नेपालमा बालबालिकाको अवस्था
नेपालको कानुन बमोजिम बालबालिकाको संरक्षण गर्न बनेको ऐन २०४८ का अनुसार बालबालिका भन्नाले १६ वर्ष उमेर पूरा नगरेका व्यक्तिलाई जनाउँदछ। हाल नेपालमा युनिसेफले सन् २०१४ मा दिएको प्रतिवेदन अनुसार बालबालिकाको सङ्ख्या एक करोड १६ लाख एक हजार रहेको छ। जसमा १२ देखि १६ वर्ष उमेर समूहका बालबालिकाको सङ्ख्या सबैभन्दा बढी छ ४०.४ प्रतिशत बालबालिका श्रम गर्न बाध्य छन्। ११ प्रतिशत बालबालिकाले आफ्ना आमाबाबुसँग बस्न नपाएको र द्वन्द्व, भूकम्प, बाढी पहिरोका कारण टुहुरा हुने बालबालिकाको सङ्ख्या छ प्रतिशत छ। संरक्षक, अभिभावकविहीन बालबालिकालाई बालगृहसहित विद्यालयहरूमा संस्थागत संरक्षकत्व प्रदान गरिएको छ। न्यूयोर्कको हृयुमन राइट वाच नामक संस्थाले हालै गरेको सवेक्षण प्रतिवेदन अनुसार नेपालमा तीन बालिकामा एक बालिकाको १६ वर्षअगाडि नै विवाह भइसक्ने र १८ वर्षभित्र आमा बनिसकेको उल्लेख गरिएको छ। बालश्रम गर्नुपर्ने र बालविवाहको मुख्य कारण गरिबी, अशिक्षा, अज्ञानता हो। यसबाट महिला तथा बालबालिकाको शारीरिक, मानसिक, संवेगनात्मक विकासमा प्रतिकूल असर पर्नुका साथै शिक्षा, आयआर्जनमा पनि नकारात्मक प्रभाव पर्दछ, परिरहेको देखिन्छ।
बाल्यकाल र स्वास्थ्य
बालबालिकाको स्वास्थ्य राम्रो बनाउनका लागि गर्भावस्थाबाट नै राम्रो पोषण, हेरविचार, र्सुइ, खोपको व्यवस्था, आराम, सरसफाइप्रति ध्यान दिनुपर्दछ। यसका लागि नेपाल सरकारका विभिन्न स्वास्थ्य कार्यक्रम कार्यान्वयन गरी आमा तथा बच्चाको स्वास्थ्यमा सुधार ल्याउन सुरक्षित मातृत्व, सुत्केरी स्याहार सेवा कार्यक्रम, पोषण र स्वास्थ्य शिक्षा प्रदान गर्नेजस्ता कार्य गरी आमा र बच्चाको स्वास्थ्यमा सुधार गर्दै गएको देखिन्छ। जसबाट शिशु मृत्युदर, बालमृत्युदर, मातृ मृत्युदरमा केही कमी आएको देखिन्छ।
वाल्यकालमा स्वास्थ्य जीवनयापन गर्न सिकेमा त्यसको प्रभाव जीवनभर नै पर्ने भएकाले आमा, बाबु वा विद्यालयमा शिक्षक, शिक्षिकाले स्वास्थ्य आचरण र व्यवहार उचित किसिमबाट सिकाउनु पर्दछ। पोषण, व्यायम, व्यक्तिगत र वातावरणिय सरसफाइ, रोगको उपचार, प्राथमिक उपचार, स्वास्थ्य सुरक्षा आदिबारे उमेर र बालकको विकासात्मक गतिसँगै सिकाउँदै जानु आवश्यक छ। ‘मेरो स्वास्थ्यको संरक्षण मैले नै गर्नुपर्दछ, स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो’ भन्ने कुरा बालबालिकालाई बुझाउनु जरुरी छ।
बालबालिका र शिक्षा
शिक्षाले व्यक्तिलाई योग्य र सक्षम बनाउछ। त्यसैले सबै बालबालिकाले माध्यमिक तहसम्म निःशुल्क शिक्षा पाउने मौलिक हकको व्यवस्था संविधानले गरेको छ। शिक्षालाई ज्ञान, सीप र प्रविधिले योग्य जनशक्ति उत्पादन गर्ने माध्यमका रुपमा पनि लिइन्छ। हाम्रो देशमा सामुदायिक र संस्थागत गरी दुइ किसिमका विद्यालयबाट हाम्रा बालबालिकाले शिक्षा प्राप्त गरिरहेका छन्। सामुदायिक विद्यालयतर्फ हेर्दा नेपाल सरकारले ठूलो धन राशी खर्च गरेर सबैलाई सर्वसुलभ शिक्षा प्रदान गर्न प्रयास गरेजस्तो देखिएता पनि यसको उपलब्धि ज्यादै न्यून देखिन्छ। निःशुल्क शिक्षा, पोशाक वितरण, छात्रवृत्ति वितरण, शिक्षकलाई विभिन्न प्रकारका तालिम दिइएको देखाइएता पनि अपेक्षित उपलब्धि हासिल भने हुन नसकेको अवस्था छ। शिक्षा मान्त्रालयको