सम्झनामा कवि भूपि

आदर्श समाज सम्वाददाता
पौष १०, २०७०

सुब्बा हितमान शेरचन र पद्म कुमारी शेरचनको परिवार थाकखोलाका नामुद धनी व्यापारी थिए। उनको व्यापार थाकखोलाबाट पोखरा, बुटवल, भैरहवा हुँदै नौतनासम्म फैलिएको थियो। तिनैका कोखबाट भूपेन्द्रमान शेरचनको जन्म भएको हो। धौलागिरिको काखमा मुस्ताङ जिल्लाको थाक टुकुचेमा वि.सं. १९९२ साल पुस महिनामा जन्मिएका हुन् भूपेन्द्रमान शेरचन। हितमान शेरचनका चार भाइ छोरामध्ये अन्तिम सन्तान भनेका नै भूपेन्द्रमान हुन्। चार छोरा भइसकेपछि छोरीको अपेक्षा गर्दागर्दै पाँचौं सन्तानको रूपमा उनको जन्म भएको हो। छोरीको अपेक्षामा बज्र त परेको थियो नै त्यसमा पनि पुषे औंशीको दिन -अम्ष्या) मूल परेर जन्मुन उनको परिवारमा ठूलो चिन्ता र निराशाको कुरा रÞयो। सोही कारण उनका बाबुले छ महिनासम्म उनको मुख हेरेनन् भनिन्छ। छ महिनाको समयपश्चात एक चर्चित ज्योतिषीलाई जन्मकुण्डली हेराउँदा कसैलाई नपिर्ने, आफूलाई नै पिर्ने बताएपछि पिता हितमानले उनको मुख हेरेका थिए। विडम्बना पाँच वर्षको उमेरमा उनकी आमाको मृत्यु हुनाले उनलाई ‘आमा टोकुवा’ को आभूषण पहिर्‍याउने काम भयो। गाउँ समाजमा उनलाई गाली गलौच गरिदा कलिलो मस्तिष्कमा आफ्ना कलिला दाँतहरूले कसरी आमालाई टोके भन्ने छाप पर्‍यो, अन्तत उनी व्रि्रोही बन्दै गए।

थाकटुकुचेको स्वच्छ हावापानी र उच्च मध्यमवर्गमा हुर्केका शेरचनलाई नेपाली समाजमा प्रचलित कुसंस्कारले पीडित बनाएको थियो। छोरी जन्माउने आसमा जन्मेका शेरचन, त्यसमा पनि मूल नक्षत्रमा परेर। उनको परिवारमै समेत उपेक्षाको व्यवहार भयो भने गाउँ समाजमा कस्तो रÞयो भन्ने कुरा अनुमान गर्न गाह्रो छैन। पाँच वर्षको उमेरमा टुहुरो बनेका उनी १०, १२ वर्षको कलिलो उमेरमै बनासरमा अध्ययन गर्नका लागि प्रवेश गरे। उनका दाजु योगेन्द्रमान शेरचन र भतिजी उर्मिलाका साथ बनासरको अस्सी भन्ने ठाउँमा सि·ै घर भाडामा लिएर दाजुसँग बसेका थिए उनी। सरल भाषामा भन्नुपर्दा उनको परिवार सम्पन्न भएको कारण स्याहारसुसारका लागि आवश्यक भान्से र नोकरचाकरसमेत नेपालबाटै लगिएका थिए। पारिवारिक माया ममताबाट विरक्तिएका उनी विद्यार्थी कालदेखिनै अनौठो स्वभावका थिए। आफ्नो जीवनमा किशोरावस्था प्रवेश गरेदेखि आमाको मायामा विरक्तिन पुगेर मनमा उब्जेको पीडाको अन्त्यका लागि खैनी, चुरोट र रक्सीको सहायता लिने गर्न थाले। अन्ततः उनमा त्यसको लत बस्दै गयो।

समय बित्दै जाँदाजाँदा उनी राजनीतिमा पनि विस्तारै तानिदै गए। जब बनारस विश्वविद्यालयमा पढ्दै थिए। उनका साथीहरूको राजनीत्रि्रतिको शोखले ठूलो प्रभाव पार्‍यो। बनासरका विद्यार्थी राजनीतिका दुर्इटा खेमामा विभाजित थिए। एकथरि नेपाली काङ्ग्रेस खेमा थिए भने अकोर्थरि कम्युनिष्ट। उनी गाउँ समाजमै रहँदै आमा टोकुवा भन्ने संस्कारका विरोधी बनिसकेका थिए। फलस्वरूप उनको प्रगतिशील विचारधारातर्फ झुकाव थियो नै। जब उनले ‘जनवाद’ नाटक प्रकाशित गरे। त्यो समय भूपेन्द्रमान शेरचनको पछाडि ‘सर्वहारा’ फुको जाडे। उक्त नाटक बनासर विश्वविद्यालयको सभाकक्षमा नेपाली छात्र सङ्घले मञ्चन गरेको थियो। जसमा एउटा झयाउरे गीत ‘धनवाद त्रि्रो, जनवाद हाम्रो।’ उनले आफ्नै स्वरमा गाएका थिए। नाम चलेका व्यापारी हितमान शेरचनका छोरा काङ्ग्रेसका कट्टर नेता योगेन्द्रमान शेरचनका भाइ सर्वहारालेखी एक्कासी कम्युनिष्ट कसरी भयो – सबै आर्श्चर्यचकित भए। यसबाट स्वयम् काङ्ग्रेसी दाजु रूष्ट भए। दाजुभाइबीच सैद्धान्तिक विवाद भयो र डेरा सर्र्नुपर्ने अवस्था आयो। सोखको विषय नै बाधक बन्न पुग्यो। उनी डेरा सर्नुपयो त्यही नाटकका कारण। अस्सीघाटको ब·ाली टोलको एउटा घरमा कोठा लिएर बसे। विद्यार्थीकालदेखि नै सर्वहारा उपनाम राखेर कविताहरू लेख्न थाले। केही समयपश्चात् नेपालमा राणाहरूको जनताविरोधी शासन पद्धति सुरु भयो। उनी त्यो शासनपद्धतीप्रति परिचित थिए र अध्ययनलाई बीचैमा छोडेर भद्रअवज्ञा आन्दोलनमा सामेल भए। जब आन्दोलनमा सामेल भएका मात्र थिए। आन्दोलनमा सरीक भएबापत नै जेल जीवनसमेत बिताउनुपर्‍यो उनले।

भूपेन्द्रमान शेरचनले अरू शेरचन समाजको जस्तो व्यवसाय र उद्योगधन्दा गरेनन्। परिवारसँग व्रि्रोह गरेर उनले आफ्नै स्वइच्छाको उद्योग सञ्चालन गरे। त्यही उद्योगका उद्योगपती बने। परिवारको उद्योगधन्दा नसम्हाल्ने भयो भन्ने चिन्तालाई दुर गर्न चाहन्थे। फेरि अरूको दबाबमा रहेर उद्योग सञ्चालन गर्न पनि चाहन्नथे उनी। घरपरिवार मात्र होइन, गाउँ, टोल र समाजमा उसले बाबुआमाको उद्योगको बिँडो नधान्ने भयो भन्ने ठूलो पीर परेको थियो। हिजो हितमानको उद्योग के थियो ( टुकुचेका आसेपासेलाई मात्र थाहा होला। यो पंक्तिकारलाई थाहा छैन। भूपेन्द्रमान शेरचनका ‘परिवर्तन’ (नाटक-२०१०) , ‘नयाँ झयाउरे’ -गीतिकविता सङ्ग्रह (२०१०), ‘निर्झर’ -कविता सङ्ग्रह (२०१५), ‘घुम्नेमेचमाथी अन्धो मान्छे’ –कवितासंग्रह(२०२५), र पछिल्लो समय २०५७ सालमा शिव रेग्मीको सम्पादनमा ‘भूपि शेरचनका कविताहरू’ –कवितासङ्ग्रह(२०५७) कृति प्रकाशन भएका छन्। आज भूपेन्द्रमान शेरचनले समालेको उद्योग कालजयी रहेको छ। राणाहरूको जनता विरोधी शासन पद्धति सुरु भएपछि उनले आफ्नो उद्योग सञ्चालन गरेर जागरणोन्मुखी कविताहरू लेख्न थाले। आफ्नो लेखनमा अटल विश्वास राख्नु नै नेपाली साहित्यको लागि गर्वको कुरा हो। उनका कृतिमा नेपाली वाङ्मय गौरव गरेको छ।

सबैले अनुमान गरेको कुरा हो, ‘नजिकको तीर्थ हेला हुन्छ’ भनेर त्यसैले एक कविलाई जीवित छँदै हेर्र्नु र मृत्युपश्चात हेर्र्नुमा फरक पर्दछ। आज नेपाली वाङ्मयका सम्पूर्ण अग्रज, समकालीन र अनुज समालोचक, लेखक र साहित्यकार उनलाई सम्झँदै हिँड्नु, उनले सञ्चालन गरेको उद्योगको प्रशंसा गर्नु चानेचुने कुरा होइन। आखिर लेख्नु, लेख्नु नै हो। धेरै लेख्नु र थोरै लेख्नुमा कुनै भिन्नता छैन। धेरै लेख्नुमात्र ठूलो कुरा पनि होइन र थोरै लेखेर योगदान थोरै हुने पनि। आखिर हुनुपर्ने गुण हो। जब हामी तरकारी पकाउँछौं त्यसमा आवश्यकतानुसार मसला, नुन, खुसानी र आवश्यक अन्य पदार्थहरूको मात्रा उचित लागेको छैन भने त्यसको स्वाद कस्तो रहन्छ – हाम्रो ज्रि्रोले सहजै अनुमान गर्न सक्छ। लेखाईमा पनि त्यो स्वादको जरूरी पर्दछ। समग्र देश, समाज र माटोको आत्मा हुनुपर्दछ। त्यो भएन भने लेखनको कुनै तुक रहँदैन। त्यसैले भूपेन्द्रमानका रचनामा चाहे उनको सर्वहारा फुको जोडेर पहिलो पटक लेखिएको नाटक होस् या त्यसपछिका कविता कृतिहरू हुन ती सबैमा अपेक्षा गरेको आत्मा भेटिन्छन्। उनका कृतिको लेखाजोखा गरेर राम्रो नराम्रो भन्न खोज्नु डाक्टर र वैद्यलाई रोगको निधानका लागि लडाउनु जस्तो हो। जहाँ डाक्टर र वैद्यले आफ्नो, आफ्नो होमियोप्याथिक र एलोप्याथिक उपचारमा जोड दिने निश्चित छ।

भूपेन्द्रमान शेरचन नेपाली साहित्यमा लागेपछि भूपि शेरचन बनेका हुन्। यसैले उनी नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व हुन्। नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयले वि.सं. २०५६ सालमा उनको फोटो अड्ढति हुलाक टिकट सार्वजनिक गरेको छ। भूपि शेरचनको अभावमा नेपाली साहित्य जगत अपा· भएको छ। परिवर्तन नाटक, नयाँ झयाउरे र निर्झरका रचनाकार भूपि नेपालीसाहित्यको स्तरियताका धर्मले शिखर पुरूष हुन्। किनकि उनलाई भूपि भनेर चिनाएको घुम्ने मेचमाथी अन्धो मान्छे जसको वि.सं. २०६४ को बाह्रौं संस्करणसम्म आइपुग्दा ४० हजारको हाराहारीमा बिक्री भएको छ। नेेपाली साहित्य आकाशमा आफ्ना रचना र व्यक्तित्वका कारणले समानरूपले चर्चित प्रख्यात व्यक्तित्व महाकवि देवकोटापछिका नयाँ पुस्तकाका कवि भूपि शेरचन नै हुन्। नेपाली कविताको एक युग ‘भूपि युग’ बनेको थियो। पहिलाको समयमा काठमाडौँको चोकदेखि थाक टुकुचेको चोकसम्म त्यो युग रहेकोमा विस्तारै-विस्तारै त्यसले दायरा फराकिलो बनाउँदै अन्तर्राष्ट्रिय जगतमै प्रवेश गर्‍यो, त्यो हामीले कदापि बिर्सन हुँदैन र बिर्सन सक्दैनौं पनि। ‘घुम्ने मेचमाथि अन्धो मान्छे’का बारेमा समालोचक डा. तारानाथ शर्माले महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदनपछि सबैभन्दा धेरै रूचाइएको नेपाली काव्यग्रन्थ हो भनेका छन्।

कवि शेरचन आफूमात्र लोकप्रिय भएनन्। आफ्ना कवितालाई पनि त्यस्तै लोकप्रिय बनाए यो उनको भाषाशैली र प्रवृत्तिको देन थियो। नेपाली साहित्यमा कविताको उचाईलाई सदसर्वदा अग्रस्थानमा राखे। सरल भाषाशैली र गद्य भए पनि लयात्मक प्रस्तुति उनको मूख्य विशेषता हो। उनको कवितामा मानव जनजीवनका अनुभूतिको गहिराई रहेको छ। मानव जीवनको समकालिन युगबोधको भाषा प्रयोग गरेर क्रान्ति चेतना छरेका छन्। देशको जर्जर अवस्थामा सर्वसाधारण जनताहरू राणाहरूको मोजमस्तीका लागि उनीहरूले अपनाउने अनेक कर्तुतहरूको गहिराइमा चुर्लुम्म डुबेर उनका कविताले गहिराइको मापन गरेको छ। समाजको प्रतिनिधित्व गर्ने आवाज बुलन्द पारेको छ। यस्ता व्यक्तित्वको आज ७८ औं जन्मजयन्तीको अवसरमा हार्दिक श्रद्धासुमन।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग