पायो त्यस्तै खानेकुराले स्वास्थ्य बिगार्दछ। त्यसैले खाना पोषण विज्ञानको नियम बमोजिम खानु पर्दछ। उदाहरणका लागि दालभात, तरकारी हाम्रो दैनिक भोजन हुन्। मूलतः भातबाट काबोर्हाइडेड पाइन्छ, जुन शक्तिको स्रोत हो। दाल गेडागुडी वर्गमा पर्दछ। यसबाट प्रोटिन प्राप्त हुन्छ भने विभिन्न थरिका तरकारीबाट खनिज, भिटामिन पाइन्छ। यी सबै तत्व खानेकुरामा हुन जरुरी छ। बिहानको भोजनमा दही खानु राम्रो मानिन्छ किनकी दहीले हाड खिइन र कमजोर हुन दिँदैन। साथसाथै, यसमा पाइने पोटासियमले उच्च रक्तचाप नियन्त्रण गर्न सघाउ पुर्‍याउँछ र रोग प्रतिरोधात्मक क्षमता बृद्धि पनि गर्दछ। तर दही अपरान्ह ३ बजेपछि खान बर्जित गरिएको छ किनकि यसले पित्तलाई कुपित गराउँछ।

आयुर्वेद विज्ञानले स्वास्थ्य रक्षाका लागि ठाउँ अनुसार खाना खानुपर्दछ भनेको छ। जस्तो कि गर्मी हुने तराईजस्ता ठाउँहमा रुखो, पिरो, मसलादार, तारेभुटेका चीजबीज खान हुँदैन। त्यसरी नै जाडो हुने हिमाली क्षेत्रमा बसोबास गर्नेले चिल्लो, बढी सागपात र फलफूल र अन्य चिसो प्रकृतिका भोजन ग्रहण गर्न हुँदैन। बाहृय वातावरणको आधारमा कुन खानेकुरा खाने वा नखाने भनेर छुट्याइएको हुन्छ। रातिमा दही र सातु खानु स्वथ्यकर हुँदैन।

बिहान ९ बज्नुअघि नास्ता गरिन्छ भने दूध, दही, फलफूलबाहेक अन्य खानेकुराले फाइदा गर्दैन। फलफूल मौसम अनुसारको हुनुपर्छ। बेमौसमको फलफूलले शरीरलाई फाइदा पुर्‍याउँदैन। खाजामा मकै, भटमास, बदाम आदि खाना सकिन्छ। भटमासले स्मरण शक्ति विकास गर्दछ। यसमा मासुमा भन्दा बढी एमिनो एसिड पाइन्छ। यसको कमीमा स्मरण शक्ति हृास हुन्छ। त्यसरी नै बेलुकीको खानामा आँटाको रोटी बनाएर खान सकिन्छ। आँटामा पाइने अक्टाकोजनलले मस्तिष्कको ब्रि्रे, भत्केका कोषलाई मर्मत गर्दछ। यसले जोश, जाँगर पनि बढाउँछ।

नेपालका अधिकांश मानिसको दिनचर्या नियमित छैन। मूलतः जो बिहान योगाभ्यास, हिडडुल वा समयमा खाना खादैनन्, त्यस्ता व्यक्तिहरुलाई्र कुनै कुनै रोगले गाँजेको छ। ग्यास्टिक, अल्सर, कब्जियत आदि पेटका समस्या व्यस्त जीवनका परिणाम हुन्। बजारमा पाइने प्याकेटका खानेकुरा त पेटका लागि शत्रु हुन्। यस्ता खानेकुरा सेवनले तत्काल असर नदेखिए पनि लामो समयपछि निश्चित रुपमा व्यथा निकाल्छन्। तसर्थ स्वस्थ्यकर जीवनका लागि सदा दिनचर्या राम्रो बनाउनु आवश्यक छ। नियमित योगाभ्याससहितको दिनचर्याले अनुहारमा चमक ल्याउँछ भने व्यक्तित्वसमेत झल्काउँछ। मानव जीवनको समष्टि आयु पनि यसैमा रहेको छ। तसर्थ दैनिक गतिविधि आयुसँग जोडिएको हुँदा समयमै ख्याल राखेर जीवनयापन गर्नु श्रेयस्कर छ।

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width