तथ्याङ्क हेर्दा पाँच प्रतिशत बालबालिका त विद्यालय जानबाट नै वञ्चित छन्। कक्षा १ मा भर्ना भएका बालबालिकामध्ये कक्षा १० सम्म पुग्दा करिब आधामात्रै बाँकी रहन्छन्। विद्यालयका कक्षाकोठामा उही परम्परागत शैलीबाट पठनपाठन हुँदा शैक्षिक गुणस्तर वृद्धि हुन सकेको छैन। माध्यमिक तह पूरा गरेको बालकले राम्ररी चिठ्ठी लेख्न जान्दैन। विश्व बजारमा प्रतिस्पर्धा गर्ने कुरा त टाढा नै रÞयो। त्यसले हाम्रा बालबालिकाको भविष्यप्रति खेलवाड भएको छ। राष्ट्रको ढुकुटी खर्च गरी शिक्षित होइन, साक्षर बनाउने शिक्षा दिइरहेका छौं। भविष्यका कर्णकार बालबालिकाको समय वर्वाद गरिरहेका छौं। त्यसैले शिक्षामा आमूल परिवर्तन गरी गुणस्तरीय, विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम, दक्ष सीपयुक्त प्राविधिक व्यवसायिक ज्ञान दिने शिक्षा प्रदान गरी हाम्रा बालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्नु आवश्यक छ।
बाल मनोविज्ञान
बालबालिका निदोर्ष हुन्छन्। यिनीहरू उमेर अनुसार जिज्ञासु, चन्चले हुनु स्वभाविकै हो। बालकको वृद्धि र विकाससँगै सिकाइ, स्वभाव, संवेगात्मक अवस्था, रुचि, आवश्यकता फरक फरक हुने गर्दछ। अभिभावक र शिक्षकले यी कुरा बुझी त्यही अनुसारको रमाइलो वातावरण सृजना गर्ने, कुन उमेरका मुख्य विशेषता के हुने रहेछन् भनी बाल मनोविज्ञानका पुस्तक पनि अध्यायन गर्नु जरुरी हुन्छ। बालबालिकालाई शान्त वातावरणमा राखिनुपर्दछ। आपसी कलह, झैझगडा, हत्या, हिंसा, बलात्कार, अपहरणजस्ता कार्यले उनीहरूमा नकारात्मक भावना विकास भइ जीवन नै वर्वाद पनि हुन सक्ने भएकाले माया ममता, स्नेह सद्भावना प्रकट गर्ने, उनीहरूको भावनाको कदर गर्ने, त्रास, दवाव, धम्की दिने, कुटपिट गर्ने कुरा नगर्ने, उनीहरूसँग कुरा गर्दा सानै उमेरबाट आदर सम्मानपूर्वक कुरा गर्ने, झुटो नबोल्ने, अनावश्यक आश्वासन नदिने, राम्रो-नराम्रो कुरा कुन कुन हुन छुट्याउने, जिज्ञासा पूरा गर्ने, सुरक्षाको अनुभूति गर्ने वातावरण सृजना गराउनुपर्दछ।
आजकल आमाबुवा दुवै बाहिरी काममा व्यस्त रहने वा विदेशमा रहने भएकाले बालबालिकाले कि त घरमा एक्लै रहनुपर्ने वा होस्टलमा लगेर राखिने वा पारिवारिक रमाइलो वातावरण प्राप्त गर्न नसक्दा सुस्त मानसिकतामा गएको वा कुलतमा लागेको पनि पाइन्छ। त्यसैले विद्यालय तहसम्म आमाबाबुले आफ्नो सन्तानका लागि यथेष्ट समय प्रदान गर्नु आवश्यक छ। साथी बन्ने, मनोरञ्जन गराउने, घुमाउन लैजाने, नयाँ-नयाँ कुरा सिकाउने, अनुचित कार्यमा लाग्दै छ कि भन्ने कुरामा सचेत हुनुपर्दछ। छोराछोरीलाई पढाइ, काम, अनुसाशनबारे जवर्जस्त दवाव दिनु हुँदैन। रमाइलो वातावरण सृजना गरी सहयोग गरेमा खुसी साथ केटाकेटीले काम गर्न गर्दछन्। अको अभिभावकले आफ्ना छोराछोरीलाई कहिल्यै आफूसँग तुलना गर्ने, यो विषय पढेर यो बन्नुपर्दछ भन्ने, केटाकेटीको अस्ितत्व स्वीकार नगर्ने, अन्यसँगको रिस, इष्र्या केटाकेटीमा पोख्ने गर्नु हुँदैन। अहिलेसम्मका बालबालिकामा गरिएका अध्ययन-अनुसन्धानले कुलतमा लाग्ने, घर छाडेर हिड्ने, सडकमा बस्ने, पढाइ छाड्ने, आत्महत्या गर्ने वालबालिका घरपरिवार, आमाबाबुबाट माया, ममता नपाएका बढी देखिएको छ। त्यसैले बालबालिकाको मनोभावना बुझी व्यवहार गर्न सकेमा बालबालिकालाई परिवारको असल छोराछोरी र राष्ट्रको योग्य व्यक्ति बनाउन सकिन्छ।
बालअधिकार
बालबालिकाको मौलिक हकअन्तर्गत स्वतन्त्रतापूर्वक खान, लाउन, बाँच्न, खेल्न पाउने अधिकार बालबालिकामा पनि सुनिश्चित गरिएको छ। बालअधिकारसम्बन्धी महासन्धिको धारा ३७ ले बालबालिकालाई यातना, अमानवीय सजाय, मृत्युदण्ड, जन्मकैद वा गैह्रकानुनी गिरफ्तारी क्रियाकलापबाट सुरक्षित हुने अधिकार प्रदान गरेको छ। तापनि हाम्रा बालबालिका घर, परिवार, समाज, विद्यालय र राष्ट्रबाट पनि उपेक्षित र पीडित रहेको पाइन्छ। घरमा छोराछोरीलाई अभिभावकले पिट्ने, हप्काउने, शौचालयमा थुन्ने, मानसिक रुपमा त्रासित बनाउँदा विभिन्न अप्रिय घटना घटेका कुरा हामीले सुन्दै आएका छौं। विद्यालयमा पढ्न गएका छोराछोरीलाई दण्ड, सजाय दिई पढाइ र विद्यालयप्रति नै नकारात्मक भावना उत्पन्न हुने, पढाइ नै छाड्ने गरेको पनि पाइन्छ। विद्यालयमा बाल मैत्री वातावरण सृजना गर्ने गरी पठनपाठन गराइने भनेता पनि शिक्षकको पिटाइबाट हातमा भाचिने, आँखा फुट्ने, घाउ, चोट लागेका घटना अझै पनि देख्न सुन्नमा आइरहेका छन्। हाम्रा घर, विद्यालय, बाटा, घाटा, पार्कहरू बालमैत्री बन्न नसकेको अवस्था छ। झन हिंसामा रहेका महिलाका छोराछोरी, एड्स पीडित बालबालिका पारिवारिक विखण्डन, सम्बन्धविच्छेदका कारण अलपत्र परेका बालबालिका, कारागारमा रहेका बालबालिका, टुहुरा बालबालिकाका लागि बाल मैत्री वातावरण निर्माण हुन नसक्दा बालबालिकाको मौलिक हक हनन् भएको छ। त्यस्तै, कतिपय बालगृहमा पनि बालबालिका हिंसामा परेका छन्। झन बालबालिकालाई नारा, जुलुसमा, जोखिमपूर्ण काममा विद्यालयबाट नै उठाएर लैजादा बालकको स्वतन्त्रतापूर्वक पढ्न लेख्न, बाँच्न पाउने अधिकार हनन् भएको प्रष्ट देख्न सकिन्छ। त्यसैले समूह जम्मा गर्न पर्नेमा होस् वा प्रमुख अतिथि सत्कार गर्ने काममा होस् ४-५ वर्षका बालबालिकालाई टन्टलापुर घाममा सकिनसकी घण्टौं उभ्याएर राख्दा के बाल अधिकार उल्लङ्घन भएन र – कक्षाकोठामा उमेर अनुसारका उचाइका बेच्न, डेक्स नहुँदा दिनभर उभिएर पढ्नुपर्ने, पढ्ने उमेरमा विवाह गरी बच्चा जन्माएर बस्नुपर्ने, अपहरणमा पर्ने, बेचिने, श्रम गरेर खानुपर्ने अवस्था के पीडादायक छैन र – त्यसैले बाल अधिकारसम्बन्धी नियम, ऐन लिखित दस्तावेजका रुपमा मात्रै नभई व्यवहारमा उचित किसिमबाट लागू गर्न सकेमा मात्रै त्यसको औचित्य रहन्छ।
बालबालिका हाम्रा अमूल्य गहना हुन्। जसलाई शिक्षित, स्वस्थ्य, सभ्य अनुशासित बनाउने काम तपाई, हाम्रो हो। सरकारी तवरबाट नीति, नियम बनाएर लिखित रुपमा मात्रै राम्रा प्रतिवेदन तयार गरी देखाउनुभन्दा बालकमा व्यवहारिक परिवर्तन गरेर नै देखाउनु आजको आवश्यकता हो। यस बाल दिवसको उपलक्ष्यमा सबै बाल बालिकामा सुस्वास्थ्य, शिक्षाको पहुँच पुगोस्, कोही पनि बालबालिका कुनै पनि हिंसामा पर्न नपरुन्।
Related News
सम्बन्धित समाचार
हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन
हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन
कास्की कांग्रेसको शिखर पुरूषको अवसान
जून ओर्लेको रात र त्यसको आलोक
नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष
hero news full width
मुख्य समाचार
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१