हरेक ठाउँमा अपहेलित बन्न पुग्छे अपाङ्ग महिला

आदर्श समाज सम्वाददाता
माघ ३, २०७०

यस समाजले अपा·ताको परिभाषा स्पष्ट रूपमा नबुझको हुदाँ हरेक ठाउँमा अपा·ता भएकी महिला अपहेलित र तिरस्कार बन्न पुगेको खबर दिनप्रतिदिन सार्वजनिक हुँदै आएको छ। के हो अपा·ता भन्ने कुराको स्पष्ट पहिचान नबुझेका कारणले नै आज समाजमा अपा·ता भएका महिलाले दु खदायी जीवन बिताउन बाध्या भएका छन्। अपा· भनेको शरीरका अ·हरू र शारीरिक प्रणालीमा भएको समस्या हो यही समस्याको कारण भौतिक, सामाजिक, सांस्कृतिक, वातावरणका साथै सञ्चारमाध्यमबाट समेत सिर्जना भएको अवरोध दैनिक क्रियाकलाप सामान्य रूपमा सञ्चालन गर्न एवं सामाजिक जीवनमा सहभागी हुन कठिनाइ हुने अवस्था नै अपाङ्गता हो। अपाङ्गता पनि सात प्रकारका हुन्छन्। शारीरिक, दृष्टिसम्बन्धी, सुनाइसम्बन्धी, श्रवण दृष्टिविहीन, स्वर र बोलाइसम्बन्धी, मानसिक र बहुआप·ता हुन्।

यिनी अपङ्गताका कारण र अपाङ्गता कुन रूपमा भएको हो भन्ने कुरा नबुझी समाजमा महिलालाई तिररस्कार गरिन्छ, के अपाङ्गता हुनु महिलाको दोष हो त ? अपाङ्गता भएपछि आफ्नै घरपरिवार र समाजबाट पनि यी महिलामाथि हेरिने दृष्टिकोण नकारात्मक हुन्छ। कुनै परिवारमा एक महिला वा छोरी अपा·ता हँदा उनलाई दिनभर घरमै थुनेर राखिन्छ। यति मात्र कहाँ हो र घरमा पाहुना आउँदा समेत र पाहुना घरमा भएसम्म कोठाबाट बाहिर निस्कने परिचय र अन्तरक्रिया गर्न समेत बन्देज हुन्छ। एक्लै हिँड्दा उनीमाथि सुरक्षाको खतरा हुन्छ भने सामाजिक कार्यक्रममा सहभागी हुँदा परिवारको प्रतिष्ठा गिर्ने समेत ठान्छन्। धेरै महिला आफ्नै परिवारभित्र यसै गरी बन्दी जीवन बिताउन बाध्य छन्। मन लागेका ठाउँमा जान पाउँदैनन्। बोल्न मन लागेको कुरा बोल्न पाउँदैनन् काम गर्ने खोज्दा पनि हतोत्साहित पारिन्छ। सिक्न मन लाग्छ परिवारबाट प्रेरण पाउँदैनन्। यसरी किन यस घर परिवार र समाजले महिलालाई अपा·ता भएको कारण अपहेलना गर्छ के यही ठाउँमा पुरुष भएको भए कम्तीमा घर बाहिर जान रोकिन्नथ्यो त – हाम्रो समाजमा थुप्रै महिला छन् जो शरीरको एउटा अ· वा इन्द्रीयका कारण सबै गुमाएजस्तो र अपराधी भएकोजस्तो व्यवहार खेपिरहेका छन्। पहिरन र शारीरिक संरचनामा सौन्दर्य र प्रतिष्ठा खोन्ने सामाजिक प्रवृत्तिका कारण कयौं महिला कुजिएर बस्न विवश छन्। शरीरको अ· वा इन्द्रियमा कमी भएकी छोरी जन्मिने बित्तिकै दुर्भाग्यका रूपमा लिने चलन यस समाजमा छ भने यसलाई पूर्व जन्मको पापको परिणाम ठान्नेहरू पनि प्रशस्त छन्। ‘महिला त्यसमाथि अपांग भएर जन्मिनुलाई अभिशापका रूपमा नलिने कुनै समुदाय छैन, कुनै घर वा परिवार छैन’ आफ्नै परिवारबाट पनि अपमान र तिरस्कार भोगिरहनुपरेको छ। बाँचेर पनि कुनै काम छैन भन्नेसम्मको मानसिकता छ घरपरिवारमा भने समाजमा त झन छीःछी र दूरदूर भएर बाँच्नुपरेको अवस्था छ। यति मात्र नभएर कतिले त अपा·ता सर्छ भन्ने पनि ठान्दछन्। शिक्षित सभ्य भनिएको समाज र सङ्घसंस्थाबाट पनि अमानवीय व्यवहार हुने गरेको प्रष्ट देखिन्छ।

महिला अपाङ्गता हुनु भनेको ठूलो दुर्भाग्य ठान्ने चलन छ। त्यसैले अपा·ता साथ जन्मेका छोरीहरूलाई मन्दिर, चौबाटो वा कुनै संस्थाका कोठामा बेवारिसे छाडिदिने सम्मका व्यवहार भएका घटना झन झन बढिरहेका छन्। आफ्नो घरपरिवार र समाजको तिरस्कार सहन नसकेर कतिपय अपा· महिलाले गएर आफू कहाँ सम्मानजनक वातावरणमा बाँच्न पाउन सकिएला भन्ने खोजीमा घर छाडेका छन्। कति महिलाले परिवारबाट भोग्नुपरेको दुर्र्व्यवहारबाट छुट्कारा पाउन कुनै संस्थाको खोजी गर्नुपर्ने अवस्था छ। के पुरुषमा यस्तै भएको भए घर छोडनुपर्दथ्यो त ? पुरुषमा अपाङ्गता हुँदा कम्तीमा पनि वंश धान्ने अपेक्षा परिवारले गरेको हुन्छ। के एउटै कोखबाट जन्मेएका छोरा छोरीमा पनि ठूलो भेदभाव भएको पाइन्छ। ‘महिला त्यसमा पनि अपाङ्गता भएर जन्मेपछि जहाँ गए पनि अपहेलित भएर बस्नुपर्दछ।’ उनीहरूलाई थप कुन्ठित पारेर सामाजिकीकरणको अवसरबाट पनि वञ्चित गरिएको छ। सवला· जत्तिकै उत्पादक बन्न सक्छ अपाङ्ग महिला पनि भन्ने कुरा किन बुझदैन यो समाज र घर परिवारले सवला· महिला बौद्धिक, नेतृत्वदायी र जीवनवृत्तियुक्त सौन्दर्यकी प्रतीक र यौनिकतामा कोमल, मायालु र आनन्द दिन सक्ने भनिन्छ भने अपा·ता भन्नेबित्तिकै यी सबै कुरा नहुने र एउटा जीवनहीन हो भने धारण गलत छ।

के कारणले अपा·ता भएको भन्ने कुरा नबुझी अपहेलना गर्नु उसको मनमा गहिरो चोट पुर्‍याउनु हो। ‘कुपोषण, स्वास्थ्य सुविधा र चेतनाको अभावका कारण पनि अपाङ्ग भएको हुन्छ हो।’ गरिब विकासोन्मुख ग्रामीण जनसङ्ख्या बढी भएको र लामो समयसम्म रहेको गृहयुद्धको कारण पनि अपाङ्गताको आँकडा अझै बढी छ। २०६८ को जनगणना अनुसार कुल जनसङ्ख्याको आधारमा अपा· महिला मात्र २ लाख ३३ हजार २ सय ३५ छन्। महिला त्यसमाथि पनि अपा·ता भएपछि घर परिवारमा समाजमा कुनै राम्रो अवस्था नभए पनि कहाँ गएर बाँच्ने यो महिलाले ? सम्पन्न र शिक्षित परिवारले त अपहेलना गर्छ भने गरिब र पिछडिएको समाजको अवस्था के होला ? जति अपाङ्गताका बारेमा सङ्घसंस्था खुले पनि आज सम्म (कुनै रूपमा पनि अगाडि आएको छैन) यो कुरालाई न त कुनै सङ्घसंस्था न राज्यले नै सम्बोधन गर्ने प्रयास गरेको छ अझ ठूला ठूला अपा·ताका बारेमा भाषण गर्नेहरूले र अधिकारकर्मीले नै आवाज उठाएका छैनन। अब यसको सम्बोधन गर्ने हरेक निकाय र राज्यको प्रमुख दायित्व हुनुपर्दछ।

निष्कर्षमा भन्नुपर्दा जुन सभ्य समाज र ठूला ठूला भाषण गर्नेहरूले आवाज मात्र उठाएर होइन अब यसको लागि राज्यको हरेक अङ्ग र तहसम्म खुलारूपमा अगाडि बढाउनुपर्दछ र अब बन्ने नयाँ संविधानमा अपाङ्गता महिलालाई पनि सहभागी गराइ उनीहरूको आत्मबल बढाउनुपर्ने दायित्व यो सरोकारवाल र राज्यको पूर्ण जिम्मेवार हो भने राजनीतिक दलहरू सम्पूर्णले आफ्नो कार्यक्रम र नीति नियममा समेत अपा·तालाई प्रसोहन दिनुपर्दछ। संविधानमा समेत लेखिन्नुपर्दछ। राज्यले अपा·ताका माग र मुद्दालाई सम्बोधन गर्नुपर्दछ। यो गर्नु तपाइँ हामी सबैको दायित्व वा कर्तव्य पनि हो।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग