हामी र हाम्रो समाज अब कता ?

आदर्श समाज सम्वाददाता
जेठ १४, २०७३

२०४६/०४७ सालमा लोकतन्त्र आएपछि हाम्रो देशमा धेरै परिवर्तन भए। राजनीतिक परिवर्तनबाट लिएर सञ्चार, सडक, शिक्षा, मनोरञ्जनका साधन आदिमा उल्लेखनीय प्रगति भएको छ। तर समाजमा धेरै विकृति पनि भित्रिएका छन्। कतै कौवाले हाँसको चाल चलेर आफ्नो चाल बिर्सेको त होइन ? हाम्रो जीवनशैली, रहनसहन, खानपान, भोजभतेर र नेपालीपनमा पनि परिवर्तन आएको छ। सभ्यताको सिँढीमा चढ्नुको बजाय हाम्रो समाजमा महिला हिंसा, बलात्कार, यौनशोषण, मानव बेचबिखनजस्ता घटनामा बृद्धि भएको छ। त्यस्ता अपराधिक घटनामा कमी ल्याउनका लागि के गर्नुपर्ला भनेर केही महिना पहिला सामुदायिक रेडियो सिआइएनले देशव्यापी सुझाव, प्रतिक्रिया र बहस चलाएर सुझाव सङ्कलन गरेको थियो। हत्या, हिंसा र महिला अधिकारको नाउँमा सबै क्षेत्रबाट आ-आफ्नो सल्लाह र सुझाव दिने काम भए। देशका विभिन्न गाउँ, ठाउँ, सहर, जिल्ला सदरमुकाम देशको राजधानीमा विरोध सभा, जुलुस प्रदर्शन भए। जिल्ला प्रशासन कार्यालय प्रमुखमार्फत् प्रधानमन्त्री र राष्ट्रपतिलाई ज्ञापनपत्र दिने काम पनि भए। त्यस्ता बलात्कारीलाई जेल सजायमात्र नभइ कडाभन्दा कडा दण्ड सजाय, फाँसी/मृत्युदण्ड, आजीवन काराबास दिनुपर्ने भन्ने सुझाव दिइयो। त्यतिमात्र होइन, त्यस्ता बलात्कारीलाई नपुंसक बनाउनुपर्छ भन्ने जस्ता चको आवाज र सुझाव र ज्ञापनपत्र पनि दिइएको थियो, जो महत्वपूर्ण छ। यसरी सुझाव दिने सचेत नागरिकको दायित्व पनि हो। हाम्रो मौजुदा कानुन र नयाँ संविधानले नीति, नियम बनाएको छ तर प्रश्न उठ्छ कि के त्यो काफी छ ?

चोरलाई मार्नुभन्दा चोर जन्माउने आमाको खोजी गरेर त्यस्ता चोरको जन्मदरमा नै कमी ल्याउन पनि ध्यान दिनुपर्ने हो कि ? अपराधीलाई कडाभन्दा कडा कानुन बनाएर सजाय दिँदैमा त्यस्ता अपराधमा कमी आउन सक्ला र नियन्त्रण होला भन्ने आधार र तथ्य के छन्  ? हामीले हाम्रो समाज र महिलामा आएको फेसन शरीरमा छोटो कपडा मिनी डे्रस लगाएर हिड्ने, स्तनको आधा भाग नै देखाउने, अश्लीलता र अर्धनग्नताको प्रदर्शन गर्ने, अश्लील तस्विरको प्रदर्शन, मोवबइल, फेसबुक र चलचित्र तथा अन्य माध्यमबाट आफू चर्चित र नं.१ नायिका बन्नका लागि चलिरहेको दौड र प्रतिष्पर्धा जित्नको लागि होड नै मच्चिएको छ। पश्चिमा देशहरूको नक्कल हाम्रो समाजमा भित्रिएको छ र हावी हुने क्रम जारी छ। त्यतिमात्र होइन, महङ्गा कपडा, महङ्गा मोटरसाइकल, स्कुटर, महङ्गा मोवाइल सेट र महङ्गा ब्युटीपार्लर, विदेशी सिको गरेर सिंगारपटार गर्ने बिकृति होइन र – नेपाली पहिरन गुन्योचोली, ढाका, पछ्यौरा, पटुकी र पुरुषले दौरा सुरुवाल मयलपोस, नेपाली भादगाउँले ढाकाटोपी लगाउँदा त्यसले गाउँ समाज नेपाली सँस्कृतिमा के सन्देश दिन्छ भन्ने लेखाजोखा गर्न पनि आवश्यक छ ? नेपालीपन र नेपालको संस्कृति नेपालबाटै लोप हुँदै, बिलाउँदै गयो भने त्यसलाई कहाँ खोज्ने र कहाँ गएर पाइएला ? भुटान सानो मुलुक भए पनि त्यहाँको भेषभूषा राजाबाट रंकसम्म एउटै पहिरन भएको हामीले देखेकै छौं।

कतिपय इस्लामिक मुलुकमा महिलाले बुर्का लगाउन अनिवार्य र अरबी मुलुकमा पुरुषले हेड गिएर लगाउने गरेको देखिन्छ। ती मुलुकमा कडा कानुन नभएको होइन तर हाम्रो देशमा महिलाले दोकान गरेर होटल पसलमा मासु, मदिरा बेच्ने र चुरोट पिएर दोकान पसले होटलमा देख्दा कतिपय विदेशीलाई नौलो लाग्नु आर्श्चर्य होइन।

हाम्रो देशको सहरी क्षेत्रका होटल, मसाज सेन्टर, डान्सबार, दोहोरी साँझ, पप सेन्टर तथा विभिन्न मनोरञ्जनात्मक ठाउँमा प्रहरीले छापा मारेर त्यस्ता यौनकर्मी व्यवसायीलाई पक्राउ गर्ने र तिनीहरूलाई सार्वजनिक गरेर प्रचलित ऐन कानुन अनुसार दण्ड सजाय गरी छोडिदिने गरिएको छ। तर देशभर गाउँबाट सहर क्षेत्रसम्म त्यस्ता अवैध यौनकर्मी र अवैध सम्बन्धको न्यून घटनामात्र प्रहरी पकडमा र बाहिर मिडियामा आउने गरेका छन्। बाँकी लुकीछिपी घरपरिवार हाडनाता र दिवारभित्र हुने गरेको कुकर्मको तथ्य यकीन नै छैन। त्यस्तै, अवैध धन्दाले बलात्कारपछिको हत्या, हिंसा, अवैध गर्भ गर्भपतन गराइने वा अवैध क्रियाकलापलाई ढाकछोप र बचाउ गर्नका लागि हत्यासमेत हुने गरेका छन्। न्यायालय र प्रहरी रिपोर्टमा पनि त्यस्ता घटनाको रोकथाम र सम्भावनाबारे सार्वजनकि विवरण, सुझाव, सल्लाह र जनचेतनाको जानकारी गराइन्छ। सरकारबाट नयाँ ठूला सपना र नयाँ आश्वासनका चकलेटहरू बाँडिन्छन्, तर त्यस्ता घटना, दुर्घटना, अशोभनीय र पत्याउनै नसकिने र प्रहरीलाई पनि झुठो विवरण दिएर अनुसन्धान गर्दा प्रहरीसमक्ष उजुरी दिएको शैलीभन्दा भिन्न र विपरीत भएको पाइन्छ, भेटिन्छ। पहिले पुरुषबाट मात्र बढी हत्या, हिंसा र आपराधिक गतिविधिबाट पीडित महिला हुने गरेकोमा हाल महिलाबाट पनि आपराधिक घटना हत्या, हिंसा, लुटपाट, चोरी, धोखाधडी, बेइमानी, सम्बन्ध बिच्छेद आदि गर्ने र महिलाबाट पुरुष पीडित हुने गरेका अनेकौं घटना छन्। स्मरणर होस्, दण्ड, सजाय, उचित न्याय दिलाउनका लागि हर्जना पुरुषबाट पीडित महिलाको बारेमा कानुनी व्यवस्था थियो तर महिलाबाट पीडित भएका पुरुषका लागि के वर्तमान कानुन पर्याप्त होला ? केही दिन पहिला न्यायालयमा त्यस्ता हिंसाबाट पीडित भइ उजुरी गरिएका पुरुषको संख्या २३ पुगेको कुरा सार्वजनिक गरिएको थियो।

हाम्रो देशमा केन्द्रबाट ग्रामीण इकाइसम्म विभिन्न शीर्षकमा अफिस खोलेर सेवा दिइरहेका महिला दिदीबहिनी, समाजसेवी, माइती नेपाल आदिले चासो दिनुपर्ने र त्यस्तो हाम्रो समाजमा भोगिदै आएको बढ्दो विदेशी पश्चिमा देशको धर्म र संस्कृति विकृतिबारे सचेतनाका कार्यक्रम ल्याएर जागृत गराउने काम गर्ने हो कि – त्यत्तिमात्रै होइन, हाम्रो चार्डपर्व, विवाह, भोजभतेर, मेला, महोत्सव, हाटबजारमा पनि त्यस्तो विकृतिले हत्या, हिंसा चोरी, डकैती, लुट अपराध, बलात्कार आदिलाई निम्त्याएको छ। यो बृद्धि हुँदै जाने क्रममा छ। धर्म निरपेक्षताले ल्याएको धर्म परिवर्तन गर्ने/गराउनेको संख्यामा पनि अत्यधिक बृद्धि हुँदै गएको छ। हाम्रा नेताले दिएको झुठ्ठो राष्ट्रवाद र खोक्रो नाराले मात्रै केही हुने वाला छैन। समाजमा हुने गरेको वैध-अवैध गर्भपतनले निम्त्याएको महिलाको जोखिम, कमजोर स्वास्थ्य, पैसाको बर्वादी साथै भोलिका दिनमा देशमा महिलाको घट्दो जनसंख्यालाई हेर्दा ठूलो समस्या आइलाग्ने अनुमान लगाउन सकिन्छ। विवाहमा दाइजो प्रथा, दहेज प्रथा तथा पितृसत्ताको हाम्रो परम्पराले गर्दा छोरीभन्दा छोराको माग र चाहनामा कमी आएको जस्तो लाग्दैन। गाउँ, समाजमा भ्रूणमै बालिका भएको गर्भको पहिचान गरेर गर्भपतन गराइने क्रम ठूलो सख्यामा तीव्र रुपले बढ्दो छ। हाम्रो देश तथा छिमेकी देश भारतमा मारबाडी तथा अन्य केही जात सम्प्रदायमा पुरुषको तुलनामा महिलाको संख्या घट्नाले बुहारी पाउन कठिन भइसकेको छ।

महिला हत्या, हिंसा र अपराध रोक्नका लागि दण्ड, सजायमात्र दिएर कमी ल्याउँछ भन्न सकिँदैन। मानव जीवन सिद्धान्तका लागि हो, सिद्धान्त जीवनका लागि होइन। यौन स्वाधीनतामा विश्वास गर्ने पनि धेरै महिला पुरुष होलान्। अन्य स्वतन्त्रताभैm मान्छेलाई यो स्वतन्त्रता पनि आवश्यक छ। जबर्जस्ती किन गर्ने – महिला भिखारी होस् अथवा चरित्रहीन, मानसिक रोगी वा आफ्नै श्रीमती यदि ऊ इच्छुक छैन भने उसलाई छुने हक हुन्छ र – हुँदैन। अतः कतै अन्य मुलुकको जस्तो कानुनी मान्यतालाई वैधता दिएर त्यस्ता उत्सुक र उत्पीडित यौनकर्मीलाई हाम्रो देशमा पनि निश्चित ओहोदा र दायरा तोकेर उचित मेडिकल र तत्सम्बन्धी फराकिलो कानुन बनाएमा त्यस्ता घर दिवारभित्र हुने अपराध, हत्या, हिंसा, बलात्कार, हाडनाता र अन्य घटनामा कमी ल्याउनमा मद्दत पुग्ला कि – एक भारतीय यौन व्यवसायी महिलाले लेखेकी छन्, ‘जो लोग दिनको अफिसमे कुर्सी रहते समय मेरी निन्दा और बुराई करते हैं, वही सफेद पोस बडे लोग रातमे मेरे पास आते हैं, और मेरी प्रत्येक अंगको स्र्पसर् करते है, चुमते है, और मेरे तारिफ करते है।’ उता, केही वर्ष पहिले यौनकर्मीहरूले बेलायतमा पनि हामीले देश र समाजको लागि कति ठूलो अभिभारा र कति ठूलो जिम्मेवारी निभाएका छौं भनी विभिन्न माग राखेर हड्ताल गरेका थिए। उनीहरूले मासिक प्रिm मेडिकल सरकारले गरिदिनुपर्ने, ४५ वर्ष पुगेपछि उनीहरूलाई पेन्सन दिनुपर्ने, उनीहरूका बालबच्चालाई सरकारले निःशुल्क पढाइदिनुपर्ने, सरकारले घर आवास बनाएर दिनुपर्ने आदि।

अन्त्यमा, महिला कानुन व्यवसायी, समाजसेवी तथा विभिन्न शीर्षकबाट विभिन्न सेवामा रहेका महिलाले आ-आफ्नो क्षेत्रबाटसमाजमा हुने गरेका जल्दाबल्दा आपराधिक घटना, समस्या र गतिविधिलाई न्यूनीकरण र निवारणका लागि पहल गर्नुपर्छ। संयोग नै भनौं, अहिले त उच्च ओहोदामा महिला राष्ट्रपति, महिला सभामुख र महिला प्रधानन्यायाधीश कार्यरत भएका बेलामा महिला अपराध र महिलाको हकहितका लागि अपुग रहेका मौजुदा नियम कानुन भए अरु सुदृढीकरण गर्नमा थप बल मिल्ने नै छ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै